Breaking news 3

तिलोत्तमामा वडा तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान

तिलोत्तमामा वडा तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, सम्पादकिय, स्थानीय
रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिकाका सबै वाडाहरु तथा स्वास्थ्य चौकी गरी ३८ स्थानहरुमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान भएको छ।२०८२ माघ महिनामा कम्पनीको जिटुजि कार्यक्रम अन्तर्गत नगरपालिकाको सभाहलमा नेपाल टेलिकमको कर्पोरेट सेवा जानकारी तथा प्रस्ताव सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो |सो कार्यक्रम लगत्तै नगरपालिकाको भवनमा १ जिबिपिएसको फाइबर टु हाेम सेवा जडान गरी संचालनमा रहेको थियो। ८२ जेष्ठ महिनामा उक्त नगरपालिका संग सबै वार्डहरु र स्वास्थ्य चौकीहरुमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान गर्न सम्झौता भएको थियो।नगरका सबै ३८ स्थानहरुमा ८३ श्रावण देखि २सय एमपिविएस को सेवा जडान गरी सन्चालनमा ल्याईएको हो।वार्ड नं ४,६,१३,१४ तथा १२ वडाहरुमा नेटवर्क विस्तार र सेवा प्रवाह चुस्त गरी सेवा पुर्याएको हो।सबै स्थानीय निकाय र सरकारी निकायमा सरकार देखि सरकार कार्यक्रम, डिजिट...
फर्निचर ब्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा पुन: सुरेन्द्र ज्ञवाली

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा पुन: सुरेन्द्र ज्ञवाली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय समिति, लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सुरेन्द्र ज्ञवालीको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित भएका छन। शनिबार बुटवलमा भएको अधिवेसनबाट महासंघको उपाध्यक्ष भुन बहादुर कुवर मगर, सचिव काशीराम पोखरेल, कोषाध्यक्ष अग्नी कुमार अग्रहरी तथा सदस्यहरुमा मदन कृष्ण आचार्य, सन्दिप ढुगाना सर्वसम्मत निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत ओम बहादुर बस्नेत छन।कार्यक्रमको एक समारोहका बिच नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेश कुमार अग्रवालले उद्घाटन गर्दै सागठनिक रुपमा सबल बनाउने र प्रदेश संरचनालाई स्वयक्त बनाउने गरि विधान संसोधनको प्रक्रियामा रहेको बताए। संघको आवश्यकता किन छ भन्ने बुझाउदै बढिभन्दा बढि जिल्लालाई समेट्न उनले आग्रह गरे।कार्यक्रममा केन्द्रिय महासचिव सुबेन्द्र जोशी...
रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ बाट प्रहरीले ठूलो परिमाणको नक्कली भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले साउन १४ गते राति ९ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्र बस्ने २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान (७० हजार) नक्कली भारतीय रुपैयाँ, विभिन्न कम्पनीका २ थान मोबाइल र २ थान भारतीय आधार कार्ड बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रु...
पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंविश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन् । टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् ।विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौत...
कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

कक्षाकोठाबाट संसदीय मूलधारसम्म कान्ति मावि- ‘मिनी संसद’, बहस र अनुशासनमा उब्जियो नयाँ प्रश्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलसंसदीय राजनीतिमा पछिल्लो समय बढ्दै गएको अमर्यादित व्यवहार र गतिविधिका माझ बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको सभाहलमा भने अर्कै दृश्य देखियो। औपचारिक पोशाकमा सजिएका विद्यार्थीहरू शून्य समय, विधेयकमाथिको सैद्धान्तिक छलफल र सत्ता–प्रतिपक्षको चर्को तर अत्यन्त मर्यादित बहसमा तल्लीन थिए।लोकतान्त्रिक मूल्य–मान्यता, संसदीय अभ्यास तथा जिम्मेवार नागरिक निर्माण गर्ने उद्देश्यका साथ आयोजित 'नमूना संसद कार्यक्रम' मा विद्यार्थीहरूले देखाएको तार्किक क्षमता र अनुशासनले केवल संसदीय प्रक्रियाको नमुना मात्र प्रस्तुत गरेन, आधुनिक शिक्षा प्रणालीमा व्यावहारिक ज्ञानको महत्त्वलाई पुनः उजागर गरिदियो। विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख महेश खनालको स्वागत र शिक्षक कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले सभामुख, उपसभामुख, प्रधानमन्त्री, विभागीय मन्त्री, सत्ता पक्ष र प्...
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँमेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कविहीन रहेको पाइयो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन सकेको थिएन। लुइँटेलका ...
रोटरी बुटवलको ३४ औ पद स्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

रोटरी बुटवलको ३४ औ पद स्थापना, अध्यक्षमा यदुनाथ पाण्डेय

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरोटरी क्लब अफ बुटवलको ३४ औ पद स्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक समारोहका बिच वर्ष २०२५/२६ का अध्यक्ष कृष्ण पराजुलीले वर्ष २०२६/२७ का अध्यक्ष यदुनाथ पाण्डेयलाई पद हस्तान्तरण गरे ।कार्यक्रमको रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर ईलेक्ट प्रा.डा आईपी ढकालले उद्घाटन गर्दै रोटरी नेतृत्वलाई स्थानिय र विश्वब्यापी दुबै चुनौतीहरु आईरहेको बताए । स्थानिय चुनौतीका रुपमा कम सदस्य, कमजोर क्लबहरु बढ्दै गएको भन्दै यस्ता क्लबको पहिचान गरि साथ र सहयोग गर्दै अघि लग्नजरुरी रहेको उनले बताए । यसैगरि समुदायस्तरमा रोटरीको बारेमा बुझाउन पहिलो सदस्यहरु नै ज्ञान लिने र अपडेट हुनु जरुरी रहेको उनले बताए । अर्कोतर्फ ग्लोबल चुनौतीको रुपमा रोटरीयन सदस्य घट्दो देखिएको उनले बताए । विश्वब्यापी रुपमा क्लब कल्चरमा परिवर्तन ल्याउने, माईण्ड सेन्ट चेन्ज, विश्वासको भावना कायम गर्ने, आफना क्लबका सदस्यहरुलाई...
देशभर मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँदेशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ । हाल देशभर बदली भएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली हुनेछ । हिमाली,पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ ।कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर...
बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलमणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको साईकल रयालीमा ५ वर्षका दुई बालकदेखी ६० वर्षसम्मको दुई दर्जन साईकल राईडरहरु सहभागी भएका थिए । मणिमुकुन्द कलेज परिसरबाट बिहान ६ बजे शुरु भएको रयाली देविनगर, बुद्धनगर हुदै नयागाउ स्वामीनारायण मुक्तिनाथ धाममा पुग्दा धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजले विशेष स्वागत गरेका थिए । धाममा श्रावण महिनाभरि चलिरहेको अखण्ड रुद्राभिषेकको साथमा सवाकरोड शिवनाम जप यज्ञमा समेत साईकल राईडरहरु सहभागी भए ।श्री शिशुज्ञानकुन्जमा एलकेजीमा अध्ययरत श्रीनव अर्याल र क्रिस आङ्देम्बेले पुरै साईकल यात्रा चलाए । धामका पिठाधिश श्री १००८ स्वामी लोकानन्द महाराजबाट उनिहरुले आर्शिबाद ग्रहण गरे । रयाली मैनाबगर, गणेशमन्दिर, गोलपार्क, सैनिक आवासिय महाविद्यालय बुटवल हुदै राजमार्ग चौराहामा आएर...
रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का लागि पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ । कार्यक्रम तिलोत्तमाको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना गरिएको थियो । क्लबका नवनिर्वाचित अध्यक्ष विक्रम रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर नोमिनी अमित गिरी प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, पदाधिकारी, मेजर डोनर, मेन्टर तथा सदस्यहरू गरी करिब १५० जनाको उपस्थिति रहेको थियो ।कार्यक्रमको संयोजन प्रेसिडेन्ट नोमिनी मिलन भण्डारीले गरेका थिए भने सञ्चालन निवर्तमान सचिव ओम खत्री र नवनियुक्त सचिव राजेश खरेलले गरेका थिए । स्वागत मन्तव्य मिलन भण्डारीले व्यक्त गरेका थिए । समारोहमा रोटरी वर्ष २०२६/२७ का लागि नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोप...