चैत ९ र १० गते एकिकृत समाजवादी रूपन्देहीको जिल्ला अधिवेशन, तयारी पूरा
बुटवल
नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको यहि चैत ९ र १० गते हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटिले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
२०७८ साल भदौं ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाविधेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशनमा होमिएको बताए । उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरु प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । उनले जिल्ला अधिवेशनका लागी रुपन्देही जिल...








