सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा


बुटवल

देशमा बढ्दै गएको संकटको सामना र समाधानका लागि जनयुद्ध घटक पार्टीहरूको संयुक्त सांस्कृतिक कार्यक्रम बुधबार बुटवलमा हुने भएको छ।

बुधबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता मणि थापाले जनयुद्धलाई हिंसात्मक द्वन्दको नाममा परिभाषित गर्नुहुन्न भन्दै क्रान्तिकारीहरूले उठाएका मुद्दाहरु सबै समाधान भइ नसकेको बताए। उनले हरेक परिवर्तनहरूमा लेखक ,कलाकार ,कविहरूको प्रमुख भूमिका हुने हुँदा सांस्कृतिक कार्यक्रममार्फत अभियानमा लागेको बताए ।उनले देश कमजाेर हुंदा वाहिरी शक्तिहरुले प्रभाव जमाउने हुनाले शशक्त भएर अगाडि वढ्न आग्रह गरे।

बुधबार दिउँसो १२:३० बजे बुटवल उद्योग वाणिज्य सङ्घको सभालमा हुने सांस्कृतिक कार्यक्रममा सहयोग गर्न चाहने व्यक्तिहरूले दुई सय , पाँच सय र एक हजार रुपैयाँ सहयोग गर्न सक्ने र प्रवेश खुल्ला राखिएको कार्यक्रम संयोजक आरोह सि ले बताए। उनले हामी गाइरहन्छौं क्रान्तिका गीत अभियान मार्फत देश र नागरिकका समस्या समाधानका लागि सचेतनामूलक सांस्कृतिक कार्यक्रम मार्फत देशभर पुग्ने बताए।

असोज ११ गते हेटौडाबाट सुरुवात गरिएको अभियानमा नागरिकको सहभागिता उल्लेख रहेको र सबै सहभागी हुन सकिने महासंघका केन्द्रीय अध्यक्ष माइला लामाले बताए ।

माओवादी जनयुद्ध घटक संगठनका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको सहभागितामा सम्पन्न पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन बिहानी सिले गरेकी थिइन् ।

छुटाउनुभयो कि ?

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकला...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...