ताजा अपडेट

इलाम केन्द्रविन्दु भएर गयो भूकम्प

इलाम केन्द्रविन्दु भएर गयो भूकम्प

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँइलामको नयाँ बजार आसपास केन्द्र विन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजे ५० मिनेट जादा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
रुपन्देहीमा एमालेको चुनावी अभियान: सबै निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी

रुपन्देहीमा एमालेको चुनावी अभियान: सबै निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीब्र बनाएको छ । सो पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल क्षेत्र नं २, केन्द्रीय नेताहरु दधिराम न्यौपाने क्षेत्र नं १, खिमलाल भट्टराई क्षेत्र नं ५, प्रभावशाली नेताहरु बासुदेव घिमिरे क्षेत्र नं ३ र प्रमोद यादव क्षेत्र नं ४ बाट चुनावी मैदानमा पार्टी र आफ्ना योजनासहित पुगेका छन् ।हरेक क्षेत्रमा अधिकांश वडा तहका निर्वाचन कार्यालय संचालन, विभिन्न भातृसंगठनको भेला, विभिन्न जिल्लामा रहेका सम्पर्क कमिटीहरुको भेला सकेर उनीहरु आन्तरिक तयारीमा लागेका हुन् । सबै क्षेत्रहरुमा निर्वाचन परिचालन कमिटी बनाएर काममा खटाइएको र दैनिक ती कमिटीको योजनामै अब निर्वाचनको पूर्ण तयारीमा लागेको अध्यक्ष यज्ञ गैरे बताउँछन् ।सबैभन्दा धेरै पार्टी सदस्यहरु र नेताहरु रहेको रुपन्देही २ मा पूर्वअर्थमन्त्री रहेका उपाध्यक्ष विष्णुप्रसाद पौड...
कांग्रेसले बोलायो आइतबार कार्यसम्पादन समितिको जुम बैठक, तीन एजेन्डा तय

कांग्रेसले बोलायो आइतबार कार्यसम्पादन समितिको जुम बैठक, तीन एजेन्डा तय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँनेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।आइतबार बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने गरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ।बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ। जसअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल जानकारी दिए । ...
भ्यालेन्टाइन सप्ताह :प्रेमी जोडीहरुको लागि महत्त्वपूर्ण

भ्यालेन्टाइन सप्ताह :प्रेमी जोडीहरुको लागि महत्त्वपूर्ण

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंयो फेब्रुअरी महिना । अंग्रेजी वर्षको दोश्रो महिना अर्थात फेब्रुअरी, प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि दिनु पर्ने हुन्छ ।कतिपय मानिस यस परीक्षाको समयमा उत्साहित हुन्छन् भने कोहि निकै व्याकुल पनि हुन्छन् । वास्तवमा सात दिन सम्म यस परिक्षाको हरेक पेपर उतिर्ण गर्नुपर्ने हुन्छ । सबै भन्दा महत्वपुर्ण भनेको यस परीक्षाको समयमा छल गरेको फेला परेमा कडा सजाय पनि हुन सक्छ । प्रेमको परिक्षामा राम्रोसँग तयार हुन एउटा रुटिन बनाइएको छ, कुन दिन कुन परीक्षा परेको छ ?पहिलो दिन (रोज डे) फेब्रुअरी महिनाको सात तारीखबाट शुरू हुने यस पहिलो परीक्षाको पहिलो दिन रोज डे को नामले प्रख्यात छ । यसको शुरुवात गुलाबको बास्ना र सुन्दरताको साथमा हुन्छ । यस दिन प्रेमी जोडी ...
मतदान गर्न दिनभर हिँड्नूपर्छ डोल्पाका छेप्काबासीलाई

मतदान गर्न दिनभर हिँड्नूपर्छ डोल्पाका छेप्काबासीलाई

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंहिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने छेप्काका बासिन्दालाई मतदान गर्न दिनभर लाग्ने गरेको छ । बस्तीबाट मतदान केन्द्र टाढा पर्ने भएकाले छेप्काबासीलाई मतदान गरेर फर्किनै दिनभर लाग्ने गरेको हो । यहाँका मतदातालाई तापरिजा माध्यामिक विद्यालय साइजलमा रहेको केन्द्र तोकिएको छ । विगतदेखि नै आफ्नो मताधिकार प्रयोग गर्न दिनभर पैदल हिँडेर मतदान केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेकाे छेप्काका स्थानीय मतदाता नोर्वु लामाले बताए। यो गाउँमा ३० जना हाराहारीमा मतदाता छन् । 'हरेक निर्वाचनमा मतदान गर्न बिहानै हिँडेपछि रातिमात्र घर पुग्न सकिन्छ। बृदबृद्धाले त या अघिल्लो दिनै गएर उतै बस्नु पर्छ नभए मतदान सकेर घर पुग्न सकिँदैन,' लामाले भने । केही बृद्धबृद्धा दिनभर हिँड्न नसक्ने भएकाले मतदान गर्न नजाने गरेको उनले बताए ।छेप्का रेँचीलगायतका गाउँका मतदातालाई समेटेर नजिकमा अर्काे ...
विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज

विद्युतिय व्यवसायी संघले गर्यो व्यवसायीविचको भातृत्व वढाउन वनभोज

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघले व्यवसायीहरु विचको भातृत्व संगै मनोरञ्जनको उद्देश्य राखेर ११औं वनभोज कार्यक्रम सम्पन्न गरेको छ।शनिबार रुपन्देहीको तिलोत्तमा पार्कमा सम्पन्न कार्यक्रममा वोल्दै नेपाल विद्युतिय व्यवसायी महासंघका तृतिय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले व्यवसायीहरु आ-आफ्नो व्यस्तताले गर्दा आपसमा जमघटहुने भलाकुसारी गर्ने , सुखदुःख साटासाट गर्ने समय नहुने हुनाले जमघट संगै मनोरञ्जनको उद्देश्यले आयोजना गरिएको वनभोज अत्यन्त उपयोगी रहेको धारणा राखेका थिए।उनले उज्यालोको व्यवसाय गर्ने विद्युतिय व्यवसायीको जिवन पनी उज्यालो रहेको भन्दै नेपालमा विद्युत उत्पादनको प्रसस्त आधार रहेकोले व्यवसायको महत्व वढ्दै जाने धारणा राखेका थिए।उनले महासंघको मुल्यांकनमा जिल्ला शाखाहरुमै उत्कृष्ट हुंदै आएकोमा गर्भ लागेको वताए। उनले महासंघको २०८३ जेष्ठमा इलेक्ट्रोटेक गर...
निर्वाचन आयोगद्वारा १सय८१ वटा कन्टेन्ट उत्पादकलाई कारबाही गर्न सिफारिस

निर्वाचन आयोगद्वारा १सय८१ वटा कन्टेन्ट उत्पादकलाई कारबाही गर्न सिफारिस

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइवर ब्यूरोमा पठाएको छ ।आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा सात वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।त्यस्तै, ४० वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ४७ वटालाई निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्न...
आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, पहिलो दिन तीन खेल हुदै

आइसीसी टी-२० विश्वकप आजदेखि शुरु, पहिलो दिन तीन खेल हुदै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौँआइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । मार्च ८ सम्म भारत र श्रीलंकामा हुने यस विश्वकपमा २० देशले भाग लिदैछन् ।टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् ।त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुदैछन् । आज पहिलो खेल बिहान सवा ११ बजे समुह ए का पाकिस्तान र नेदरल्याण्डसबीच कोलम्बोमा हुदै छ भने दोस्रो खेल समुह सी का स्कटल्याण्ड र वेस्ट इण्डिजबीच कोलकोतास्थित इडेन गार्डेनमा दिउसो...
साठी जिल्लाको मतपत्र छपाइ,२५ जिल्लाको प्याकिङ समेत सम्पन्न

साठी जिल्लाको मतपत्र छपाइ,२५ जिल्लाको प्याकिङ समेत सम्पन्न

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ ।यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ । साठी जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको छ तर, प्याकिङको काम भने बाँकी छ ।आयोगका अनुसार मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । प्याकिङको काम पनि क्रमशः भइरहेको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक निर...
झुटा सूचनाले समाजमा गम्भीर संकट ल्याउन सक्छ :            एमाले उपाध्यक्ष पौडेल

झुटा सूचनाले समाजमा गम्भीर संकट ल्याउन सक्छ : एमाले उपाध्यक्ष पौडेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
प्रेस चौतारीको स्थापना दिवसमा रुपन्देहीमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्वन्धि तालिम सम्पन्न बुटवलनेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको झुटा तथा भ्रमपूर्ण सूचनाले समाजमा गम्भीर समस्या उत्पन्न गरिरहेको बताउनुभएको छ। उहाँले यस्ता सूचनाको नियन्त्रण र तथ्यपरक पत्रकारिताको सुदृढीकरणमा सञ्चारकर्मीको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो। प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम उद्घाटन गर्दै उपाध्यक्ष तथा प्रतिनिधि सभाका रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रूपमा विकसित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। “समाजमा झुटो सूचनाको बिगबिगी छ। सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यम बन्दै गएका छन्। यसलाई समयमै नियन्त्रण गर्न नसके समाजमा गम्भीर समस्या...