तिलोत्तमामा वडा तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान


रुपन्देही
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सबै वाडाहरु तथा स्वास्थ्य चौकी गरी ३८ स्थानहरुमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान भएको छ।
२०८२ माघ महिनामा कम्पनीको जिटुजि कार्यक्रम अन्तर्गत नगरपालिकाको सभाहलमा नेपाल टेलिकमको कर्पोरेट सेवा जानकारी तथा प्रस्ताव सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो |
सो कार्यक्रम लगत्तै नगरपालिकाको भवनमा १ जिबिपिएसको फाइबर टु हाेम सेवा जडान गरी संचालनमा रहेको थियो। ८२ जेष्ठ महिनामा उक्त नगरपालिका संग सबै वार्डहरु र स्वास्थ्य चौकीहरुमा नेपाल टेलिकमको फाइबर टु हाेम सेवा जडान गर्न सम्झौता भएको थियो।
नगरका सबै ३८ स्थानहरुमा ८३ श्रावण देखि २सय एमपिविएस को सेवा जडान गरी सन्चालनमा ल्याईएको हो।
वार्ड नं ४,६,१३,१४ तथा १२ वडाहरुमा नेटवर्क विस्तार र सेवा प्रवाह चुस्त गरी सेवा पुर्याएको हो।
सबै स्थानीय निकाय र सरकारी निकायमा सरकार देखि सरकार कार्यक्रम, डिजिटल नेपाल फाइबर टु हाेम सेवा तथा नेपाल टेलिकमको अभियानमा प्रादेशिक निर्देशनालयका प्रबिधिक अधिकृत निम प्रसाद न्यौपाने र प्रशासकिय अधिकृत सीता सुवेदीको सक्रिय सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै

काठमाडौंआज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्द...
१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

काठमाडौंसरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको...
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

काठमाडौंभदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज...
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिँदै

काठमाडौंरसुवा बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ । पछिल्लो तीन सातामा विभिन्न होल्डिङ सेन्टरमा ८१ जनामा ...