देशका धेरैजसो ठाउँमा वर्षा


काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ । 

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै झापामा ८५ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापासहित दाङ, तनहुँ, काठमाण्डौमा पनि मध्यमसम्म वर्षा भएको छ । पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ । 

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ । आज पनि देशका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई ठाउँहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । 

आउने शुक्रवार र शनिवार भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा  तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । 

छुटाउनुभयो कि ?

आइतबारको बिदा हटाउन प्रस्ताव

आइतबारको बिदा हटाउन प्रस्ताव

काठमाडौंसरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ । गत चैत २२ गते मन्त्रिपरिषद् बैठकले इन्धनको अभ...
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...