ताजा अपडेट

शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगर वार्ड नं ८ सुक्खानगरमा अवस्थित शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न सधारणसभामा बोल्दै बुटवल उपमहानगरका सहकारी शाखा प्रमुख,अधिकृत गुणाखर खानालले अहिले विभिन्न स्थानमा सहकारीमा विकृति देखिएता पनि बुटवल उपमहानगरपालिका मातहतमा चलेका १ सय ३३ सहकारीको अवस्था राम्रो रहेको बताए । उनले संघ र प्रदेश मातहतका सहकारीहरूमा विकृति बढी देखिएको बताए । उक्त सहकारी साने भएता पनि वचत र लगानिका हिसावले उत्कृष्ट रहेकाेमा सञ्चालक तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिए। उनले सहकारीमा सदस्यता लिँदा आगन्तुकहरू सञ्चालक नभएको स्थानीयहरू नै सञ्चालक रहेको सहकारीमा बुझेर मात्र सदस्यता लिन आग्रह गरे। उनले सहकारी राम्रो बनाउन सदस्यहरु व्यवस्थापन र सञ्चालक...
चीन भ्रमणको आलोचना गर्नेप्रति प्रधानमन्त्री आक्रोशित

चीन भ्रमणको आलोचना गर्नेप्रति प्रधानमन्त्री आक्रोशित

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि हुन लागेको आफ्नो चीन भ्रमणसम्बन्धी टिप्पणीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार राजधानीको दरबारमार्गमा एमालेले गरेको ‘जागरण सभा’ मा चीन भ्रमणको विषयमा आलोचना गर्नेलाई ओलीले ‘वाहियात र कायर’ भएको टिप्पणी गरेका हुन् ।  प्रधानमन्त्री ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणको रूपमा चीन जान लागेका छन् । धेरैजसो नेपाली प्रधानमन्त्रीले भारतबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गरेको विगत भएकाले अहिले ओलीले गर्न लागेको चीन भ्रमणको विषयमा टीकाटिप्पणी भएको हो । सभामा ओलीले नेपालका प्रधानमन्त्रीले कुन देशको भ्रमण गर्ने भन्ने कुनै नीति नभएको उल्लेख गर्दै भ्रमणको विषयमा भएका टिप्पणीप्रति असन्तुष्टि जनाए । ‘कतिले के के न व्यवसाय भेट्टाएजस्तो गरेर पहिले कता जानुपर्ने ? कता गयो । अपरिपक्व भयो । कस्तो हुन्छ परिपक्व भन्या ?’ उनको भनाइ थियो, ‘धर्मशास...
भारतको महाराष्ट्र र झारखण्डमा विधानसभा चुनावको मतगणना सुरु

भारतको महाराष्ट्र र झारखण्डमा विधानसभा चुनावको मतगणना सुरु

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार
काठमाडौं भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना सुरु भएको छ । महाराष्ट्रको २८८ विधानसभा सिटका लागि २० नोभेम्बरमा एकै चरणमा मतदान भएको थियो भने झारखण्डको ८१ विधानसभा सिटका लागि दुई चरणमा-१३ नोभेम्बर (पहिलो) र २० नोभेम्बर (दोस्रो) मतदान भएको थियो । यी दुई राज्यका विधानसभा चुनावबाहेक केरलाको वायनाड र महाराष्ट्रको नांदेड़ लोकसभा सिटहरू साथै केही राज्यका विधानसभा सिटहरूका लागि उपचुनाव पनि भएको छ । तिनको नतिजा पनि आज नै सार्वजनिक हुनेछन् । महाराष्ट्रमा सत्तारूढ महायुती र महाविकास अघाडीबीच प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै, झारखण्डमा जेएमएम नेतृत्वको ‘इन्डिया’ गठबन्धन र बीजेपी नेतृत्वको ‘एनडीए’ गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ । मतदानपछि आएका अधिकांश एक्जिट पोलहरूले दुवै राज्यमा कडा प्रतिस्पर्धा हुने देखाएका छन् । यी पोलहरूले महाराष्ट्रमा बीजेपी नेतृत्वको महायुती...
मंसिर ९देखि धरहरा सञ्‍चालन हुने

मंसिर ९देखि धरहरा सञ्‍चालन हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार
काठमाडौं धरहरा ९ मंसिरदेखि सःशुल्क सञ्‍चालनमा आउने भएको छ । मन्त्रिपरिषद्‍को बैठकले धरहरा सञ्‍चालन नहुँदासम्‍म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्‍चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो । विनातयारी सरकारको १ सय दिनको काम देखाउने हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो दुई दिन बन्द रहेको थियो  । ...
नेपालमा कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

नेपालमा कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन । ...
आज काठमाडौंमा एमालेको जागरण सभा

आज काठमाडौंमा एमालेको जागरण सभा

Breaking news 1, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 बुटवल नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ। एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो। जागरण सभा यसअघि भृकुटीमण्डपमा गर्ने भनिएपनि बुधबार स्थान परिवर्तन गरी दरबारमार्गमा गर्ने निर्णय भएको थियो। जागरण सभाअघि विभिन्न ठाउँबाट निकालिएको र्‍याली दरबारमार्ग पुग्ने कार्यक्रम छ। भद्रकालीबाट सुरू हुने र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ। मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ। जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुऱ्याउने उद्दे...
भेडा सग रमाउदै, रेसुङ्गाका पाखापखेरा सग मितेरी लगाउदै बित्यो  हिराबहादुरको जिवन

भेडा सग रमाउदै, रेसुङ्गाका पाखापखेरा सग मितेरी लगाउदै बित्यो  हिराबहादुरको जिवन

Breaking news 2, अन्तर्वार्ता, कृषि, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, स्थानीय
गंगु कुवँर मगर / गुल्मीहामी त्यहाँ पुग्दा हिराबहादुर भेडासँगै गल्थुङ्ग भिरमा हुनुन्थ्यो । एक हातमा लट्ठी लिएर एक तकले भेंडा नियाल्दै हुनुहुन्थ्यो । उमेरले ७८ वर्ष बित्दै गरे पनि जंगल जंगलमा गएर भेडा चराउँनु उहाँको दिन चर्या हो । न त कुनै चाड पर्व न त कुनै हुरी बतास खडेरी पानी । समय भयो त भेडासँगै जंगल पुगिहाल्नुहुन्छ उहाँ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.-१४, रातामाटाका हिराबहादुर सर्तुङ्गी विगत ७३ वर्ष अघि देखि यही भेंडा चराउँदै आउनुभएको छ । रेसुङ्गा अन्तर्गतका कुलो भञ्ज्याङ्ग , पन्चासे, साउने , रेसपोखरा, ढावडांडा, खहरे, गोठार, पुरन पानी , गल्थुन्ङ लगायतका चरन क्षेत्र उहाँका दैनिकी हुन् । बिहान १० बजिसक्दा उहाँ जंगल पुगिहाल्नुहुन्छ । बेलुकी ०५ बजे घरमा फर्किदा घाँस दाउरा वा अन्य केहि न केही बोकेर पुग्नुहुन्छ । अहिले भने पत्नी रैमता सर्तुङ्गीको निधनले आफू विक्षिप्त बनेको र त्यति ज...
पूर्वराजा ज्ञानेन्द्र भोलि लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

पूर्वराजा ज्ञानेन्द्र भोलि लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार, स्थानीय
बुटवल, ६ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी आउने हुनु भएको छ । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उहा लुम्बिनी आउने कार्यक्रम रहेको पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक  हुने कार्यक्रम तय भएको संवाद सचिव डा फणीराज पाठकले जानकारी दिनु भएको छ । ...
विमानस्थलभित्रको जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया सुरु

विमानस्थलभित्रको जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया सुरु

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको छ । डिपो स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ । डीपीआर गर्न संस्थानको कन्सल्टेन्सी सेवा विभागका सहप्राध्यापक नारायणप्रसाद गौतम र सिनामंगलस्थित हवाई इन्धन डिपो प्रमुख प्रदीप यादवबीच बुधबार द्विपक्षीय सम्झौता भयो । सम्झौतासँगै अति जोखिममा रहेको डिपो स्थानान्तरण प्रारम्भ भएको यादवले बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको विशेष निर्देशन र निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको नेतृत्वमा नयाँ ठाउँमा डिपो स्थानान्तरणको काम सुरु भएको उनको भनाइ छ । ‘५० वर्षअघि बनेको हवाई इन्धन डिपोमा सुरक्षाको मापदण्ड पूरा गरिएको छैन । हवाई उडान बढ्दो क्रममा छन् । तर त्यहाँ भने जति हवाई इन्धन मौज्...
सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता

सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
६ मंसिर । सरकारको पहलमा करिव १० हजार सहकारीपीडितको बचत रकम फिर्ता भएको छ ।सहकारी ठगहरुमाथि कारवाही अगाडि बढिरहेको सन्दर्भमा सरकारले सहजीकरण गर्दै करिव १० हजार सहकारीपीडितको बचत रकम फिर्ता भएको हो । एकलाख भन्दा कम बचत गरेका पीडितहरुबाट बचत रकम फिर्ता भैरहेको सत्तारुढ एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । अहिले सम्म सरकारको पहलमा १० हजार मध्ये ६ हजारको पूर्ण र चार हजारको आंशिक बचत फिर्ता भैसकेको र अन्य पीडितहरुको पनि क्रमशः बचत फिर्ता हुँदै जाने ज्ञवालीले जानकारी दिनु भएको हो । सरकारले करिव ६०० सहकारी ठग्नेहरुमाथि नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइरहेको छ । ...