आज देखि बुटवल खाना महोत्सव सुरु


खिम खड्का
२९ पौष,बुटवल । आज देखि होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको आयोजनामा “अतिथि देवो भव”नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान,शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान ! भन्ने मुल नाराका साथ बुटवल खाना महोत्सवको सुरु भएको छ ।
पौष २९ ( आज ) देखि माघ २ गते सम्म ३ दिन बुटवल ७ दिपनगर स्थित शिद्वेश्वर लालकुमारी मा.बि.को खेलमैदानमा हुन गइरहेको बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा विविध सांस्कृतिक कार्यक्रमका साथ स्वादेशी स्थानीय रैथाने खानाका तथा बिदेशी खानाका परीकारहरु सहितको प्रदर्शनी गरीने संस्थाका महासचिव अर्जुन थापाले बताए ।
बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा पौष २९ गते (आज) जनचेतना र्‍याली बिहान ११:०० बजे सिद्धेश्वर लालकुमारी मा.बि.को खेल मैदानमा हुनेछ ।
अध्यक्ष लेखनाथ भण्डारीका अनुसार साँझ ७:०० बजे देखि रातको १२:०० सम्म बिबिध सांस्कृतिक साँझ संगै राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती र जात जातिगत झाँकी सहितको बिबिध प्रस्तुति र स्थानीय रैथाने तथा स्वादेशी खानाका परीकारहरुको पर्दर्शनी गरिने छ त्यस्तै माघ १ गते बिहान ११:०० बजे रुपन्देहीका कृयाशिल संघ संस्था र सरोकार निकायसँग पर्यटन प्रवर्द्धन गोष्ठी र गोष्ठी पश्चात् नियमित कार्यक्रम सुचारु गरिने छ ।
माघ २ गते अपरान्ह १२:३० देखी दिउँसो ४:०० बजे सम्म रक्तदान कार्यक्रम र त्यस पश्चात नियमित कार्यक्रम गरि रातको १२:०० बजे खाना महोत्सवको औपचारिक समापन गरीने अध्यक्ष भण्डारीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...