रुपन्देहीबाट ७० हजार नक्कली भारतीय रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ



बुटवल
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ बाट प्रहरीले ठूलो परिमाणको नक्कली भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। नक्कली भारतीय नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले साउन १४ गते राति ९ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षीय अभिषेक कसौधन र भारतको महाराष्ट्र बस्ने २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ५०० दरका १४० थान (७० हजार) नक्कली भारतीय रुपैयाँ, विभिन्न कम्पनीका २ थान मोबाइल र २ थान भारतीय आधार कार्ड बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिएका छन्।

छुटाउनुभयो कि ?

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

विद्युतीय व्यवसायीको गरिमा र दृष्टिकोण सर्हानिय लाग्यो: प्रदेश प्रमुख घर्ती

बुटवललुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले विद्युतीय व्यवसायीको संस्था र दृष्टिकोण सुन्दा र देख्दा खुसी लाग...
आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै

काठमाडौंआज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्द...
१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

१३ देशका लागि राजदूत सिफारिस, कुन देश को जाँदैछन् ?

काठमाडौंसरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । शुक्रबार बसेको...
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई राज्यकै संरक्षण प्रणालीमार्फत व्यवस्थापन गरिने

काठमाडौंभदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि सरकारले राज...