बुटवलमा एकल लगानीमा सुविधा सम्पन्न जेनस हस्पिटल शुभारम्भ


बुटवल
बुटवलमा एकल लगानीमा सुविधा सम्पन्न जेनस हस्पिटल सञ्चालनमा आएको छ । सस्तो शुल्कमा बिरामीलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित निजी क्षेत्रको ठूलो लगानीमा बुटवल–८ सुख्खानगरमा जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा आएको हो ।
अस्पताल सञ्चालनमा आएसँगै सर्वसाधारणले एउटै भवनबाट धेरै खालका रोगको उपचार, निदान र शल्यक्रिया सुविधा सेवा प्रदान गरिने अस्पतालका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक डाक्टर मोहन सिंहले बताए । हस्पिटलले सबै प्रकारका विशेषज्ञ उपचार सेवा भारतको मेदान्त वा काठमाडौंसम्म पुग्ने अवस्था अन्त्य गर्ने गरी सेवा दिने डा. सिंहले दाबी गरे ।


२४ शय्याबाट शुरू भएको अस्पताल छिट्टै १०० शय्यामा पुर्‍याउने तयारी छ । उनका अनुसार हस्पिटलमा जनरल सर्जरी, अर्थोपेडिक, न्यूरो सर्जरी, पेडियाट्रिक, मृगौलालगायत रोगको सहज उपचार हुनेछ । हस्पिटलमा डायलाइसिस, इमर्जेन्सी, आईसीयू, एनआईसीयू, पीआईसीयु, एचडीयू, मेडिकल सर्जिकल, फार्मेसी लगायतका सेवा उपलब्ध रहेको अध्यक्ष डा. सिंहले बताए । हस्पिटलमा आवश्यकता अनुसार नयाँ–नयाँ सेवा थप गर्दै लगिने छ । अस्पतालमा २० जना डाक्टर पनि जोडिएका छन् । अस्पतालले विरामीको अपरेसनका लागि धरौटी राख्ने अवस्था नराख्ने पनि स्पष्ट पारेको छ । हाल हस्पिटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

छुटाउनुभयो कि ?

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

बुटवलयस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको ...
सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

बुटवलनारायणी नदीमा कटानका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित ऐतिहासिक सुस्ता बस्ती यसपटक अझ गम्भीर जो...
जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

काठमाडौँजेनजी प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने–नसकिनेबारे अध्ययन गर्न गठित समितिले २४ भदौको विध्...
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौंअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक...