देखिन थाल्यो ओली सरकारको कामको परिणाम : नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले चालू आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो ।

गत वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा पुर्याउने बिश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकले गत आर्थिक वर्ष (सन् २०२४) को ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६) मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

नेपाल राष्ट्र बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने निश्कर्ष पनि प्रतिवेदनमा रहेको छ । यो नेपाल सरकारले गरेको आर्थिक वृद्धिको प्रक्षेपण भन्दा कम र गत साता एसियाली विकास बैंक (एडीबी) ले गरेको भन्दा बढी हो । सरकारले यस वर्ष ६ प्रतिशत र एडीबीले ४.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ । बिश्व बैंकले भने ५.१ प्रतिशत आर्थिक बृद्धि हुने निचोड सुनाएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको बर्तमान सरकारले अघि बढाएको सुधारको काम र नीजि क्षेत्रको मनोवल बढाउनेदेखि दाताको बिश्वास जित्नेसम्मका कामले आर्थिक बृद्धिदर बढने अवस्थातिर अघि बढेको तथ्यलाई बिश्व बैंकको प्रतिवेदनले प्रष्ट औल्याएको छ । यसअघि नेपालको आर्थिक बृद्धिदर निकै दयनीय अवस्थातिर जान लागेको बताइरहेको बिश्व बैंकले आफ्नो प्रतिवेदनमा ५.१ प्रतिशत आर्थिक बृद्धि दरका लागि सरकारले चालेको सुधारको कदमलाई नै मुख्य आधार मानेको छ ।

प्रतिवेदनले बहुजोखिमहरू पनि पहिचान गरेको छ । जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिम सहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाई, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरू रहेका छन ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको बर्तमान सरकारले अघि बढाएको सुधारको काम र नीजि क्षेत्रको मनोवल बढाउनेदेखि दाताको बिश्वास जित्नेसम्मका कामले आर्थिक बृद्धिदर बढने अवस्थातिर अघि बढेको तथ्यलाई बिश्व बैंकको प्रतिवेदनले प्रष्ट औल्याएको छ । यसअघि नेपालको आर्थिक बृद्धिदर निकै दयनीय अवस्थातिर जान लागेको बताइरहेको बिश्व बैंकले आफ्नो प्रतिवेदनमा ५.१ प्रतिशत आर्थिक बृद्धि दरका लागि सरकारले चालेको सुधारको कदमलाई नै मुख्य आधार मानेको छ ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

दाङलुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा...
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभियो श्रम संस्कृति

काठमाडौँश्रम संस्कृति पार्टी प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ ।संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई प...
सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा शुरु गर्यो काम

काठमाडौंमुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेख...
हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौंसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशन/प्रशारण नगर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति...