सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा


बुटवल

देशमा बढ्दै गएको संकटको सामना र समाधानका लागि जनयुद्ध घटक पार्टीहरूको संयुक्त सांस्कृतिक कार्यक्रम बुधबार बुटवलमा हुने भएको छ।

बुधबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता मणि थापाले जनयुद्धलाई हिंसात्मक द्वन्दको नाममा परिभाषित गर्नुहुन्न भन्दै क्रान्तिकारीहरूले उठाएका मुद्दाहरु सबै समाधान भइ नसकेको बताए। उनले हरेक परिवर्तनहरूमा लेखक ,कलाकार ,कविहरूको प्रमुख भूमिका हुने हुँदा सांस्कृतिक कार्यक्रममार्फत अभियानमा लागेको बताए ।उनले देश कमजाेर हुंदा वाहिरी शक्तिहरुले प्रभाव जमाउने हुनाले शशक्त भएर अगाडि वढ्न आग्रह गरे।

बुधबार दिउँसो १२:३० बजे बुटवल उद्योग वाणिज्य सङ्घको सभालमा हुने सांस्कृतिक कार्यक्रममा सहयोग गर्न चाहने व्यक्तिहरूले दुई सय , पाँच सय र एक हजार रुपैयाँ सहयोग गर्न सक्ने र प्रवेश खुल्ला राखिएको कार्यक्रम संयोजक आरोह सि ले बताए। उनले हामी गाइरहन्छौं क्रान्तिका गीत अभियान मार्फत देश र नागरिकका समस्या समाधानका लागि सचेतनामूलक सांस्कृतिक कार्यक्रम मार्फत देशभर पुग्ने बताए।

असोज ११ गते हेटौडाबाट सुरुवात गरिएको अभियानमा नागरिकको सहभागिता उल्लेख रहेको र सबै सहभागी हुन सकिने महासंघका केन्द्रीय अध्यक्ष माइला लामाले बताए ।

माओवादी जनयुद्ध घटक संगठनका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको सहभागितामा सम्पन्न पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन बिहानी सिले गरेकी थिइन् ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...