हावाहुरीले बुटवल महामेलामा क्षति, बुधबारदेखि नियमित सञ्चालन


बुटवल, चैत २
हावाहुरीसहित परेको वर्षाका कारण बुटवलमा जारी महामेलामा विभिन्न संरचनामा क्षति पुगेको छ। सोमबार आएको तीव्र हावाहुरीले मेलास्थलमा रहेका संरचनामा क्षति पुर्‍याएको मेला संयोजक गोविन्द प्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार हावाहुरीका कारण करिब ४० वटा व्यावसायिक स्टल, १२ वटा होटल तथा रेस्टुरेन्ट, ‘लन्डन ब्रिज’, ‘स्ट्याचु अफ लिबर्टी’को प्रतिकृति, २०० मिटर बाउन्ड्री तथा ‘कश्मिर हिल’ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै ‘जलपरी’ संरचनामा आंशिक क्षति पुगेको बताइएको छ। क्षतिको यकिन विवरण संकलन भइरहेको संयोजक भुसालले बताए।
सोमबारको कार्यक्रममा चर्चित र्यापर माइला, लोकगायक विशाल सोनी, लोकगायिका रितु मगर तथा हास्यकलाकार माइला बा लगायतका कलाकारको प्रस्तुति रहने कार्यक्रम तय गरिएको थियो। तर प्रतिकूल मौसमका कारण कलाकारहरूको प्रस्तुति स्थगित गरिएको सांस्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए।
मंगलबार मेलास्थलमा क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःनिर्माण कार्य गरिनेछ। चैत ४ गते बुधबारदेखि भने मेला नियमित रूपमा सञ्चालन हुने मेला मूल्यांकन तथा अनुगमन संयोजक दिपु मगरले जानकारी दिए।
चैत १ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त महामेलाको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए।

छुटाउनुभयो कि ?

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...
बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटी...