चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन


काठमाडौं

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो ।प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । मन्त्रालयका अनुसार आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो ।चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्य अनुरुप राजस्व संकलनमा केन्द्रित हुने बताए ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले गत असोजको बाढी पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात प्रभावित, विद्युतीय सवारी साधनको आयात संख्या वृद्धि, दुरसञ्चार क्षेत्रमा परेको प्रभाव, आयात तथा मागमा कमी लगायतले असर पारेपनि चालु आर्थिक वर्षको ६ महिनामा उल्लेखनीय रुपमा राजस्व संकलन भएको जानकारी दिए ।

छुटाउनुभयो कि ?

खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

काठमाडौंहोल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा भक्तपुरको बोडेमा आश्रय लिइरहेका सुकुम्बासी परिवारको द...
तुइनखोला पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

तुइनखोला पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

बुटवलनारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुन...
बुटवल खाना महोत्सव, पर्यटनबाट बुटवलमा आर्थिक समृद्धिको विश्वास

बुटवल खाना महोत्सव, पर्यटनबाट बुटवलमा आर्थिक समृद्धिको विश्वास

बुटवलमौलिक खानाका परिकारका पस्कने गरि बुटवलमा पाँच दिने खाना महोत्सव शुरु भएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देह...
दिवाकर स्मृति प्रतिष्ठानद्वारा ‘उज्यालो युरोप’ विमोचनसंगै शिक्षा सेवा पुरस्कार प्रदान

दिवाकर स्मृति प्रतिष्ठानद्वारा ‘उज्यालो युरोप’ विमोचनसंगै शिक्षा सेवा पुरस्कार प्रदान

बुटवलदिवाकर स्मृति प्रतिष्ठान नेपालले स्वर्गीय केशव ज्ञवालीद्वारा लिखित नियात्रासंग्रह ‘उज्यालो युरोप’ विमोचन गर्नुका साथै दि...