बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक


पसलको बिमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथमा सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसलमा यही जेठ १७ गते चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता देखिएको हो । घटनामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बुटवल उपमहानगरपालिका–३ पुलचोकका ४१ वर्षीय दीपक विक नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

प्रहरीका अनुसार पसल सञ्चालक विक जेठ १६ गते बिहान पोखरा गएको अवस्थामा  एक करोड ४६ लाख ९४ हजार, ७०० रुपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा निज विक त्यही साँझ बुटवल फर्किएर १७ गते बिहान करिब १:०० बजेको समयमा आफ्नै पसलका कामदार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो । 

उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनालगत्तै प्रहरीले विभिन्न स्थानको सिसीटिभी फुटेज सङ्कलन गरी अनुसन्धान गर्दा निज पसल सञ्चालक विक रातिको समयमा पसलमा प्रवेश गरेर करिब दुई घण्टा बढी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ । यस्तै पसलबाट बाहिरिएपछि तिनाउ पुल पार गरेर बुटवल–२ को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न स्थानमा राखिएका सिसी टिभीबाट सङ्कलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ । 

प्रहरीले विकको घरमा छापा मारेर बाला दुई थान, लकेटसहितको सिक्री एक थान, सिक्री एक थान, सुनको कानमा लगाउने कानपासा चार थान, झुम्का एक जोडी, कानको बाली एक जोडी, सुनसहितको सेतो र हरियो माला दुई थान, सुनको औँठी तीन थान, सुनको कानको टप एक जोडी, स्टोन फुली, चाँदीको लोटा एक थान, चाँदीको बिच्छु छ थान तथा चाँदीको औँठी एक थान बरामद गरेको जनाएको छ । 

छुटाउनुभयो कि ?

विश्वकप २०२६ : नयाँ विश्व विजेता बन्याे स्पेन, अर्जेन्टिना १-०ले स्तब्ध

विश्वकप २०२६ : नयाँ विश्व विजेता बन्याे स्पेन, अर्जेन्टिना १-०ले स्तब्ध

काठमाडौं फिफा विश्वकप २०२६ को नयाँ विजेता स्पेन बनेको छ । सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साबिक विजेता अर्जेन्टि...
मौसममा सुधारको संकेत, एक–दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना

मौसममा सुधारको संकेत, एक–दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना

काठमाडौंदेशभर मनसुनी गतिविधि केही कमजोर बन्दै गए पनि आज पनि अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रह...
रोटरी बुटवलको ३४ औ पद स्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

रोटरी बुटवलको ३४ औ पद स्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

बुटवलरोटरी क्लब अफ बुटवलको ३४ औ पद स्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक समारोहका बिच वर्ष २०२५/२६ का अध्यक्ष कृष्ण पर...
रुकुम पूर्वमा ५ म्याग्निट्युडको भूकम्प

रुकुम पूर्वमा ५ म्याग्निट्युडको भूकम्प

काठमाडौँरुकुम पूर्व केन्द्रबिन्दु भएर आईतबार साँझ ५.० म्याग्निट्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान ...