चलचित्र पत्रकार संघ रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा भण्डारी


बुटवल
चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित भएका छन्। मंगलबार बुटवलमा सम्पन्न सातौं साधारण सभा तथा चौथो अधिवेशनले भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्षमा मनोज क्षेत्री चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा हरिलाल बस्याल, रमेश पराजुली, कल्पना घिमिरे, शारदा शाही, यमुना जिसी, सुदिप गौतम, निर्मल थापा र सागर भण्डारी रहेका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मंगलबार नै प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराइएको थियो।

कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चैत १० गतेभित्र जिल्ला तथा प्रदेशका अधिवेशन सम्पन्न गर्ने र वैशाख ५ गते केन्द्रीय अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले चलचित्र पत्रकारहरूको हकहित, पेशागत संरक्षण तथा नेपाली चलचित्रको प्रवर्द्धन गर्दै यसलाई उद्योगका रूपमा स्थापित गर्ने उद्देश्यका साथ संघले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए।

उनले मनोरञ्जन क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संस्थाका रूपमा रहेको संघले सदस्यहरूको क्षमता विकासका लागि तालिम तथा अन्य कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार जिल्ला शाखालाई केन्द्रबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
लुम्बिनी प्रदेशको व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको बुटवलमा पाँच वटा चलचित्र हलमा नौ वटा पर्दा सञ्चालनमा रहेको उल्लेख गर्दै उनले दर्शकलाई हलसम्म आकर्षित गर्ने खालका सामग्री उत्पादन गर्न पत्रकारहरूलाई आग्रह गरे। यसले चलचित्र उद्योगसँगै समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संघका सल्लाहकारहरू सुमनरश्मि श्रेष्ठ र मनिश पन्थ, उपाध्यक्ष दिनेश श्रेष्ठ, सहसचिव कल्पना डुम्रे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा संघका अध्यक्ष मोहन न्यौपानेले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राजिव भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...