ताजा अपडेट

अब ट्राफिक जरिवाना क्यूआर स्क्यानबाटै

अब ट्राफिक जरिवाना क्यूआर स्क्यानबाटै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
सुरुवाती चरणमा ट्राफिक प्रहरीलाई वाग्मती प्रदेश सरकारले दियो क्यूआर कोड स्क्यान गर्ने १०४ थान स्मार्टफोन काठमाडौँ — यसअघि ट्राफिक कारबाहीमा पर्दा प्रहरीले थमाउने गरेको चिट (कागजी रसिद) को विकल्पमा अब ई–चलानको प्रयोग सुरु हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरीलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन जाँच गर्ने डिभाइस हस्तान्तरण गरिएसँगै ई–चलान प्रयोगमा आउने भएको हो । नागरिक एपमा रहेको ‘ड्राइभिङ लाइसेन्स’ भित्र रहने क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले इलेक्ट्रोनिक चलान जारी गर्ने व्यवस्था वाग्मती प्रदेशबाट सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेश सरकारले सुरुवाती चरणमा क्यूआर कोड स्क्यान गर्ने १०४ थान स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । ती स्मार्टफोनमा चा...
४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस

४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानबाट प्रभावित विभिन्न स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ। शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको २६ औं बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित १२ जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले प्रभावित जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेका हुन्।  'यो सिफारिस मन्त्रीपरिषदबाट संख्यामा थपघट हुनसक्छ,' उनले भने, 'संकटग्रस्त घोषणाले सरकारले पुनर्निर्माण र पुनर्स्थापनाको काम सहज, सरल र छिटोछरितो गर्न सहज गर्छ।' गृहमन्त्री रमेश लेखक अध्यक्षतामा बसेको स...
नेपाली लुगा घरको दशैं अफरः सिरदेखि पाउ सम्म २ हजार ९०० रुपैयामा

नेपाली लुगा घरको दशैं अफरः सिरदेखि पाउ सम्म २ हजार ९०० रुपैयामा

ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटवल / बुटवलमा नेपाली ब्राण्डको कपडा बेचिरहेको नेपाली लुगा घरले दशै विशेषमा २ हजार ९०० रुपैयाँमा पुरुषका लागि एक सेट सिरदेखि पाउ दिने अफर ल्याएको छ। आगलागीबाट ठूलो नोक्सानी भोगेको डेल्ला मार्टमा सञ्चालित लुगा घरले आफ्नो व्यवसाय संचालनका लागि दर्शै अवधिमा यस्तो अफर ल्याएको हो। भौतिक पूर्वाधारमा क्षति ब्यहोरेको मिलनचोकस्थित डेल्टा मार्टले अस्थायी टेन्टमा नै नेपाली लुगा घर शुरु गरेको छ। नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमीलाई लक्षित गरि नेपाली लुगा घरमा दशै अफर ल्याएको हो। ‘उद्योगदेखि शरिरसम्म’ नारासहित दशै विशेष अफर ल्याएको युवा ब्यवसायी प्रकाश भुषालले नेपाली उत्पादनको प्रवद्धर्न गर्न यस्तो अफर ल्याएको बताए । ‘हामी जुत्ता उत्सवमा सफलता पायौ जसले गर्दा थप नया गर्ने हौसला बढ्यो।’ उनले भने। नेपाली लुगा घर दशै कम्बो प्याक अफरमा २९०० सय रुपैयामै एउटा पाईन्ट, शर्ट, अ...
 बिपत्तिमा राहत उपलब्ध गराउन गुल्मेली सम्पर्क समाजको अपिल

 बिपत्तिमा राहत उपलब्ध गराउन गुल्मेली सम्पर्क समाजको अपिल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल गुल्मेली सम्पर्क समाज रुपन्देहीले प्राकृति बिपत्तिमा मानवीय सहयोग पुर्याउन सबैलाई अपिल गरेको छ ।  बाढी र पहिरोले ठुलो धनजनको सहयोग क्षती भएकाले बिपत्तिमा सबैसंग सहकार्य गरि बिपत्तिमा परेकाहरुलाई राहत उपलब्ध गराउनु सबै भन्दा ठुलो मानव धर्म भएको समाजले जनाएको छ । समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थले  घरवारविहीन बन्नु भएका जनताका राहतका निम्ति मानवीय सेवा पुर्याउनु हुन आमजनसमुदायलाई अपिल गर्नुभयो ।नेपालको विभिन्न स्थानमा केही दिन अघि  आएको अकल्पनीय बाढी र पहिरो जस्तो प्राकृतिक विपत्तिमा परी दिवङ्गत बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै समाजका अगुवाहरु द्वारा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित समवेदना प्रकट गरिएको छ । बिहीबार तिलोत्तमा-४, डिङ्गरनगर, श्रृङ्गेश्वरधाम ...
दसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नवरात्रीको दोस्रो दिन शुक्रबार दसैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै छ। दसैंको पहिलो दिन बिहीबार घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो। घटस्थापनाकै पहिरो दिन नव दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रीका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ।वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीकाजम...
आज घटस्थापना, घरघरमा जमरा राखिँदै

आज घटस्थापना, घरघरमा जमरा राखिँदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नेपालीहरूको महान चाड बडा दशैँ आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ । घरको पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ ।आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १०औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । घटस्थापनाको साइत बिहान ९ः१६ बजे तय गरिएको छ । केही व्यक्तिले सामूहिक र देवी मन्दिरमा पनि घटस्थापना गर्ने गर्दछन् । आजदेखि ...
देखिन थाल्यो ओली सरकारको कामको परिणाम : नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

देखिन थाल्यो ओली सरकारको कामको परिणाम : नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
विश्व बैंकले चालू आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो । गत वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा पुर्याउने बिश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकले गत आर्थिक वर्ष (सन् २०२४) को ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६) मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान...
प्रधानन्यायाधीशमा प्रस्तावित राउतको आज संसदीय सुनुवाई हुँदै

प्रधानन्यायाधीशमा प्रस्तावित राउतको आज संसदीय सुनुवाई हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको  सङ्घीय संसद संसदीय सुनुवाइ समितिमा आज संसदीय सुनुवाइ हुने भएको छ । समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरुसँग मंगलबार छलफल गरेको छ । राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो ।  बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ । ...
चार पाङ्ग्रे ईभीको बिक्री तीव्र गतिमा, दुई पाङ्ग्रेको धिमा

चार पाङ्ग्रे ईभीको बिक्री तीव्र गतिमा, दुई पाङ्ग्रेको धिमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
नेपालमा चार पाङ्ग्रे  विद्युतीय सवारीसाधन (ईभी) बजार आकाशिँदा दुई पाङ्ग्रेकाे गति भने अत्यन्तै सुस्त छ । चार पाङ्ग्रे प्यासेन्जर गाडीको बिक्रीमा ईभीले ७५ देखि ८० प्रतिशत हिस्सा लिँदा स्कुटर तथा मोटरसाइकलको क्षेत्रमा भने ६ प्रतिशत बजारमा मात्रै विद्युतीय सवारीसाधनले लिन सकेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब ४७ करोड मूल्यका ११ हजार ७ सय युनिट चार पाङ्ग्रे ईभी नेपाल भित्रिएको देखिन्छ । नेपालमा प्रिमियम ईभी ‘स्काइवेल’ भित्र्याएको जी मोटर्सका प्रबन्ध निर्देशक तथा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका सदस्य कैलाशबाबु गेलाल नेपालमा नयाँ सवारी आयात हुँदा करिब ७५ देखि ८० प्रतिशत सवारी ईभी भएको बताउँछन् । ‘नेपालमा चार पाङ्ग्रे सवारीसाधनको मार्केट अहिले वार्षिक करिब १५ हजार युनिट बराबर छ, त्यसमा पनि ११ हजारभन्दा बढी ईभी नै आयात भएको छ,’ गेलालले भने । तर, सोही  विवरण दुई पाङ...
सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा

सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राजनीति, समाचार, समाज
बुटवल देशमा बढ्दै गएको संकटको सामना र समाधानका लागि जनयुद्ध घटक पार्टीहरूको संयुक्त सांस्कृतिक कार्यक्रम बुधबार बुटवलमा हुने भएको छ। बुधबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता मणि थापाले जनयुद्धलाई हिंसात्मक द्वन्दको नाममा परिभाषित गर्नुहुन्न भन्दै क्रान्तिकारीहरूले उठाएका मुद्दाहरु सबै समाधान भइ नसकेको बताए। उनले हरेक परिवर्तनहरूमा लेखक ,कलाकार ,कविहरूको प्रमुख भूमिका हुने हुँदा सांस्कृतिक कार्यक्रममार्फत अभियानमा लागेको बताए ।उनले देश कमजाेर हुंदा वाहिरी शक्तिहरुले प्रभाव जमाउने हुनाले शशक्त भएर अगाडि वढ्न आग्रह गरे। बुधबार दिउँसो १२:३० बजे बुटवल उद्योग वाणिज्य सङ्घको सभालमा हुने सांस्कृतिक कार्यक्रममा सहयोग गर्न चाहने व्यक्तिहरूले दुई सय , पाँच सय र एक हजार रुपैयाँ सहयोग गर्न सक्ने र प्रवेश खुल्ला राखिएको कार्यक्रम संयोजक आरोह सि ले बताए। उनले हामी गाइरहन्छौ...