बिपत्तिमा राहत उपलब्ध गराउन गुल्मेली सम्पर्क समाजको अपिल


बुटवल

गुल्मेली सम्पर्क समाज रुपन्देहीले प्राकृति बिपत्तिमा मानवीय सहयोग पुर्याउन सबैलाई अपिल गरेको छ ।  बाढी र पहिरोले ठुलो धनजनको सहयोग क्षती भएकाले बिपत्तिमा सबैसंग सहकार्य गरि बिपत्तिमा परेकाहरुलाई राहत उपलब्ध गराउनु सबै भन्दा ठुलो मानव धर्म भएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थले  घरवारविहीन बन्नु भएका जनताका राहतका निम्ति मानवीय सेवा पुर्याउनु हुन आमजनसमुदायलाई अपिल गर्नुभयो ।
नेपालको विभिन्न स्थानमा केही दिन अघि  आएको अकल्पनीय बाढी र पहिरो जस्तो प्राकृतिक विपत्तिमा परी दिवङ्गत बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै समाजका अगुवाहरु द्वारा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित समवेदना प्रकट गरिएको छ । 
बिहीबार तिलोत्तमा-४, डिङ्गरनगर, श्रृङ्गेश्वरधाम (गुल्मेली गुरुयोजना स्थल)मा विजयादशमी, दीपावली, छठ पर्व-२०८१ एवम् नेपाल सम्वत् ११४५ का  अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा भेला हुनु भएका गुल्मेलीहरुले बाढि पहिरो प्रभावितहरु राहतको लागी अपिल सहित अभियान संचालन  गर्नु पर्नेमा जोड दिनुभयो ।
 समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता तथा लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेसु सिनियर सर्जन डा. कृष्ण खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका सल्लाहकारहरू लोकनाथ उपाध्याय, ऋषि भण्डारी,  टिकाराम शर्मा घिमिरे , बासुदेव अर्याल, जेपि कडेल, लक्ष्मण अर्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, ज्येष्ठ नागरिक मिलनकेन्द्रका अध्यक्ष यदुनाथ पान्डे, पूजा समितिका संयोजक तथा उपाध्यक्ष नेत्रप्रसाद ज्ञवाली तथा रेसुङ्गा अलौकिक सहकारीका कृष्ण न्यौपानेले यी संस्थामा जोडिनु हुन नागरिक समाजका अगुवाहरुलाई आह्वान गर्दै संस्थाका कार्यक्रम र भावी योजना समेत प्रस्तुत गर्नुभएको थियो ।  
अध्यक्ष डा. पन्थले गुल्मेली सम्पर्क समाज रुपन्देहीका गुरुयोजना अनुसारका विभिन्न कार्यमा सहकार्य गर्नुहुन सहयोगी निकायहरुलाई आह्वान गर्नुभयो । 
कार्यक्रममा सिनपा शाखा सचिव अर्जुन गौतम, तिनपा वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरी, छत्रकोटका समाजसेवी व्यक्तित्व पिताम्वर अर्याल, दयानिधी भण्डारी,  हरि ज्ञवाली , गणेश कडेल, सेवा निवृत्त इन्सपेक्टर महा शर्मा पान्डे, साहित्यकार लक्ष्मण ज्ञवाली, कविता अर्याल, राम गिरी, ढालानन्द चालिसे , भोजेन्द्र खत्रीलगायतले  मन्तव्य व्यक्त गर्नु भयो ।
कार्यक्रममा भाष्करनाथ पाण्डेय, यदुनाथ पान्डे, पिताम्बर अर्याल, अर्जुन ज्ञवाली (अर्जुन दृष्टि) लाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले गर्नुभएको थियो भने  सञ्चालन महासचिव कृष्णप्रसाद पोखरेलले सञ्चालन गर्नुभएको थियोे । सहआयोजक संस्था  श्रृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलन केन्द्र, रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लि., छोरी शिक्षा कार्यक्रम तथा गुल्मेली सम्पर्क समाज रूपन्देही, सि.न.पा. शाखाको सहआयोजना कार्यक्रम गरिएको थियो ।

छुटाउनुभयो कि ?

देशका धेरैजसो ठाउँमा वर्षा

देशका धेरैजसो ठाउँमा वर्षा

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ ।  पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै झापामा...
विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

काठमाण्डौ - नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिसमक्ष प...
रास्वपाको प्रदेश अधिवेशन आजदेखि

रास्वपाको प्रदेश अधिवेशन आजदेखि

काठमाण्डौ - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । पार्टीको पहिलो राष्ट्रिय महा...
स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

स्थापनाको पाँच बर्षमै अस्तित्व जोगाउने संकटमा तुराङ बहुप्राविधिक शिक्षालय

गुल्मीगुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानं ८ मजुवामा रहेको तुराङ बहुप्राविधिक शिक्षालय स्थापना भएको पाँच बर्षमै अस्तित्...