झुटा सूचनाले समाजमा गम्भीर संकट ल्याउन सक्छ : एमाले उपाध्यक्ष पौडेल


प्रेस चौतारीको स्थापना दिवसमा रुपन्देहीमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्वन्धि तालिम सम्पन्न

बुटवल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत फैलिँदै गएको झुटा तथा भ्रमपूर्ण सूचनाले समाजमा गम्भीर समस्या उत्पन्न गरिरहेको बताउनुभएको छ। उहाँले यस्ता सूचनाको नियन्त्रण र तथ्यपरक पत्रकारिताको सुदृढीकरणमा सञ्चारकर्मीको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो।

प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम उद्घाटन गर्दै उपाध्यक्ष तथा प्रतिनिधि सभाका रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रूपमा विकसित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। “समाजमा झुटो सूचनाको बिगबिगी छ। सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यम बन्दै गएका छन्। यसलाई समयमै नियन्त्रण गर्न नसके समाजमा गम्भीर समस्या उत्पन्न हुन सक्छ,” उहाँले भन्नुभयो।

उहाँले भ्रमपूर्ण सूचनाको पहिचान र त्यसको प्रतिवादमा पत्रकारहरू जिम्मेवार, सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। प्रेस चौतारी नेपाललाई यस अभियानको अगुवाइ गर्न उहाँले आग्रह गर्नुभयो।


विज्ञान र प्रविधिको तीव्र विकासले विश्वलाई साँघुरो बनाउँदै मानवीय जीवनमा व्यापक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले यसको प्रयोग मानवहितमा केन्द्रित हुनुपर्ने बताउनुभयो। “विज्ञान र प्रविधिले ठूलो परिवर्तन ल्याए पनि मानिस नै अन्तिम सत्य हो,” उहाँले भन्नुभयो, “प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न सक्दैन।”

उहाँले प्रविधिको प्रयोग आफ्नै अस्तित्व संकटमा पार्ने गरी हुनु नहुने स्पष्ट पार्दै सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाले समाजलाई गलत दिशातर्फ धकेल्ने खतरा औँल्याउनुभयो। सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राखेर प्रविधिको उपयोग गर्नुपर्ने उहाँको धारणा थियो।

प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त तालिममा रुपन्देहीमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो। तालिममा एआई विज्ञ पत्रकार अजय शर्मा र अमृत पन्थीले सहजीकरण गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलमा असोज १६ गते देखि नयाँ प्रविधियुक्त महोत्सव सञ्चालन हुने

बुटवलरुपन्देही बुटवलमा यहि असोज १६ देखि ३१ गते सम्म रमाइलो बुटवल महोत्सव सञ्चालन हुने भएको छ।सोमबार पत्रकार सम्मेलन मार्फत आय...
बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

बाढीपहिरोमा ३१ जनाको मृत्यु, १ हजार ६०४ जनाको उद्धार

काठमाडौंअसोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी १२ जना बेपत्ता भए...
बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

बेलायतको अमेरिकी एयरबेसमा आक्रमण प्रयास , इरानको संलग्‍नता आशंकामा अनुसन्धान हुँदै

काठमाडौँबेलायतको ग्लुचेस्टरसायरस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘आरएएफ फेयरफोर्ड’ एयरबेसनजिकै भएको सम्भावित बम हमलाको ष...
आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

आज देखि बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, पुर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

बुटवलमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भ...