ताजा अपडेट

भदौ २३मा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

भदौ २३मा मानवअधिकार उल्लंघन, २४ मा संगठित आपराधिक कार्य

Breaking news 1, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष २३ भदौको जेन–जी आन्दोलनमा मानवअधिकार उल्लंघन भएको र भोलिपल्ट २४ भदौमा पूर्वयोजनाअनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ । मानवअधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कारबाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।आयोगले २३ भदौमै सदस्य लिली थापाको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो । समितिले प्रतिवेदन बुझाएको दुई महिनापछि बुधबार प्रतिवेदनको सिफारिस खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ । आयोगले बुधबार नै आफ्नो सिफारिस प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।आयोगले मानवअधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री, सुरक्षा निकाय प्रमुखलगायतलाई कारबाही सिफारिस गरेको छ । २४ भदौको घटनामा जोडिएका रास्वपाका १७ सांसदसह...
भैरहवामा एकै दिन तीन बालकको मृत्यु, दुई डुबेर र एक रोलरले च्यापिए

भैरहवामा एकै दिन तीन बालकको मृत्यु, दुई डुबेर र एक रोलरले च्यापिए

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको भैरहवामा एकै दिन तीन बालकको ज्यान गएको छ । पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ भने खेल मैदानमा राखिएको रोलरले च्यापिएर १४ महिने बालकको ज्यान गएको हो । मंगलबार दिउँसो मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा दुई विद्यार्थीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ खजुरिया स्थायी घर भई हाल सिद्धार्थनगर–६ गल्लामण्डी बस्दै आएका १३ वर्षीय प्रिन्स चौधरी र सम्मरीमाई गाउँपालिका–६ असुरैना स्थायी घर भई हाल सिद्धार्थनगर–४ सुगरमिल क्षेत्रमा बस्दै आएका १६ वर्षीय सुरज गुप्ता रहेका छन् । उनीहरू साथी रहेको र दुवै जना कक्षा ८ मा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । सुरज गुप्ता भैरहवास्थित साई ग्लोबल माध्यमिक विद्यालयमा तथा प्रिन्स चौधरी लिलाराम माध्यमिक विद्या...
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन ।नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो । यसै गरी प्रतिनिधिसभाको बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ०५ः३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिए । ...
लुम्बिनी प्रदेश सभाको बैठक आज, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

लुम्बिनी प्रदेश सभाको बैठक आज, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक बुधबार (आज) दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गर्नुहुनेछ । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाफ सामाजिक विकास मन्त्री तिमिल्सिनाले दिने कार्यसूची रहेको छ । त्यस्तै लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनुहुनेछ । त्यसपछि नीति तथा कार्यक...
एसियाली खेलकुद छनोटमा आज नेपाल र चीन भिड्दै

एसियाली खेलकुद छनोटमा आज नेपाल र चीन भिड्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँनेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणको खेलमा चीनसँग भिड्दै छ । नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ । सन् २०१९ को फेब्रुअरीयता नेपाल र चीन पहिलो पटक खेल्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । मलेसियामा मंगलबार सुरु भएको प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको छ । इन्डोनेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो । उक्त लक्ष्य चीनले १९.५ ओभरमा पूरा गरेको हो । पहिलो जित निकालेको चीन उच्च मनोबलका साथ मैदानमा हुनेछ । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफा...
नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए।प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारे । प्रधानमन्त्री शाहले भने, “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण...
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्यको धरपकड भएको भन्दै पत्रकार संगठनहरूको आपत्ति

वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्यको धरपकड भएको भन्दै पत्रकार संगठनहरूको आपत्ति

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँजनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकड, निगरानी र धम्की दिने कार्य भएको भन्दै विभिन्न पत्रकार संगठनहरूले कडा आपत्ति जनाएका छन् ।नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठविरुद्ध भइरहेको योजनाबद्ध घेराबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संगठनहरूले सत्ताधारी दल र मन्त्रीहरूबारे आलोचनात्मक समाचार लेखेकै कारण पत्रकार श्रेष्ठलाई तारो बनाइएको आरोप लगाएका हुन् ।नेपाल पत्रकार महासंघले प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रालयमार्फत पत्रकार श्रेष्ठलाई निगरानी गर्ने, धरपकडको प्रयास गर्ने र समाचारको स्रोत खुलाउन दबाब दिने काम भइरहेको उल्लेख गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वार...
बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल ब्युटी तथा हेयर स्टाइलिङ क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि र सीपबारे व्यवसायी तथा प्राविधिकलाई अद्यावधिक गराउने उद्देश्यसहित समृद्धि सलोन एन्ड एकेडेमीले एकदिने एडभान्स्ड एस्थेटिक्स तथा हेयर स्टाइलिङ सेमिनार सम्पन्न गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित अन्य क्षेत्रबाट ब्युटिसियन तथा हेयर स्टाइलिस्टहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ प्रविधि, आधुनिक उत्पादनको प्रयोग विधि तथा सही–गलत उत्पादन छुट्याउने विषयमा व्यवहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।समृद्धि सलोन एन्ड एकेडेमीका सञ्चालक मोहन ठाकुरले ब्युटी क्षेत्रमा दैनिक नयाँ टेक्निक र उत्पादनहरू आइरहेकाले व्यवसायीलाई समयानुकूल अपडेट राख्न यस्ता कार्यक्रम आयोजना गरिएको बताए। उनले समृद्धिले “ग्रो टुगेदर” को अवधारणालाई आत्मसात गर्दै नयाँ स्किल र प्रविधि आउनेबित्तिकै तालिम तथा सेमिनार सञ्चालन...
बुटवलमा पर्यटन वहस: समृद्धिको प्रमुख आधार रहेको निश्कर्ष

बुटवलमा पर्यटन वहस: समृद्धिको प्रमुख आधार रहेको निश्कर्ष

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपालसंगै रुपन्देहीको विकास र समृद्धिको प्रमुख आधार पर्यटन भएको र यसलाई प्रवर्द्धन गर्न आवस्यक रहेको र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने सरोकारवालाले वताएका छन्। मंगलबार मणिमुकुन्द सेन उद्यान संरक्षण समिति र नेपाल पत्रकार महासंघ रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न १दिने पर्यटन सम्वन्धि पत्रकारको क्षमता विकास कार्यक्रममा वोल्दै संरक्षण समितिका अध्यक्ष माधव नेपालले रुपन्देही नेपालकै पर्यटनमा अव्वल रहेकोले यसको प्रवर्द्धनमा महत्व दिन आवस्यक रहेको धारणा राखेका छन्।नेपालले रुपन्देहीको लुम्बिनी, बुटवलको मणिमुकुन्द सेन उद्यान, जितगढी किल्ला, पाल्पाको नुवाकोट गढी, बसन्तपुर, सिद्धबाबा धाम, तिलोत्तमाको वनबाटीकालगायत धैरै महत्वपूर्ण सम्पदा र स्थानहरु रहेकोले यसको महत्व उल्लेखनीय रहेको वताएका हुन्।उनले भौतिक पूर्वाधार, सडक सञ्जाल, होटल, पार्क ,बुटवल पाल्पा जोड्ने दुई केवलका...
प्रधानमन्त्रीले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

प्रधानमन्त्रीले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आज यहाँ स्थित युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने छन् । प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए । ...