चलचित्र पत्रकार संघ रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा भण्डारी
बुटवलचलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित भएका छन्। मंगलबार बुटवलमा सम्पन्न सातौं साधारण सभा तथा चौथो अधिवेशनले भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्षमा मनोज क्षेत्री चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा हरिलाल बस्याल, रमेश पराजुली, कल्पना घिमिरे, शारदा शाही, यमुना जिसी, सुदिप गौतम, निर्मल थापा र सागर भण्डारी रहेका छन्।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मंगलबार नै प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराइएको थियो।
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चैत १० गतेभित्र जिल्ला तथा प्रदेशका अधिवेशन सम्पन्न गर्ने र वैशाख ५ गते केन्द्रीय अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले चलचित्र पत्...







