
बुटवल
रुपन्देहीको बुटवल उपमहानगर वार्ड नं ८ सुक्खानगरमा अवस्थित शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न सधारणसभामा बोल्दै बुटवल उपमहानगरका सहकारी शाखा प्रमुख,अधिकृत गुणाखर खानालले अहिले विभिन्न स्थानमा सहकारीमा विकृति देखिएता पनि बुटवल उपमहानगरपालिका मातहतमा चलेका १ सय ३३ सहकारीको अवस्था राम्रो रहेको बताए । उनले संघ र प्रदेश मातहतका सहकारीहरूमा विकृति बढी देखिएको बताए ।
उक्त सहकारी साने भएता पनि वचत र लगानिका हिसावले उत्कृष्ट रहेकाेमा सञ्चालक तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिए। उनले सहकारीमा सदस्यता लिँदा आगन्तुकहरू सञ्चालक नभएको स्थानीयहरू नै सञ्चालक रहेको सहकारीमा बुझेर मात्र सदस्यता लिन आग्रह गरे। उनले सहकारी राम्रो बनाउन सदस्यहरु व्यवस्थापन र सञ्चालकको समन्वय र पारदर्शिता आवश्यक रहेको बताए ।
सहकारीका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मुलुकको तीनखम्बे अर्थनीति अन्तर्गतको एक खम्बा सहकारी मानिएको र राष्ट्रको एक खम्बाले राष्ट्रको दिगो विकास र हरेक नागरिकको विकासको पहुँच पुर्याउन र सामाजिक रूपान्तरणका लागि सहकारी भरपर्दो माध्यम मानिएकाले आफू सही अनुरूप सहकारीका गतिविधि गरिरहेको बताए। उनले २५ जना व्यक्तिबाट ५ सय सदस्यता शुल्क लीई ,२०६४ सालमा स्थापना गरेको संस्था अहिले २ सय ३० सदस्य सङ्ख्या रहेको बताए ।
संस्थाको बचत निक्षेप २ करोड २३ लाख ८५ हजार ९ सय ९५ रहेको छ। सेयर पुँजी ६७ लाख ३२ हजार र ऋण लगानी २ करोड २६ लाख ८६ हजार ५सय ७ रहेको वताए। आगामी समयमा सदस्य संख्या बढाउने र पुँजी बढाउन आफू लागिरहेको बताए ।
कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष तथा बुटवल उपमहानगर वार्ड नम्बर ८ का वडा सदस्य हरिहर ज्ञवालीले आफूले बुटवलका अन्य सहकारीको बारेमा जानकार रहेको र शुभ मिलन सहकारीका सूचकाङ्क सकारात्मक रहेकोले सम्पूर्ण सदस्यहरुले आफूले सक्दो सेयर सदस्य संख्या बढाउने तर्फ लाग्न आग्रह गरे।

सहकारीले हरेक साधारण सभामा सेयर सदस्यका सन्ततिहरु मध्ये अध्ययनमा उत्कृष्ट हुने सन्ततिलाई सम्मान गर्ने गरेको छ। सोही अनुरुप सेयर सदस्य सन्तति अदिति अधिकारीलाई सम्मान गरिएको छ। साथै संस्थाले समय समयमा निःशुल्क स्वास्थ्य शिविर जस्ता सामाजिक कामहरू पनि गर्दै आएको छ।
संस्थाका सचिव श्यामप्रसाद राजभण्डारीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष अमृता कार्कि पौडेलको वार्षिक आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार योगप्रसाद श्रेष्ठ ,सेयर सदस्यको तर्फबाट मीना ज्ञवाली र किसन कुँवरले सहकारीका सूचकाङ्क सकारात्मक रहेकोमा सदस्यता वृद्धि गर्न सबै लाग्नुपर्ने वताए ।
कार्यक्रममा व्यवस्थापक संगीता पोखरेलले संस्थामा समय दिन नसक्ने भएकाले ससम्मान विदाई गरिएको थियो।