मतदान गर्न दिनभर हिँड्नूपर्छ डोल्पाका छेप्काबासीलाई


काठमाडौं
हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने छेप्काका बासिन्दालाई मतदान गर्न दिनभर लाग्ने गरेको छ ।

बस्तीबाट मतदान केन्द्र टाढा पर्ने भएकाले छेप्काबासीलाई मतदान गरेर फर्किनै दिनभर लाग्ने गरेको हो ।

यहाँका मतदातालाई तापरिजा माध्यामिक विद्यालय साइजलमा रहेको केन्द्र तोकिएको छ । विगतदेखि नै आफ्नो मताधिकार प्रयोग गर्न दिनभर पैदल हिँडेर मतदान केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेकाे छेप्काका स्थानीय मतदाता नोर्वु लामाले बताए।

यो गाउँमा ३० जना हाराहारीमा मतदाता छन् । ‘हरेक निर्वाचनमा मतदान गर्न बिहानै हिँडेपछि रातिमात्र घर पुग्न सकिन्छ। बृदबृद्धाले त या अघिल्लो दिनै गएर उतै बस्नु पर्छ नभए मतदान सकेर घर पुग्न सकिँदैन,’ लामाले भने । केही बृद्धबृद्धा दिनभर हिँड्न नसक्ने भएकाले मतदान गर्न नजाने गरेको उनले बताए ।
छेप्का रेँचीलगायतका गाउँका मतदातालाई समेटेर नजिकमा अर्काे केन्द्र कायम गरिए आफहरुलाई सहज हुने उनको भनाइ छ । यो वडाको अर्को मतदान केन्द्र रिग्मो गाउँमा तोकिएको छ । दुई वटै मतदान केन्द्र गरेर कुल मतदाता २ सय ५२ जना मतदाता रहेका छन् ।

छुटाउनुभयो कि ?

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलरुपन्देही बुटवलमा यहि असोज १६ देखि ३१ गते सम्म रमाइलो बुटवल महोत्सव सञ्चालन हुने भएको छ।सोमबार पत्रकार सम्मेलन मार्फत आय...
बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

काठमाडौंअसोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी १२ जना बेपत्ता भए...
बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

काठमाडौँबेलायतको ग्लुचेस्टरसायरस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘आरएएफ फेयरफोर्ड’ एयरबेसनजिकै भएको सम्भावित बम हमलाको ष...
आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

बुटवलमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भ...