चैत ९ र १० गते एकिकृत समाजवादी रूपन्देहीको जिल्ला अधिवेशन, तयारी पूरा


बुटवल

नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको  यहि चैत ९ र १० गते हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटिले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो । 

२०७८ साल भदौं ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ । 

पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाविधेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशनमा होमिएको बताए । उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरु प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । उनले जिल्ला अधिवेशनका लागी रुपन्देही जिल्लाका ५ वटा निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधिहरु छनौट गर्ने काम सम्पन्न गरिएको बताए ।  उनले आफूहरु एमाले विद्राेहबाट आएकाले त्यसैकाे निरन्तरता भएकाले जिल्ला अधिवेशन १० औं भनिएकाे सेपष्ट पारे ।

अधिवेशन प्रतिनिधिहरुको छनौट गर्दा दलित तर्फ १० जन बराबर १, खुल्ला तर्फ २० जना बरार १ र सबै क्लस्टरमा एक तिहाई महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाहरुको सहभागिताको सिद्धान्त अपनाईएको कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । उनले आफूहरुले विधानको पूर्णतया पालना गरेको बताउँदै अधिवेशनलाई भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।

विधान अनुसार  संघीय निर्वाचन क्षेत्र नं. १ बाट जम्मा ४६ जना, २ बाट ४३ जना, ३ बाट २१, ४ बाट ११ २५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधिहरु रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तत्यमा उल्लेख गरिएको छ । विधान बमोजिम जम्मा प्रतिनिधिको १० प्रतिशतले हुने १३ जना प्रतिनिधिहरु जिल्ला कमिटीले मनोनित गरी दशौं अधिवेशनमा सहभागी प्रतिनिधिहरुको जम्मा संख्या १४१ जना बनाईने जनाइएको छ । 

अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्दसत्र हुनेछ । बुटवल–१३ स्थित साईनो पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए । अध्यक्ष नेपाल विदेश भ्रमणमा भएकाले प्रमुख अतिथिको छलफलपछि टुंगो लगाईने उनले बताए ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एव्म लुम्बिनी प्रदेशसभा सदस्य पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटि सदस्य हिराध्वज शाह, यम पछाई, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...