‘उरन्ठेउला’लाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आयो : केपी ओली
काठमाडौंनेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन् । शनिबार (साउन ३०) इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उनले अदूरदर्शी र अनुभव नभएका शक्तिका कारण मुलुक संकटतर्फ धकेलिएको जिकिर गरेका हुन् ।उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)प्रति संकेत गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरे । नयाँ भनिएका राजनीतिक शक्तिमा शासन गर्ने न्यूनतम दक्षता समेत नभएको उनले टिप्पणी गरे । अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको ओलीले बताए ।
खाना पकाउन नजान्ने बालबालिकालाई भान्साको जिम्मेवारी दिएजस्तै नयाँ भनिएकाले प्रक्रिया नबुझेको र नतिजा दिन पनि नसक्ने उनले जिकिर गरे । सिक्दै नसिकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश ...








