भ्यालेन्टाइन सप्ताह :प्रेमी जोडीहरुको लागि महत्त्वपूर्ण


काठमाडौं
यो फेब्रुअरी महिना । अंग्रेजी वर्षको दोश्रो महिना अर्थात फेब्रुअरी, प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि दिनु पर्ने हुन्छ ।
कतिपय मानिस यस परीक्षाको समयमा उत्साहित हुन्छन् भने कोहि निकै व्याकुल पनि हुन्छन् । वास्तवमा सात दिन सम्म यस परिक्षाको हरेक पेपर उतिर्ण गर्नुपर्ने हुन्छ । सबै भन्दा महत्वपुर्ण भनेको यस परीक्षाको समयमा छल गरेको फेला परेमा कडा सजाय पनि हुन सक्छ । प्रेमको परिक्षामा राम्रोसँग तयार हुन एउटा रुटिन बनाइएको छ, कुन दिन कुन परीक्षा परेको छ ?
पहिलो दिन (रोज डे)

फेब्रुअरी महिनाको सात तारीखबाट शुरू हुने यस पहिलो परीक्षाको पहिलो दिन रोज डे को नामले प्रख्यात छ । यसको शुरुवात गुलाबको बास्ना र सुन्दरताको साथमा हुन्छ । यस दिन प्रेमी जोडी एक-अर्कालाई गुलाबको फुल दिएर आफ्नो प्रेम व्यक्त गर्छन् । यदि कोहि मन परेको छ र आफ्नो मनको भाव व्यक्त गर्न सकिएको छैन भने यस दिन गुलाबको फुल द्वारा आफ्नो सबै कुरा भन्न सकिन्छ । प्रेम व्यक्त गर्न रातो रंगको गुलाबको फुल दिनु पर्ने हुन्छ ।

दोश्रो दिन (प्रपोज डे)

फेब्रुअरी आठ को दिन प्रपोज डे मनाउने गर्द्छन् । यदि कुनै व्यक्तिसंग अथाह माया छ र उसलाई यो कुरा व्यक्त गर्न मन छ भने यस दिन प्रपोज गर्दा राम्रो हुन्छ । पहिला नै कसैलाई प्रपोज गरिएको छ भने वा रिलेशनशिपमा भएका जोडीहरुको लागि यो दिन रोमान्टिक डेट जाँदा हुन्छ ।

तेश्रो दिन (चकलेट डे)

पछिल्लो दुई सय वर्ष देखि चकलेट मानिसको जीवनको महत्वपुर्ण अंग बनिसकेको छ । तनाब कम गर्न र अरुलाई आफ्नो माया देखाउन वा प्रेम व्यक्त गर्न विभिन्न बहानामा चकलेट को प्रयोग हुँदै आएको छ । प्रेमको परिक्षाको तेश्रो दिन, मतलब नौ फेब्रुअरी लाई चकलेट डे भनेर मनाइन्छ । यस दिन प्रेमी जोडीहरु एक-अर्कालाई चकलेट दिने गर्दछन् ताकि जिन्दगिमा चकलेट जस्तै मिठास बनी रहोस् ।

चौथो दिन (टेडी डे)

टेडी बियर जस्तै मानिसको मन पनि कमजोर र संवेदनशील हुन्छ । मनको कोमलताको अनुभव प्रदान गर्नको लागि चौथो दिन मतलब १० फेब्रुअरी मा टेडी बियर गिफ्ट गर्दछन् । केटीहरुलाई यो स्टफ्ड खेलौना निकै मन पर्ने हुन्छ । टेडीलाई अंकमाल गरेर सुत्न र त्यस संग कुरा गर्न युवतीहरु निकै खुशी हुन्छन् ।

पाँचौ दिन (प्रमिस डे)

प्रेम गर्न जति सजिलो हुन्छ त्यो भन्दा गार्हो यसलाई सम्हाल्न हुने गर्दछ । फेब्रुअरीमा चल्ने परीक्षाको पाँचौ दिन मतलब ११ तारिखमा प्रमिस डे पर्दछ । यस दिन प्रेमी जोडी एक-अर्कासंग जिन्दगी भरको लागि विशेष कसम खाने गर्दछन् ।

छैठौं दिन (हग डे)

१२ फेब्रुअरीको दिन ‘हग डे’ मनाइन्छ । एक आपसमा अंकमाल गरेर प्रेम व्यक्त गर्ने दिन हो यो । उक्त दिनको विशेषता भनेको अंकमालको बहानामा आफ्नो पार्टनरले कति माया गर्छ र उसको मनमा आफु प्रति कस्तो भावना छ भन्ने जान्नको लागि सजिलो हुन्छ ।

सातौं दिन (किस डे)

फेब्रुअरी १३ मा किस डे मनाइन्छ । शब्द बिना नै प्रेम व्यक्त गर्न मन छ भने यस दिन प्रेमले भरिएको एक चुम्बन पर्याप्त हुन्छ । यस परिक्षाको सातौं दिन मतलब १३ फेब्रुअरी हरेक प्रेमीले जोडी एक अर्कालाई चुम्बन गर्दै आफ्नो प्रेम व्यक्त गर्न सक्छन् ।

अन्तिम दिन (भ्यालेन्टाइन डे)

फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ । भागदौड र व्यस्त जिन्दगीमा पार्टी गर्नको लागि एउटा बहाना भए पुग्छ । त्यस्तै सधै प्रेम जताएपनि त्यसको उत्सव एक दिन मनाउन निकै रमाइलो हुन्छ । भ्यालेन्टाइन डे त्यहि एक दिन हो ।

छुटाउनुभयो कि ?

पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवल नगरको सहकार्यमा तीन पत्रकार पुरस्कृत

पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवल नगरको सहकार्यमा तीन पत्रकार पुरस्कृत

रुपन्देहीनेपाल पत्रकार महासंघ, रुपन्देहीले स्थापना गरेएको उत्कृष्ट पत्रकारिता पुरस्कार र सूर्यप्रसाद विकास पत्रकारिता पुरस्का...
पर्यटन प्रवर्द्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

पर्यटन प्रवर्द्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवलरुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र युवालाई पर्यटनसँग जोड्ने गरी समयानुकूल पर्यटन तथा युवा-...
रोटरी क्लब अफ बुटवल चौतारीको नेतृत्वमा वासुदेव भुसाल

रोटरी क्लब अफ बुटवल चौतारीको नेतृत्वमा वासुदेव भुसाल

बुटवल रोटरी क्लब अफ बुटवल चौतारीको आठौं पदस्थापन कार्यक्रममा वर्ष २०२६–२७ का लागि अध्यक्षको जिम्मेवारी वासुदेव भुसालले ग्र...
सुस्ताको नेपाली भूमि जोगाउन सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा विवादास्पद अभिव्यक्ति दिनु राष्ट्रघात

सुस्ताको नेपाली भूमि जोगाउन सरकारले कुटनीतिक पहल गर्नुपर्नेमा विवादास्पद अभिव्यक्ति दिनु राष्ट्रघात

बुटवलसुस्ता बचाउ अभियानका अध्यक्ष आदम खांले प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले सुस्ताको भूमि अतिक्रमण गर्न भारतीय पक्ष...