भारतको ८०औँ स्वतन्त्रता दिवस आज भव्य रूपमा मनाइँदै


काठमाडौँ
भारतले आज ८०औँ स्वतन्त्रता दिवस भव्य समारोहका साथ मनाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । यस वर्षको समारोह राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५० वर्षको विरासत र सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने यात्रामा युवाशक्तिको योगदानमा केन्द्रित हुनेछ ।

झण्डा फहराउने क्रममा २१ तोपको सलामी दिइनेछ । त्यसपछि ‘वन्दे मातरम्’ प्रस्तुत गरिनेछ र राष्ट्रिय गान गाइनेछ । भारतीय वायुसेनाका दुई हेलिकप्टरबाट राष्ट्रिय झण्डा तथा ‘वन्दे मातरम्’ अंकित झण्डासहित समारोहस्थलमा फूलका पात झारिने कार्यक्रमसमेत रहेको छ । त्यसपछि प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

समारोहमा सेना, नौसेना, वायुसेना, प्रहरी, राष्ट्रिय छात्र संगठन तथा ‘माई भारत’ का गरी करिब २ हजार ५०० युवा सहभागी हुनेछन् । उनीहरूले लालकिल्लासामु रहेको ज्ञानपथमा ‘वन्दे मातरम्’को आकृति बनाउनेछन् । यस वर्ष विभिन्न क्षेत्रबाट करिब ५ हजार विशेष अतिथिलाई समारोहमा आमन्त्रण गरिएको बताइएको छ ।

छुटाउनुभयो कि ?

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

यस वर्ष दशैंकाे उत्तम साइत १०:२६ मा

बुटवलयस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको ...
सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद् निर्णय र बहुवर्षीय बजेटको माग

बुटवलनारायणी नदीमा कटानका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित ऐतिहासिक सुस्ता बस्ती यसपटक अझ गम्भीर जो...
जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

जेनजी आन्दोलनका १७ सयको मुद्दा फिर्ता चाहन्थ्यो सरकार, समितिले सिफारिस गर्‍यो ३ सय मात्र

काठमाडौँजेनजी प्रदर्शनमा सहभागीमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिन सकिने–नसकिनेबारे अध्ययन गर्न गठित समितिले २४ भदौको विध्...
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौंअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक...