काठमाण्डौ उपत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु चुनावको मत परिमाण सार्वजनिक


काठमाण्डौ – काठमाण्डौ उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु चुनावको परिमाण सार्वजनिक भएको छ ।

नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विशाल रोकाहा र ईश्वर थापा अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका प्रल्हाद खड्का र विन्दु पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

यस्तै अखिल क्रान्तिकारीले जनप्रशासन र सानोठिमी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा जितेको छ । जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्रसिंह ठगुन्ना अध्यक्षमा निर्वाचित हुनुभएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

काठमाण्डौ उपत्यका त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुर, आरआर, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, अस्कल, शंकरदेव, पद्यकन्या, सरस्वती, पब्लिक युथ, पाटनलगायत ११ ठूला क्याम्पसमा भने स्ववियु चुनाव हुन सकेन ।

हिजो भएको चुनावमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा मतदान भएको थियो । देशैभरिबाट मतपरिणाम आउने क्रम जारी छ । 

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...