मतदान गर्न दिनभर हिँड्नूपर्छ डोल्पाका छेप्काबासीलाई


काठमाडौं
हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने छेप्काका बासिन्दालाई मतदान गर्न दिनभर लाग्ने गरेको छ ।

बस्तीबाट मतदान केन्द्र टाढा पर्ने भएकाले छेप्काबासीलाई मतदान गरेर फर्किनै दिनभर लाग्ने गरेको हो ।

यहाँका मतदातालाई तापरिजा माध्यामिक विद्यालय साइजलमा रहेको केन्द्र तोकिएको छ । विगतदेखि नै आफ्नो मताधिकार प्रयोग गर्न दिनभर पैदल हिँडेर मतदान केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेकाे छेप्काका स्थानीय मतदाता नोर्वु लामाले बताए।

यो गाउँमा ३० जना हाराहारीमा मतदाता छन् । ‘हरेक निर्वाचनमा मतदान गर्न बिहानै हिँडेपछि रातिमात्र घर पुग्न सकिन्छ। बृदबृद्धाले त या अघिल्लो दिनै गएर उतै बस्नु पर्छ नभए मतदान सकेर घर पुग्न सकिँदैन,’ लामाले भने । केही बृद्धबृद्धा दिनभर हिँड्न नसक्ने भएकाले मतदान गर्न नजाने गरेको उनले बताए ।
छेप्का रेँचीलगायतका गाउँका मतदातालाई समेटेर नजिकमा अर्काे केन्द्र कायम गरिए आफहरुलाई सहज हुने उनको भनाइ छ । यो वडाको अर्को मतदान केन्द्र रिग्मो गाउँमा तोकिएको छ । दुई वटै मतदान केन्द्र गरेर कुल मतदाता २ सय ५२ जना मतदाता रहेका छन् ।

छुटाउनुभयो कि ?

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटी...
बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...