२३ औं तिलोत्तमा गोल्ड कप : २ भारतियसहित ८ टिमको सहभागीता


बुटवल । २३ औं तिलोत्तमा गोल्ड कप यहि शनिवारदेखि सु्रु हुदैछ । रुपन्देही जिल्ला फिटवल संघको आयोजनामा हुन लागेको प्रतियोगिता सञ्चालन हुने स्थान देविनगरस्थित एन्फा एकेडेमीको फुटवल मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । 

प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्याउनेका काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार र रंगरोगन तथा मैदान क्षेत्रलाई आर्कषक बनाउने काम भैरहेको संघका सचिव शंकर मल्लाहाले जनाएका छन् । यता प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङगो लगाएर टाइसिट तयार भैसकेको छ । संघका अनुसार प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च व्याइज युनाइटेड, एपिएफ, संकटा एफसी, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफसी, भारत र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतको सहभागिता रहने छ । सहभागी ८ टिमलाई दुई समुहमा विभाजन गरि खेलाईने छ । 

जसमा समुह ए मा आयोजक रुपन्देही-११, एपिएफ, संकटा एफसी, जर्जियन एफसी, भारत रहेको छ भने समुह विमा चर्च व्याइज युनाइटेड, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतको टिम रहेको छ । प्रतियोगिताको उद्घाटन खेल चैत्र ९ गते आयोजक करेन्ट रुपन्देही-११ र एपीएफकावीच हुने छ । चैत्र १० गते चर्च व्याइज युनाइटेड र नेपाल पुलिस क्लब, चैत्र ११ गते संकटा एफसी र जर्जियन एफसी, भारत, चैत्र १२ गते मच्छिन्द्र एफसी र एडोर्न गडवाल स्पोर्टिङ कलब, भारतकावीच खेल हुने छ । प्रतियोगिताको फाइनल चैत्र १६ गते हुने छ । 

छुटाउनुभयो कि ?

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...
लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...