ताजा अपडेट

यी प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

यी प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।  बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा, गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भ...
उधारो नतिर्नेलाई सरकारी छुट नदिन सुझाव

उधारो नतिर्नेलाई सरकारी छुट नदिन सुझाव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
देशको खस्कँदो अर्थतन्त्र सुधारका लागि विभिन्न उपायहरू अपनाउनुपर्ने आवश्यकता औँल्याएको एउटा उच्चस्तरीय आयोगले उधारो उठाउनेसम्बन्धी छुट्टै कानुन बनाउन पनि सरकारलाई सुझाव दिएको छ। मन्त्रिपरिषद्‌ले गत असोज तेस्रो साता गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अन्य कैयौँ सुधारात्मक उपायका साथ उधारो उठाउने कानुन बनाउनु पर्ने आवश्यकता औँल्याएको हो। पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठन भएको आयोगले गत बुधवार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आफ्नो अन्तरिम प्रतिवेदन बुझाउँदै सरकारले "तत्काल चाल्नुपर्ने सुधारात्मक कदम" सुझाव गरेको छ। उधारोसम्बन्धी कानुन बनाउन सुझाव कोभिड महामारीपछि नेपालमा सानादेखि ठूला सबै व्यवसायीहरू उधारोको मारमा परेको देखिएको खनालले बीबीसीलाई बताए।"यस्तो अवस्थाबाट साना तथा मझौला सबै पीडित भएका छन्। जिल्ला जिल्लामा व्यापारिक उधारो ठूलो समस्या रहेको प...
पेट्रोल र डिजेलको बढ्यो मूल्य

पेट्रोल र डिजेलको बढ्यो मूल्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । आजै मध्यरातिदेखि लागू हुने गरी  पेट्रोलको प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ५५ पैसा बढेर आएकाले  मूल्य समायोजन गरिएको हो । ...
बुटवल उपमहानगरको वडा स्तरीय लोक भजन प्रतियोगितामा मुक्तेश्वर भजन समूह प्रथम

बुटवल उपमहानगरको वडा स्तरीय लोक भजन प्रतियोगितामा मुक्तेश्वर भजन समूह प्रथम

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा सम्पन्न दोस्रो वडा स्तरीय लोक भजन प्रतियोगितामा बुटवल उपमहानगरपालिका वडा नं १७ स्थित मुक्तेश्वर शिव मन्दिर भजन समूहले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा वडा नं १२ को परोपकार एकादशी भजन समूह द्वितीय, वडा नं ७ स्थित सिद्धेश्वर शिवालय मन्दिर भजन समूह तृतीय, र वडा नं ८ स्थित राधाकृष्ण मन्दिर भजन समूह सान्त्वना पुरस्कार विजेता बनेका छन्। विजेता समूहहरूले क्रमशः ३० हजार, २० हजार, १५ हजार, र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले “हाम्रो चा...
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक बोलाएको छ। विपक्षी दलहरूको बैठक अहिले केही बेरमा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सुरू हुने एक नेताले जानकारी दिए। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी लगायत दल विपक्षमा छन्। सरकारले केही दिनअघि जारी गरेको अध्यादेश, संसद बैठक बोलाउन दबाब दिने लगायत समसामयिक विषयमा छलफल गर्न विपक्षी दलहरू बस्न लागेका हुन्। ...
दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ

दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् । घण्टौँको घम्साघम्सपिछि उनलाई आज पक्राउ गरिएको हो । युललाई पक्राउ गर्न पुगेको सुरक्षाकर्मी र उनका समर्थकबीच केही समय धकेलाधकेल समेत भएको थियो । राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् । उनले डिसेम्बर ३ मा मार्सल ल लगाउन खोजेका थिए । जसलाई संसदले विफल बनाइदियो । उनलाई जनवरी ३ मा पनि पक्राउ गर्न घण्टौँ प्रयास भएको थियो । उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ । कानूनी कारबाही प्रक्रिया हिजोबाट सुरु भएको बीबीले जनाएको छ । मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो । उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसदले पारित गरेको थियो । ...
जन्मदिनमा फजुल खर्च छाडेर रक्तदान

जन्मदिनमा फजुल खर्च छाडेर रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल जन्मदिन मनाउन फजुल खर्च नगरी रक्तदान गरी जन्मदिन मनाउन प्रेरित गर्ने र समाजसेवामा अग्रसर हुने संस्कार स्थापित गर्ने उद्देश्यले रूपन्देही विद्युतीय व्यवसायी संघका पूर्व अध्यक्ष तथा महासंघका केन्द्रीय कोषाध्यक्ष प्रकाशचन्द्र पाण्डेयले आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रमको आयोजना गरे। उनले रक्तदान जीवनदान भन्ने मूल मर्मलाई आत्मसाथ गरी कतिपय बिरामीलाई रगतको अभावले पिल्सिएको आफूले देखेको स्मरण गर्दै जन्मदिन मनाउने फजुल खर्च छाडेर रक्तदानको संस्कार बसोस् भन्ने उद्देश्यले जन्मदिनको दिन रक्तदान कार्यक्रमको आयोजना गरी आफूले पनि रक्तदान गरेको बताए। मङ्गलबार नियमित रक्तदाता संघ बुटवलको कार्यालयमा गरिएको औपचारिक कार्यक्रममा बोल्दै रूपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले शरीर स्वस्थ नभएमा रगत प्रदान गर्न नमिल्ने हुनाले आफ्नो स्वास्थ्यको नियमित चेक जाँच सँगै सामाजिक काम भएकाल...
चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो ।प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । मन्त्रालयका अनुसार आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो ।चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भ...
आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्ताे छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्ताे छ महत्व

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, ...
आज देखि बुटवल खाना महोत्सव सुरु

आज देखि बुटवल खाना महोत्सव सुरु

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
खिम खड्का२९ पौष,बुटवल । आज देखि होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको आयोजनामा "अतिथि देवो भव"नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान,शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान ! भन्ने मुल नाराका साथ बुटवल खाना महोत्सवको सुरु भएको छ ।पौष २९ ( आज ) देखि माघ २ गते सम्म ३ दिन बुटवल ७ दिपनगर स्थित शिद्वेश्वर लालकुमारी मा.बि.को खेलमैदानमा हुन गइरहेको बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा विविध सांस्कृतिक कार्यक्रमका साथ स्वादेशी स्थानीय रैथाने खानाका तथा बिदेशी खानाका परीकारहरु सहितको प्रदर्शनी गरीने संस्थाका महासचिव अर्जुन थापाले बताए ।बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा पौष २९ गते (आज) जनचेतना र्‍याली बिहान ११:०० बजे सिद्धेश्वर लालकुमारी मा.बि.को खेल मैदानमा हुनेछ ।अध्यक्ष लेखनाथ भण्डारीका अनुसार साँझ ७:०० बजे देखि रा...