चेक अनादर मुद्दामा फैसला, रुपन्देहीबाट दुई फरार प्रतिवादी पक्राउ


बुटवल

रुपन्देही प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकेर फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि पेश गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ प्रेमपथका राजु खनाल र लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का सन्तु चाई रहेका छन्।

प्रहरीका अनुसार खनाललाई चेक अनादर मुद्दामा अदालतले ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो भने चाईलाई सोही प्रकृतिको मुद्दामा ३ हजार रुपैयाँ जरिवाना तोकेको थियो। दुवै जना अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका थिए।

प्रहरीले उनीहरूलाई २०८३ साल साउन २१ गते रुपन्देहीका विभिन्न स्थानबाट पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई समेत निरन्तरता दिइरहेको जनाएको छ

छुटाउनुभयो कि ?

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बन...