बुटवलमा २४ दिने महामेला सुरु, मेलाले बजार चलायमान बनाउने अपेक्षा ,


बुटवल । बुटवल–११ देवीनगरस्थित रंगशालामा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित २४ दिने महामेला सुरु भएको छ। आइतबार साँझ आयोजित उद्घाटन समारोहमा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय ले मेलाको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर पाण्डेयले बुटवलको बजारलाई चलायमान बनाउन यस्ता मेला–महोत्सवहरू निरन्तर आयोजना हुन आवश्यक रहेको बताए। उनले मेला सञ्चालन गर्दा उपभोक्ताको हित र सुरक्षालाई प्राथमिकतामा राख्न आयोजकलाई आग्रह गर्दै उपमहानगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।
महामेलाको आयोजना फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालि ले गरेको हो। आयोजक कम्पनीका अध्यक्ष गोबिन्द भुसाल का अनुसार चैत १ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने मेलाको मुख्य उद्देश्य बुटवलको व्यापार–व्यवसायलाई चलायमान बनाउनुका साथै दर्शकलाई मनोरञ्जन प्रदान गर्नु रहेको छ।
महामेलामा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। मेलाको आकर्षणका रूपमा विश्वकै अग्लो भवनको नमुना ब्रुज खलिफा, सिंहदरबार, धरहरा, बुद्धमूर्ति लगायत लुम्बिनीको झल्को दिने संरचनाहरू निर्माण गरिएको आयोजकले जनाएको छ। यसबाहेक जलपरी शो, जोडी डान्स, बाल उद्यान, सर्कस, टिकटक प्रतियोगिता तथा नृत्य प्रतियोगिता पनि मेलाका विशेष आकर्षण रहनेछन्।
मेलामा विभिन्न प्रकारका करिब १२० वटा व्यापारिक स्टल राखिएका छन्। मेला अवधिभर करिब पाँच लाख दर्शकले अवलोकन गर्ने तथा एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकले गरेका छन्।
उद्घाटन समारोहअघि मेलास्थलबाट पञ्चेबाजा र विभिन्न झाँकीसहितको र्‍याली निकालिएको थियो। कार्यक्रममा स्थानीय संघ–संस्था, क्लब, आमा समूह, भजन मण्डली तथा बाजा समूहहरूको सक्रिय सहभागिता रहेको थियो। साथै बुटवलका विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।


सांस्कृतिक संयोजक दीपेन्द्र न्यौपाने का अनुसार सोमबार हुने सांस्कृतिक कार्यक्रममा र्‍यापर माइला, गायक विशाल सोनी, भुवन खड्का, गायिका विष्णु मगर, रितु मगर, सोनी डान्स ग्रुप तथा विभिन्न डान्स स्टुडियोका कलाकारहरूको प्रस्तुति रहनेछ।
यसरी सांस्कृतिक, मनोरञ्जनात्मक र व्यापारिक गतिविधि समेटिएको बुटवल महामेलाले स्थानीय अर्थतन्त्र चलायमान बनाउने र दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...
बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

बूढीगण्डकी बाढी: विपद व्यवस्थापन प्राधिकरणले यस्तो भन्यो

काठमाडौंगोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटी...