विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता


काठमाण्डौ – नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । 

राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुनले पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । उहाँले संरचना र कार्यदिशा तय गर्नै बाँकी रहेको भन्दै शून्यबाट अगाडि बढ्ने बताउनुभएको छ । 

मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री पुनले आफू तीन वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत आधारमा अघि बढाएर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना रहेको पनि बताउनुभएको छ । स्वतन्त्र सांसद पुन दोस्रो पटक मन्त्री बन्नुभएको हो ।

यसअघि उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बन्नुभएको थियो ।

छुटाउनुभयो कि ?

आइतबारको बिदा हटाउन प्रस्ताव

आइतबारको बिदा हटाउन प्रस्ताव

काठमाडौंसरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ । गत चैत २२ गते मन्त्रिपरिषद् बैठकले इन्धनको अभ...
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...