Breaking news 3

प्रसिद्ध कृषि सहकारीको साधारण सभा सम्पन्न

प्रसिद्ध कृषि सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उपमहानगरपालिका वार्ड नम्बर ६ सुन्दरनगरमा रहेको श्री प्रसिद्ध कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। वार्षिक साधारण सभामा बोल्दै बुटवल उपमहानगर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले हिजो आज समग्र मुलुक नै सहकारीको लगानी अपचलन भएका तथ्यपरक घटनाहरू सतहमा आएको र सरकारले क्रमिक रुपमा कारबाही गरिरहेको स्मरण गराउँदै उक्त प्रसिद्ध कृषि सहकारी स्थानीय तहमा दर्ता भई विधि अनुरुप सञ्चालन भएकोले बचतकर्ताहरू निश्चिन्त रहेर बचत गर्न आग्रह गरे । कृषि क्षेत्रमा उक्त सहकारीको प्रमुख उद्देश्य रहेकोले विभिन्न आधुनिक प्रविधिबाट कृषिमा लगानी गर्न आग्रह गर्दै वडाले सक्दो पहल गर्ने बताए । १सय ८३ सदस्य संख्या रहेको भएतापनि बचत र मुनाफाका हिसाबले उत्कृष्ट रहेकोमा सम्पूर्ण शेयर सदस्यलाई थप अग्रसर हुन आह्वान गरे । उनले उक्त सहकारी आर्थिक रूपमा अगाडि बढ्द...
 नेकपा एमाले बुटवल उपमहानगरमा  नयाँ नेतृत्व चयन

 नेकपा एमाले बुटवल उपमहानगरमा नयाँ नेतृत्व चयन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल नेकपा एमाले बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले शाेभाखर पाेखरेलको अध्यक्षतामा ७९ सदस्यीय कमिटी सर्वसहमतिमा चयन गरेको हो । कमिटीको उपाध्यक्ष माधव खनाल, सचिव दिनानाथ भट्टराई तथा उपसचिवमा विकास बस्नेत र मेनका थापा चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक युवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराएका थिए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य लिला गिरीले संगठनलाई थप बलियो बनाएर लैजान निर्देशन दिए । पार्टीले गरेका सकारात्म कार्यहरु जनता समक्ष लैजान र जनताका गुनासो सुनेर आगामी निर्वाचनका लागि आजैदेखि तयारीमा लाग्न उनले निर्देशन दिए । अध्यक्ष मण्डलका अध्यक्ष तथा एमाले बटवल उपमहानगरका ईन्चार्ज गोपाल रानाले नयाँ नेत...
५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले यातायात सेवा निःशुल्क पाउने

५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले यातायात सेवा निःशुल्क पाउने

Breaking news 3, समाचार, समाज
अब महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्। मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ। विपद् प्रभावित काभ्रेको रोसी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकासँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा गरेका थिए। केही समयअघि मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरुलाई कामका शिलशिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गर्नुभएको थियो। यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भएपछि शुक्...
नवदुर्गा मन्दिर बुटवलमा खुडासहित सांसद घिमिरे र नगर प्रमुख पाण्डेय

नवदुर्गा मन्दिर बुटवलमा खुडासहित सांसद घिमिरे र नगर प्रमुख पाण्डेय

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
बुटवल विजयादशमीको अन्तिम दिन बिहीबार कोजाग्रत पूर्णिमाको अवसरमा बुटवलको देवीनगरमा सराय नाच प्रदर्शन गरिएको छ । सो कार्यक्रममा संघीय सांसद बासुदेव घिमिरे, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय लगायतका नेता कार्यकर्तासमेत सहभागी भएका थिए ।  नवदुर्गा मन्दिर समिति बुटवल-११ देवीनगरले दुर्गा भवानीको पूजा आराधनासंगै सरायनाँच कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा सांसद घिमिरे र नगर प्रमुख पाण्डेय समेत हातमा खुडा लिएर सराय नाचमा सहभागी भएका थिए । दशैपछि पहाडी तथा शहरका विभिन्न ठाउँका दुर्गा मन्दिरहरुमा सराय नाँच निकाल्ने प्रचलन रहेको छ । असत्य माथि सत्यको विजयका रुपमा मनाउने वडा दशै पर्व लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची तथा रुपन्देहीलगायतका विभिन्न जिल्लाहरुमा भव्यरुपमा मनाउने गरिन्छ । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको प्राङ्गगणबाट सुरु भएको म...
बुटवलको अमरपथमा फेरि पस्यो लेदोसहितको भल

बुटवलको अमरपथमा फेरि पस्यो लेदोसहितको भल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल । दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति  आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ ।  दशैंको मुखमा लेदो पसेपछि ब्यापारीहरु चिन्तित बनेका छन । अहिले सो क्षेत्रमा सफाईको काम भईरहेको छ । पानीको सहज निकास नहुदा यस अघि पनि अमरपथमा लेदो सहितको भल पसेको थियो । ...
वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा : नेकपा बहुमत

वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा : नेकपा बहुमत

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 बुटवल धर्मेन्द्र वास्तोला नेतृत्वको ने.क.पा(बहुमत) ले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गर्दै हाल देशमा भैरहेका हरेक प्रकारका अनियमितता र बेतिथीको बिरोध गर्दै राज्यले त्यसतर्फ ध्यान दिन नसकेको आरोप लगाएको छ । नेकपा (बहुमत) पुर्वी लुम्बिनी कमाण्डर पश्चिम कमाण्डले पत्रकार सम्मेलन गर्दै मिटरब्याजी र लघुबित्तको लुट र ज्याजती बिरुद्ध राज्यले उचित निर्णय नलिय  आफ्नो पार्टीले “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा” गर्दै प्रतिरोधमा उत्रने बताएको छ । पत्रकार सम्मेलन कार्यक्रममा आफ्नो पार्टीको धारणा राख्दै नेकपा (बहुमत) लुम्बिनी पुर्वी कमाण्ड इन्चार्ज बिनोद मरासीनीले ब्युरो भित्रका सबै जिल्लामा भ्रष्टाचार, अनियमितता,महङ्गी लगायतको बिषयमा ध्यानाकर्षण गर्दै...
शंकरनगर खानेपानी संस्थाको साधारण सभा सम्पन्न

शंकरनगर खानेपानी संस्थाको साधारण सभा सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २६ औँ वार्षिक साधारण सभा शनिबार तिलोत्तमा रूपन्देहीमा सम्पन्न भएको छ। साधारण सभामा सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांडले जलस्रोतको विश्वमै दोस्रो धनी देश नेपाल रहेकोले अबको अभियान पानीबाट समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनुपर्ने बताए। तिनै तहका सरकारको सहकार्यबाट पानीलाई महत्व दिदैं अगाडि बढ्नुपर्ने बताए ।अहिले विविध कारणले पानीका स्रोतहरु क्रमश घट्दै गएको र यसको संरक्षणका लागि वृक्षारोपण ,तलाउ निर्माण, सोक्ताकाे उचित व्यवस्थापन जस्ता स्रोतहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताए । वक्ताहरूको भनाइलाई सम्बोधन गर्दै उनले तिलोत्तमा नगरभित्रका खानेपानी संस्थाहरूको महसुलमा एकरुपता ल्याउने ,खानेपानी संस्थाहरुको कार्यक्षेत्र निर्धारण गर्ने र नयाँ संस्था सुचारु गर्नुभन्दा स्थापित संस्थाहरुलाई टेवा दिंदा आर्थिक...
दसैँको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

दसैँको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताए । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्त...
 बिपत्तिमा राहत उपलब्ध गराउन गुल्मेली सम्पर्क समाजको अपिल

 बिपत्तिमा राहत उपलब्ध गराउन गुल्मेली सम्पर्क समाजको अपिल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल गुल्मेली सम्पर्क समाज रुपन्देहीले प्राकृति बिपत्तिमा मानवीय सहयोग पुर्याउन सबैलाई अपिल गरेको छ ।  बाढी र पहिरोले ठुलो धनजनको सहयोग क्षती भएकाले बिपत्तिमा सबैसंग सहकार्य गरि बिपत्तिमा परेकाहरुलाई राहत उपलब्ध गराउनु सबै भन्दा ठुलो मानव धर्म भएको समाजले जनाएको छ । समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थले  घरवारविहीन बन्नु भएका जनताका राहतका निम्ति मानवीय सेवा पुर्याउनु हुन आमजनसमुदायलाई अपिल गर्नुभयो ।नेपालको विभिन्न स्थानमा केही दिन अघि  आएको अकल्पनीय बाढी र पहिरो जस्तो प्राकृतिक विपत्तिमा परी दिवङ्गत बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै समाजका अगुवाहरु द्वारा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित समवेदना प्रकट गरिएको छ । बिहीबार तिलोत्तमा-४, डिङ्गरनगर, श्रृङ्गेश्वरधाम ...
सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा

सामना सांस्कृतिक अभियान को प्रस्तुति आज बुटवलमा

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राजनीति, समाचार, समाज
बुटवल देशमा बढ्दै गएको संकटको सामना र समाधानका लागि जनयुद्ध घटक पार्टीहरूको संयुक्त सांस्कृतिक कार्यक्रम बुधबार बुटवलमा हुने भएको छ। बुधबार बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता मणि थापाले जनयुद्धलाई हिंसात्मक द्वन्दको नाममा परिभाषित गर्नुहुन्न भन्दै क्रान्तिकारीहरूले उठाएका मुद्दाहरु सबै समाधान भइ नसकेको बताए। उनले हरेक परिवर्तनहरूमा लेखक ,कलाकार ,कविहरूको प्रमुख भूमिका हुने हुँदा सांस्कृतिक कार्यक्रममार्फत अभियानमा लागेको बताए ।उनले देश कमजाेर हुंदा वाहिरी शक्तिहरुले प्रभाव जमाउने हुनाले शशक्त भएर अगाडि वढ्न आग्रह गरे। बुधबार दिउँसो १२:३० बजे बुटवल उद्योग वाणिज्य सङ्घको सभालमा हुने सांस्कृतिक कार्यक्रममा सहयोग गर्न चाहने व्यक्तिहरूले दुई सय , पाँच सय र एक हजार रुपैयाँ सहयोग गर्न सक्ने र प्रवेश खुल्ला राखिएको कार्यक्रम संयोजक आरोह सि ले बताए। उनले हामी गाइरहन्छौ...