Breaking news 3

काठमाडौ जाँदै गरेको बस पुलबाट खस्यो, २३ जना घाइते

काठमाडौ जाँदै गरेको बस पुलबाट खस्यो, २३ जना घाइते

Breaking news 3
चितवन नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान चितवनमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा आज बिहान ४ः३० बजे बस पुलबाट खसेर दुर्घटना भएको  हो। इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले  जानकारी दिइन्।  बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका हुन्। ‘घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएको छ,’ भन्डारीले भनिन्।  बसमा सवार अन्य यात्रु भने सकुशल छन्। ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले बताइन्।  ...
बुटवलमा यामाहा मेगा एक्सचेन्ज मेला

बुटवलमा यामाहा मेगा एक्सचेन्ज मेला

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका
बुटवल दुईपाङ्ग्रे सवारी साधनमा राम्रो गुणस्तरको मानिने यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटर विक्रेता बाइकर्स बुटवल प्राइभेट लिमिटेडले यही माघ २३ गतेदेखि २९ गतेसम्म बुटवल कालिकानगर होराइजनचोकमा मेगा एक्सचेन्ज मेला सञ्चालन गरिरहेको छ। उक्त एक्सचेन्ज मेलामा पुराना सवारी साधन दिएर नयाँ मोटरसाइकल तथा स्कुटर लिँदा पुराना सवारी साधनको बजारको मूल्यभन्दा १० हजार बढी मूल्याङ्कन गरेर सेवाग्राहीहरूले प्राप्त गर्न सक्नेछन्। यसैगरी मेला अवधिभर नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद भुक्तानी गर्नेलाई ६ हजार सम्म छुटको व्यवस्था गरेको छ । नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा चारवटा एसेस्सरी सुविधा दिईएकाे छ। जसमा हेल्मेट ,बाइक कभर ,ब्याग, लेक गार्ड निःशुल्क उपलब्ध गराइएको छ। मेला अवधिभर ३० वटा मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने लक्ष्य रहेकोमा शुक्रबारसम्म १५ वटा बिक्री गर्न सफल भएको ...
दम्पत्तिद्वारा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको एक्ट्राटेक क्रिकेट मैदान निर्माण

दम्पत्तिद्वारा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको एक्ट्राटेक क्रिकेट मैदान निर्माण

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल अष्ट्रेलियामा आईटी व्यवसाय संचालन गर्दै आएका उर्जावान नेपाली युवा विनोद कुवँर उनकी पत्नी सुदिक्षाले रुपन्देहीमा पाँच विगाह क्षेत्रफलमा ४५ करोड बढि खर्चिएर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिरहेका छन्। कुवँर दम्पत्तिले जग्गा बाहेक रंगशालाको पुर्वाधार निर्माणमा मात्र ४५ करोड बढि लगानी गर्दै छन्। ०८० साल जेठ २९ गते शिलान्यास गरि निर्माण सुरु गरिएको रंगशालामा २०८० फागुनमै क्रिकेट खेल्न मिल्ने गरि मैदान निर्माण गरिएको थियो। सोहि अनुसार गत फागुन २८ गते मैदानको उद्घाटन सहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी सम्पन्न भएको थियो। सोहि रंगशालामा अहिले अन्य भौतिक संरचना निर्माणका काम भईरहेका छन् भने रातीको समयमा खेल खेल्न मिल्ने गरि फ्लड लाईट जडानको काम पनि सुरु भएको छ। एक्ट्राटेक ओभलका प्रबन्ध निर्देशक विनोद कुवँरले शुक्रबार बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्...
बुटवलकाे मेडिटेक एकेडेमीमा ५० जनाले गरे श्रीपञ्चमीमा अक्षारम्भ

बुटवलकाे मेडिटेक एकेडेमीमा ५० जनाले गरे श्रीपञ्चमीमा अक्षारम्भ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल बुटबलको राजमार्ग चौराहामा अवस्थित मेडिटेक इन्टरनेसनल एकेडेमीमा सोमबार श्रीपञ्चमीको दिन ५० जना नानीबाबुहरूले अक्षारम्भ गरेका छन्। २०६३ सालमास्थापना भएको उक्त विद्यालयले अहिले माध्यमिक श्रेणीसहित प्राविधिक ल्याबसँगै ,सामान्य चिकित्सा कार्यक्रम (एचए )कार्यक्रम तीन वर्षे कोर्षपनि उपलब्ध गराएको छ। उक्त विद्यालयमा समयसँग संगत डिजिटल माध्यमबाट पठनपाठन हुन्छ। कम्प्युटर सिस्टमबाट अध्ययन गर्न सकिन्छ। भने स्मार्टबोर्ड, साइन्सका लागि सम्पूर्ण प्राविधिक उपकरणहरू सहित अध्यापन गराइन्छ। विद्यालयमा लाइब्रेरीको पनि व्यवस्था छ। ...
प्रेस चौतारी नेपाल रुपन्देहीको अधिवेशन माघ २८ मा हुने

प्रेस चौतारी नेपाल रुपन्देहीको अधिवेशन माघ २८ मा हुने

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलप्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन चार दिन पछि सरेको छ । यसअघि माघ २४ गतेका लागि अधिवेशन तय गरिएकोमा प्राविधिक कारणवश माघ २८ गतेका लागि अधिवेशन गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार जिल्ला अधिवेशनका दिन प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार र प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार गरी दुईवटा पुरस्कार वितरण गरिनेछ । त्यस्तै संस्थाको कल्याणकारी कोषमा २५ हजारदेखि माथि सहयोग गर्ने सहयोगदाताहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले बताए । जिल्ला अधिवेशनको अवसरमा चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनको उदघाटन नेपाल सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने अध्यक्ष पौडेलले बताए । ...
कर्मचारी लगायतका रोकिएका ऐन संशोधन गर्न सरकार लागेको छ : एमाले उपमहासचिव ज्ञवाली

कर्मचारी लगायतका रोकिएका ऐन संशोधन गर्न सरकार लागेको छ : एमाले उपमहासचिव ज्ञवाली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
रुपन्देही नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार सुशासन, समृद्धि र कर्मचारी लगायतका संविधानमा गर्नुपर्ने संशोधनका विषयहरूमा पुरा गर्न लागेको बताए। नेपाल निजामती कर्मचारी संगठन रूपन्देही शाखाको १२औं जिल्ला अधिवेशन मा बोल्दै ज्ञवालीले वर्तमान सरकारले बिग्रँदै गएको देशको आर्थिक अवस्थामा सुधार ,विकास निर्माणका काममा तीव्रता, सहकारी लगायतका क्षेत्रमा देखिएका विकृति हटाउन सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउने, असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको बताए। ज्ञवालीले सरकारले भूपरिवेष्ठित मुलुकलाई मित्र राष्ट्रहरूको साथमा भूजडित बनाउने ,देशमा रोजगार सिर्जना गर्ने ,नागरिकलाई उत्पादनसँग जोड्ने, देशमा सम्भावना रहेका उद्योग विस्तार गर्ने, कृषिमा आधुनिकरण गर्ने व्यावसायीकरण गर्ने ,पर्याप्त विद्युत उत्पादन गरी निर्यातबाट आम्दानी गर्ने, पर्यटनको विकास गर्ने जस्ता विषयमा सरकार कतिबद्ध ...
निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा मरासिनी

निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा मरासिनी

Breaking news 3, ताजा अपडेट, विविध, समाचार, स्थानीय
रुपन्देही १० । नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको ११ औं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिबेशन ले केशौराज मरासिनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्ष खुल्लामा जनकराज जोशी, महिला उपाध्यक्षमा अन्जनी पन्थी, सचिवमा दिपक पाण्डे, सहसचिवमा नारायण फुल्लेल कोषाध्यक्षमा विजय पौडेल र सदस्यहरुमा मायाकुमारी नेपाली, सन्जुदेवी आचार्य, कमला काफ्ले, किरण गुरुङ, त्रिपुरारी चाई, अमृत आचार्य, श्यामसुन्दर केवट निर्वाचित भएका छन् । कार्यक्रममा संघीय सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले राष्ट्रसेवक कर्मचारीले आफ्ना अधिकारसँगै जनताका सेवालाई समयमै उपलब्ध गराउने विषयमा सचेत हुनुपर्ने बताए । उनले जिल्लाका सबै क्षेत्रमा रहेका निजामती कर्मचारीहरु संगठित रुपमा अघि बढ्नुपर्ने र सेवालाई पनि चुस्त पार्नुपर्ने बताए । कार्यक्रममा नेपाल निजामती कर्मचार...
बुटवल उपमहानगरको वडा स्तरीय लोक भजन प्रतियोगितामा मुक्तेश्वर भजन समूह प्रथम

बुटवल उपमहानगरको वडा स्तरीय लोक भजन प्रतियोगितामा मुक्तेश्वर भजन समूह प्रथम

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा सम्पन्न दोस्रो वडा स्तरीय लोक भजन प्रतियोगितामा बुटवल उपमहानगरपालिका वडा नं १७ स्थित मुक्तेश्वर शिव मन्दिर भजन समूहले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा वडा नं १२ को परोपकार एकादशी भजन समूह द्वितीय, वडा नं ७ स्थित सिद्धेश्वर शिवालय मन्दिर भजन समूह तृतीय, र वडा नं ८ स्थित राधाकृष्ण मन्दिर भजन समूह सान्त्वना पुरस्कार विजेता बनेका छन्। विजेता समूहहरूले क्रमशः ३० हजार, २० हजार, १५ हजार, र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले “हाम्रो चा...
जन्मदिनमा फजुल खर्च छाडेर रक्तदान

जन्मदिनमा फजुल खर्च छाडेर रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवल जन्मदिन मनाउन फजुल खर्च नगरी रक्तदान गरी जन्मदिन मनाउन प्रेरित गर्ने र समाजसेवामा अग्रसर हुने संस्कार स्थापित गर्ने उद्देश्यले रूपन्देही विद्युतीय व्यवसायी संघका पूर्व अध्यक्ष तथा महासंघका केन्द्रीय कोषाध्यक्ष प्रकाशचन्द्र पाण्डेयले आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रमको आयोजना गरे। उनले रक्तदान जीवनदान भन्ने मूल मर्मलाई आत्मसाथ गरी कतिपय बिरामीलाई रगतको अभावले पिल्सिएको आफूले देखेको स्मरण गर्दै जन्मदिन मनाउने फजुल खर्च छाडेर रक्तदानको संस्कार बसोस् भन्ने उद्देश्यले जन्मदिनको दिन रक्तदान कार्यक्रमको आयोजना गरी आफूले पनि रक्तदान गरेको बताए। मङ्गलबार नियमित रक्तदाता संघ बुटवलको कार्यालयमा गरिएको औपचारिक कार्यक्रममा बोल्दै रूपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले शरीर स्वस्थ नभएमा रगत प्रदान गर्न नमिल्ने हुनाले आफ्नो स्वास्थ्यको नियमित चेक जाँच सँगै सामाजिक काम भएकाल...
बुटवलको सिद्धेश्वरी मैदानमा भोलीदेखि माघ २ गतेसम्म खाना महोत्सव तथा माघेसक्रान्ती मेला

बुटवलको सिद्धेश्वरी मैदानमा भोलीदेखि माघ २ गतेसम्म खाना महोत्सव तथा माघेसक्रान्ती मेला

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आईतबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए । विभिन्न २७ उपसमिति बनाएर कार्य तिव्र गतिमा जारी रहेको उनले बताए । बि.स २०७५ सालदेखि सडक खाना महोत्सव गराएर स्थानिय पर्यटकहरुलाई आफ्नै स्थानमा पर्यटनको माध्यमबाट योगदान दिदै आएको उनले बताए । सिद्धेश्वरी स्कुलको मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पस्कने उनले बताए । संस्कृति जगेर्ना प्रवर्द्धन हुने गरि जातजा...