विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : शेरबहादुर देउवा


काठमाडौं
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकको इतिहासप्रति गर्व गर्दै त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताएका छन्।
कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले इतिहासलाई उपेक्षा गरेर देश र राजनीतिक दलहरू अघि बढ्न नसक्ने बताए। उनले वर्तमान अवस्थामा मुलुक विभिन्न संकटबाट गुज्रिरहेको उल्लेख गर्दै त्यसको समाधानमा नेपाली कांग्रेसको जिम्मेवारी अझ बढेको धारणा राखे।
देउवाले विशेष महाधिवेशनका नाममा नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयास भएको आरोपसमेत लगाए। पार्टीभित्र देखिएको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट न्याय हुनेमा आफू विश्वस्त रहेको उनले बताए।

पार्टीभित्र विगतमा पनि गम्भीर मतभेद र विवाद उत्पन्न भए पनि सहकार्य, संवाद र मेलमिलापमार्फत समाधान खोज्दै आएको स्मरण गर्दै देउवाले अहिले पनि त्यही संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई आन्तरिक मतभेदभन्दा माथि उठेर कांग्रेसको एकता कायम गर्न आह्वान गरे। कांग्रेस कमजोर हुँदा मुलुकसमेत कमजोर हुने भन्दै वर्तमान चुनौती सामना गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

देशमा आर्थिक तथा सामाजिक समस्या कायमै रहेको उल्लेख गर्दै देउवाले संविधान कार्यान्वयनका क्रममा अहिलेसम्म देखिएका समस्या र जटिलतालाई राजनीतिक दल तथा सरोकारवालाबीच सहमति कायम गरेर समाधान गर्नुपर्ने बताए।

उनले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरता तथा आर्थिक–सामाजिक समस्याको समाधानका लागि राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा समेत जोड दिए।

छुटाउनुभयो कि ?

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै नागरिकलाई सुरक्षित स्थानतर्फ सारियो

काठमाडौं‌इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सु...
भारतको ८०औँ स्वतन्त्रता दिवस आज भव्य रूपमा मनाइँदै

भारतको ८०औँ स्वतन्त्रता दिवस आज भव्य रूपमा मनाइँदै

काठमाडौँभारतले आज ८०औँ स्वतन्त्रता दिवस भव्य समारोहका साथ मनाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित लालकि...
विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : शेरबहादुर देउवा

विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाइयो, अदालतबाट न्याय हुने विश्वास छ : शेरबहादुर देउवा

काठमाडौंनेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले मुलुकको इतिहासप्रति गर्व गर्दै त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बता...
कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

कामदार भन्छन् रोजगारी पाइएन, रोजगारदाता भन्छन् कामदार पाइएन

काठमाडौँ नेपाली श्रम बजार अहिले नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्र...