Breaking news 3

काँग्रेस सभापति थापासहितका नेताहरुको प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

काँग्रेस सभापति थापासहितका नेताहरुको प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँप्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति गगन थापासहितको टोलीले भेटवार्ता गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको विषयमा छलफल भएको थियो । सभापति थापाले सो अवसरमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए ।सो भेटमा सभापति थापासहित काँग्रेस उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सहभागी थिए भने सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागी थिए । ...
पार्टीले लज्जास्पद हार बेहोरेपछि आरोप प्रत्यारोपमा उत्रिँदै एमाले नेता

पार्टीले लज्जास्पद हार बेहोरेपछि आरोप प्रत्यारोपमा उत्रिँदै एमाले नेता

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँनिर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेका नेताहरूमा आरोप प्रत्यारोप सुरु भएको छ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् भने उनलाई कैयौँ नेताहरूले साथ पनि दिइरहेका छन् । तर अध्यक्ष केपी शर्मा ओली पक्षधर भने डिफेन्सिभ देखिएका छन् ।यसैबिच नेताहरूबिच आरोप प्रत्यारोप पनि सुरु भएको देखिएको छ । एमाले महासचिव शङ्कर पोखरेलले योगेश भट्टराईले चुनावमा महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।उनले भनेका छन्- अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध पनि गरेको थिएँ। त्यस बेला उहाँले ताप्लेजुङ ...
बुटवलमा रहेको एक जुत्ता पसलमा आगलागी, करोडौँ क्षतिको अनुमान

बुटवलमा रहेको एक जुत्ता पसलमा आगलागी, करोडौँ क्षतिको अनुमान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलबुटवलमा रहेको एक जुत्ता चप्पलको थोक पसल तथा गोदाममा आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । बुटवल उपमहानगरपालिका–४ संगमपथस्थित गुल्मी रेसुङ्गा ट्रेडर्समा शुक्रबार साँझ आगलागी भएको हो । राजु श्रेष्ठले सञ्चालन गर्दै आएको उक्त जुत्ता–चप्पलको थोक पसल तथा गोदाममा साँझ करिब ७ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएपछि बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । दमकलको सहयोगमा केही समयमै आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीको खबर पाउनेबित्तिकै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय घटनास्थल पुगेर आगलागी नियन्त्रणका लागि आवश्यक समन्वय गरेका थिए । आगलागीबाट भएको वास्तविक क्षतिको विवरण अझै संकलन भइरहेको प्रहरीले जनाएको छ । साथै आगलाग...
लुम्बिनी प्रदेशमा रास्वपाले ल्यायो ४६.१६ प्रतिशत, कांग्रेस एमालेको मत कति ?

लुम्बिनी प्रदेशमा रास्वपाले ल्यायो ४६.१६ प्रतिशत, कांग्रेस एमालेको मत कति ?

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलदेशभरीमा ४८ प्रतिशत हाराहारी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले लुम्विनी प्रदेशमा ४६.१६ प्रतिसत मत पाएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी २० लाख २१ हजार ९६१ मत खसेको थियो। रास्वपाले खसेको मतमध्ये ९ लाख ३३ हजार ३५२ मत प्राप्त गरेको हो। त्यस्तै, लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले खसेको कुल मतको १६.२५ प्रतिशत अर्थात् ३ लाख २८ हजार ७१९ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा एमालेले खसेको मतमध्ये १४.६६ प्रतिशत अर्थात् २ लाख ९६ हजार ५४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले ७.६७ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.९५ प्रतिशत मत प्राप्त गरेका छन्। निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा ५७ वटा राजनीतिक दल चुनावमा भाग लिएकोमा ५ वटा दलबाहेक अन्य दलले थ्रेस होल्ड ...
बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई आयोगको पत्र

बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई आयोगको पत्र

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले बीबीसीको भिडियो हटाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ ।आयोगले बिहीबार (फागुन १४) चुनावका बेलामा विवादित भिडियो ल्याइएको भन्दै हटाउन पत्राचार गरेको हो ।बीबीसीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा भिडियो रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टमा आन्दोलनको क्रममा गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको भनिएको छ । ...
देशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने

देशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा मौसम सफा रहने

Breaking news 3, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपात भईरहेको छ । आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा...
बुटवलमा बिलविहीन १० लाख बढीको मदिरा बरामद, दुई सवारीसाधनसहित नियन्त्रणमा

बुटवलमा बिलविहीन १० लाख बढीको मदिरा बरामद, दुई सवारीसाधनसहित नियन्त्रणमा

Breaking news 3, समाचार, समाज, स्थानीय
बुटवलबिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न थालिएको लाखौं रुपैयाँ पर्ने मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवल उप(महानगरपालिका वडा नं ८ सुख्खानगर स्थित मैत्रि पथमा राकेर राखिएको २ वटा गाडीबाट १० लाख बढी मूल्यको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।अबैध मदिराको कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्दा बाटोको किनारामा पार्किङ गरि राखेको बिल बिजक नभएको लु२च ४९३५नं को बलेरो गाडीमा रहेको ५३ पेटि र लु२च ५०७८ नंको छोटा हात्ति गाडीमा रहेको २४ पेटि न्गोल्डेन वाक नामको ७७ पेटी मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ । दुबै गाडीमा रहेको ७७ पेटि (३६९६ पिस) मदिराको अन्दाजी मुल्य रु. १० लाख ७८,००० र दुबै गाडीको मुल्य अन्दाजी १७ लाख कायम गरि बरामद सामान र दुबै सवारी साधन आवश्यक कारवाहीको लागी राजश्व अनुसन्...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरिएको छ ।विमानस्थलको प्रस्थान होल्ड ब्यागेज जाँचका क्रममा स्वीडिस नागरिक ५१ वर्षीया कुन्चोक खाण्ड्रोलाई पक्राउ गरिएको हो । उनी सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट चीन जाने तयारीमा थिइन् । जाँचका क्रममा उनका ब्यागबाट अमेरिकी डलर १० हजार ५००, युरो २६ हजार ७००, चाइनीज युआन ७ हजार ४०० र स्वीडेनका ४३ हजार क्रोनर फेला परेको प्रहरीले जनाएको छ ।पक्राउ परेकी कुन्चोक खाण्ड्रोलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ । ...
रुपन्देही आएर कुलमानले भने : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

रुपन्देही आएर कुलमानले भने : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई सरकार गठन गर्ने जनादेश प्राप्त भए अरूले दशकौँसम्म गर्न नसकेको काम एक वर्षभित्रै गरेर देखाउने दाबी गरेका छन् ।भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले देशको शासन सञ्चालन, प्रशासन व्यवस्थापन तथा विकासको स्पष्ट दृष्टिकोण आफ्नो पार्टीसँग रहेको बताए । उनले देशलाई समृद्धि र विकासको दिशामा अघि बढाउन उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।उनले राज्य सञ्चालनका लागि आवश्यक प्रशासनिक, राजनीतिक तथा नेतृत्व क्षमतासहितको टोली आफ्नो पार्टीसँग रहेको उल्लेख गर्दै अब मतदाताले नयाँ विकल्प रोज्ने समय आएको बताए । “हामीसँग ब्यूरोक्रेसी, राजनीति, मन्त्रालय र प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने क्षमता छ,” उनले भने, “अहिलेसम्म धेरै नेता र पार्टीलाई मतदान गरिसक्नुभएको छ, अब देशको भवि...
उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस सम्पन्न: मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको ठहर

उद्योग वाणिज्य संघको ७३औं स्थापना दिवस सम्पन्न: मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको ठहर

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवसको अवसरमा आईतबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको वताएका छन्।कार्यक्रममा वोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेपनि राज्य औद्योगिक विकासमा गम्भिर नभएको र दीर्घकालिन सोंच बिचार समेत नगरेका कारण मुलुकभर घोषणा भएका औद्योगिक क्षेत्र घोषणमै सिमित रहेको वताएका छन्। रुपन्देही औद्योगिक विकासका लागि राम्रो सम्भावना रहेको क्षेत्र भएपनि कानुनी उल्झन, राज्य सञ्चालकमा देखिएको गैरजिम्मेवारीपना, विकासको दीर्घकालिन रणनीति नहुँदा अंगाडि सारिएका आयोजना समेत अन्यौलमा रहेको उनले बताए । बुटवलको मोतिपुर औद्योगिक क्षेत्र र भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) त्यसैका ज्वलन्त उदाहरण भएको उनको ...