नेपाली लुगा घरको दशैं अफरः सिरदेखि पाउ सम्म २ हजार ९०० रुपैयामा


बुटवल / बुटवलमा नेपाली ब्राण्डको कपडा बेचिरहेको नेपाली लुगा घरले दशै विशेषमा २ हजार ९०० रुपैयाँमा पुरुषका लागि एक सेट सिरदेखि पाउ दिने अफर ल्याएको छ।

आगलागीबाट ठूलो नोक्सानी भोगेको डेल्ला मार्टमा सञ्चालित लुगा घरले आफ्नो व्यवसाय संचालनका लागि दर्शै अवधिमा यस्तो अफर ल्याएको हो।

भौतिक पूर्वाधारमा क्षति ब्यहोरेको मिलनचोकस्थित डेल्टा मार्टले अस्थायी टेन्टमा नै नेपाली लुगा घर शुरु गरेको छ। नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमीलाई लक्षित गरि नेपाली लुगा घरमा दशै अफर ल्याएको हो।

‘उद्योगदेखि शरिरसम्म’ नारासहित दशै विशेष अफर ल्याएको युवा ब्यवसायी प्रकाश भुषालले नेपाली उत्पादनको प्रवद्धर्न गर्न यस्तो अफर ल्याएको बताए । ‘हामी जुत्ता उत्सवमा सफलता पायौ जसले गर्दा थप नया गर्ने हौसला बढ्यो।’ उनले भने।

नेपाली लुगा घर दशै कम्बो प्याक अफरमा २९०० सय रुपैयामै एउटा पाईन्ट, शर्ट, अण्डरवियर, मोजा, जुत्ता समेत ६ आईटम उपलब्ध हुने उनले बताए। जसमा याक एण्ड नेक, फ्रिडम दुई ब्राण्डका कपडा, क्रस रोड र रन शुज ब्राण्डको जुत्ता छन। आफुसंग धेरै ब्राण्डका परिकारहरु भएपनि स्थान अभाव र तयारी कम भएको उनले बताए।

छोटोसमय र तयारीका कारण १ हजार उपभोक्तासम्म पुग्ने लक्ष्य रहेको उनले बताए। आम नेपाली उपभोक्तालाई लक्षित गरि अफरमा सहज र सरल पाउने गरि अफर चलाएको उनको दाबी छ।

आर्थिक समस्यामा रहेको उपभोक्तालाई भड्किलो दशै रोक्ने यो अभियानबाट मद्यत मिल्ने उनले बताए। नेपाली उद्योग र उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष जोड्ने गरि आगामी दिनहरुमा थप योजनाहरु समेत बनाएको संचालक बाबुराम बन्जाडेले बताए।

ठूलो क्षति ब्यहोर्नुअघि एक वर्षको अवधिमा नेपाली उद्योगका लुगाका करिब १ करोड रुपैया बराबरको कारोबार गर्न सफल भएको उनले बताए।

छुटाउनुभयो कि ?

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...