ताजा अपडेट

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, समाचार
१ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक विदा दिइएको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ । विपत्तीबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ । आजको दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ । साथै देउडा र पिङ खेलेर रमाइलो गर्ने चलन पनि छ । ...
सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदै

सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदै

Breaking news 2, ताजा अपडेट, समाचार
१ भदौ, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् । कार्यदलका एकजना सदस्य हिमलाल पुरीले भने, ‘आजको बैठकमा मोडालिटी तयार गर्न जिम्मेवारी लिनुभएका कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला जीले मोडालिटी पेश गर्नुहुन्छ । त्यसमै छलफल हुन्छ ।’ गत २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो । अघिल्लो पटक बसेको कार्यदल बैठकले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कार्यदल संयोजक सिटौलालाई दिएको थियो । कार्यदलमा ने...
आर्कषणको केन्द्र बन्दै श्रीङ्गेश्वरधाम , साउन महिनाभर भक्तजनको घुईचो

आर्कषणको केन्द्र बन्दै श्रीङ्गेश्वरधाम , साउन महिनाभर भक्तजनको घुईचो

Breaking news 1, ताजा अपडेट, स्थानीय
३१ साउन बुटबल ,रुपन्देहिको तिलोत्तमा वडा नम्बर ४ डिङ्गरनगरमा रहेको श्रीङ्गेश्वरधाम बाहिरबाट झटट र्हेदा कुनै सुन्दर पार्क जस्तो देखिन्छ तर भित्र पुगेर अवलोकल गरेपछी मात्र महसुस हुन्छ सुन्दरता भित्रको धार्मिक आनन्दको । गुल्मेली सम्पर्क समाज रुपन्देहिको अगुवाईमा निर्माण भएको उक्त श्रीङ्गेश्वरधाममा श्रावण महिनाको सोमबार र शनिबार विषेश पुजा आजा गरिएको थियो । श्रावण महिनाका ५ ओटा सोमबार पशुपतिनाथ मन्दिरमा विषेश पुजाआजा , ज्योतिरलिङ्गमा रुद्राभिषेक को साथ जलार्पण गर्ने कार्यक्रम गरिएको धाम व्यावस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारीले बताउनु भएको छ । धाममा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीहरूको भिडभाड लागेको थियो । सोमबार र शनिबारको दिन पुजाआजा गर्नको लागी भक्तजनको लामो लाईन लाग्ने गरेको थियो । गुल्मेली सम्पर्क समाजको पहलमा सुरुवात गरिएको श्रीङ्गेश्वरधाम अहिले सबैको आ...
आज साउन महिनाको अन्तिम सोमबार, शिवालयमा घुइँचो

आज साउन महिनाको अन्तिम सोमबार, शिवालयमा घुइँचो

Breaking news 1, ताजा अपडेट, समाचार
३० साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् । ...

भारतीय सेयर बजारका बादशाह राकेश झुनझुनवालाको निधन

ताजा अपडेट, विदेश, समाचार
मुम्बई । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए । यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तस्वीर राख्दै शोक व्यक्त गरेका छन् । ...
कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

Breaking news 2, ताजा अपडेट, समाचार
२८ साउन, चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनमा पनि कांग्रेसले गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्दै भरतपुर महानगरपालिकाको मेयर प्रचण्डकी छोरी रेनुलाई समर्थन गरेको थियो । रेनुविरुद्ध जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवार बनाएको कांग्रेसको असन्तुष्ट पक्षले प्रतिनिधिसभा पनि उम्मेदवारी बनाउने तयारी गरेको छ । कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औं जन्मजयन्तीका अवसरमा ‘कांग्रेस शुद्धीकरण अभियान’को नामबाट छलफल कार्यक्रम राखेको सो समूहले भदौ २४ गते बीपी जयन्ती...
थप २६३ जनामा कोरोना संक्रमण, ५०१ संक्रमणमुक्त

थप २६३ जनामा कोरोना संक्रमण, ५०१ संक्रमणमुक्त

Breaking news 3, ताजा अपडेट, समाचार
२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका हुन् । एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । ...
पार्टीकै नेता मिलाउन चुनौती छ : प्रचण्ड

पार्टीकै नेता मिलाउन चुनौती छ : प्रचण्ड

ताजा अपडेट, समाचार
२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको निष्कर्ष सुनाएका छन् । शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था रहेको बताएका हुन् । माओवादीका नेताहरू एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको उल्लेख गर्दै उनले भने, ‘अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु ।’ नेता मिलाउन सके जनता माओवादीको पक्षमा एकढिक्का रहेको उनको जिकिर छ । मधेसमा पार्टी प्रवेशको लहर भए पनि पार्टीकै नेताहरू एकअर्काविरुद्ध उत्रिएको प्रचण्डले बताए । ‘हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ’, उनले भने । प्रचण्डले स्थानीय...
प्रहरी समायोजन माग गर्दै मधेश सरकारका मन्त्री धर्नामा बस्ने

प्रहरी समायोजन माग गर्दै मधेश सरकारका मन्त्री धर्नामा बस्ने

Breaking news 1, Breaking news 3, ताजा अपडेट, समाचार
पत्रकार सम्मेलनमा मधेश सरकारका गृहमन्त्री भरत साह । २८ साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्री धर्नामा बस्ने भएका छन् । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि अब प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले बताए । शनिबार पत्रकार सम्मेलन गरी उनले प्रहरी समायोजन नगरेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आइतबारदेखि बिहान ११ देखि २ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिने बताए । ‘यो आन्दोलन एक सातासम्म चल्छ’ उनले भने, ‘त्यस अवधिमा पनि सरकारले ध्यान नदिए अर्काे चरणको आन्दोलन घोषणा गर्छौं ।’धर्नामा प्रदेशका मन्त्री, प्रदेश सांसदको सहभागिता रहने मन्त्री साहले बताए । यसअघि प्रदेश...

तराईका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

ताजा अपडेट, समाचार
२८ साउन, वीरगञ्ज । आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेश प्रदेशमा कुल १३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेस नगरेका पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन् । ...