रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ



बुटवल
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ बाट प्रहरीले ठूलो परिमाणको नक्कली भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले साउन १४ गते राति ९ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्र बस्ने २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान (७० हजार) नक्कली भारतीय रुपैयाँ, विभिन्न कम्पनीका २ थान मोबाइल र २ थान भारतीय आधार कार्ड बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिएका छन्।

छुटाउनुभयो कि ?

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

बाढीपछिको त्यो यात्रा : मनमा उठेका पीडा,प्रश्न र समाधान

श्रीराम ज्ञवालीकाठमाडौंदेखी नारायणगढ सम्मको यात्रा सधैँ एउटा चुनौतीपूर्ण अनुभव रहँदै आएको छ। तर, हालै रसुवा र भोटेकोशी क्षेत्...
बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीः ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

काठमाडौंबूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल...
धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

धैर्य हुनुस्,आपतकालीन सहयोगका लागि मन्त्रालयमा सम्पर्क गर्नुस्: गृहमन्त्री गुरुङ

काठमाडौंगृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्...
बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

बूढीगण्डकी नदीमा भीषण बाढी : गोरखाको सल्लेरी बजार बगायो

काठमाडौँबूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति गरेको छ। एकाबिहानै बाढीले गर्दा त्यहाँको अवस्था तनावग्रस्त बन...