ग्यास उपभोक्तालाई परिचयपत्र अनिवार्य, निगम भन्छ- ‘पुनर्विचार गर्छौं’


काठमाडौँ
खाना पकाउने ग्यास वितरणलाई व्यवस्थित बनाउने भन्दै खरिदका लागि अनिवार्य परिचयपत्र लिएर आउनुपर्ने नेपाल आयल निगमको निर्णयको आलोचना भएको छ । शनिबार ग्यास वितरण गर्दा नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि निगमको उक्त कदम विवादित बनेको हो ।

निगमले शुक्रबार सूचना जारी गर्दै शनिबार काठमाडौं उपत्यकाका पाँच स्थानमा विभिन्न उद्योगका ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जानकारी गराएको थियो । ‘आवश्यक भएका व्यक्तिहरुले मात्र आ-आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उल्लिखित स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सकिने व्यहोरा अनुरोध छ,’ उक्त सूचनामा भनिएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भने संकटको समयमा कसैलाई मर्का नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताए । ‘संकटको समयमा सबैलाई सहज होस् भन्ने सोचेका हौं । यहाँ धेरै मानिसले गलत रूपमा फाइदा उठाएको पाएका कारण त्यस्ता मान्छे दोहोर्‍याएर नआउन् भनेर यो निर्णय गरेका हौं,’ उनले भने ।
निगमले वितरण सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरेको दाबी गरे पनि सरोकारवाला र सर्वसाधारणबाट यसको आलोचना भइरहेको छ । प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, ‘ग्यास किन्न पनि अब राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य ! आज काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री हुँदै छ, तर ग्यास लिन पनि परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आयो । ग्यास लिन लागेको हो कि नाका पार गर्न लागेको हो ? सरकारले पाँचै महिनामा देशलाई कायापलट गरिदिन्छ भनेर हामीले अपेक्षा गरेका छैनौं । तर, जनताले दैनिक जीवनमा भोग्नुपर्ने आधारभूत समस्या त समाधान गर्न सक्नुपर्‍यो नि सरकार !’

त्यस्तै, पत्रकार विश्वास खड्काथोकीले यस निर्णयले नागरिकको गोपनीयतामाथि गम्भीर प्रश्न उठाएको औंल्याएका छन् । ‘एकातिर सरकार गोपनीयता संरक्षणको नाटक गर्छ, अर्कोतर्फ चोक-चोक र गल्ली-गल्लीका ग्यास डिपोमा जनतालाई नागरिकता जस्तो निजी र गोप्य विवरण बुझाउन भन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आलोचना बढेपछि निगमले यस निर्णयमा पुनर्विचार गर्न सकिने संकेत गरेको छ । निगमका कार्यकारी निर्देशक साहले यो निर्णयलाई परीक्षण (ट्रायल) का रूपमा मात्र लिइएको बताए । उनी भन्छन्, ‘यो पहिलो अभ्यास हो । प्रभावकारी भएन भने हामी यसमा पुनर्विचार गर्छौं ।’

छुटाउनुभयो कि ?

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

बुटवलयस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको ...
सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

बुटवलनारायणी नदीमा कटानका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित ऐतिहासिक सुस्ता बस्ती यसपटक अझ गम्भीर जो...
जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

काठमाडौँजेनजी प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने–नसकिनेबारे अध्ययन गर्न गठित समितिले २४ भदौको विध्...
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौंअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक...