सुन तस्करीमा ५ वर्ष जेल बसेका व्यक्ति फेरि २५ करोडसहित पक्राउ


काठमाडौँ

सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति फेरि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । 

रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति पक्राउ परेको हो ।

पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले मंगलबार दिउँसो गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । 
 
विशेष सूचनाका आधारमा राजधानीको झोरबाट  ना ७ ख १६५२ नम्बरको ट्रक फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उक्त रकमसहित उनलाई पक्राउ गरेको थियो । 

 प्रहरीले पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट  खुलेको जनाएको छ । उक्त पैसा अवैध सुन किन्नका लागि चीनतर्फ तस्करी भइरहेको आशंकासहित प्रहरीले थप विषय अनुसन्धानपछि खुल्दै जाने बताएको छ । 

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...