कर्मचारी लगायतका रोकिएका ऐन संशोधन गर्न सरकार लागेको छ : एमाले उपमहासचिव ज्ञवाली


रुपन्देही

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार सुशासन, समृद्धि र कर्मचारी लगायतका संविधानमा गर्नुपर्ने संशोधनका विषयहरूमा पुरा गर्न लागेको बताए। नेपाल निजामती कर्मचारी संगठन रूपन्देही शाखाको १२औं जिल्ला अधिवेशन मा बोल्दै ज्ञवालीले वर्तमान सरकारले बिग्रँदै गएको देशको आर्थिक अवस्थामा सुधार ,विकास निर्माणका काममा तीव्रता, सहकारी लगायतका क्षेत्रमा देखिएका विकृति हटाउन सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउने, असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको बताए।

ज्ञवालीले सरकारले भूपरिवेष्ठित मुलुकलाई मित्र राष्ट्रहरूको साथमा भूजडित बनाउने ,देशमा रोजगार सिर्जना गर्ने ,नागरिकलाई उत्पादनसँग जोड्ने, देशमा सम्भावना रहेका उद्योग विस्तार गर्ने, कृषिमा आधुनिकरण गर्ने व्यावसायीकरण गर्ने ,पर्याप्त विद्युत उत्पादन गरी निर्यातबाट आम्दानी गर्ने, पर्यटनको विकास गर्ने जस्ता विषयमा सरकार कतिबद्ध रहेको बताए । उनले देश विकास र समृद्धिको लागि कर्मचारी वर्गको अहम भूमिका हुने हुनाले एकआपसमा अप्ठ्यारा फुकाउँदै समन्वय गर्नुपर्नेमा जोड दिए।

शहीद दिवसको दिन आयोजित अधिवेशनमा बोल्दै उनले शहिदका सपना पूरा गर्ने बाटोमा लागेको र केही पुरा भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले विगत लामो समयदेखि रोकिएको कर्मचारी ऐन परिस्कृत गरी लागू गर्नुपर्ने औल्याए । कोइरालाले उक्त ऐन नबन्दा कर्मचारी वर्गमा पदोन्नति ,सेवासुविधा जस्ता विषयहरूमा अन्योलता रहेको बताए । उनले पेशाको हक हितका लागि गठित कर्मचारी संगठनहरूलाई केवल राजनीतिक रुपबाट हेर्न नहुने भन्दै कर्मचारीहरू अधिकार र कर्तव्यमा केन्द्रित हुनपर्ने बताए ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष चक्रपाणी पाण्डेले कर्मचारीहरू देश र नागरिकको हकहितका लागि लागिरहेको बताए।

नेपाल निजामती कर्मचारी संगठन रूपन्देही जिल्ला अध्यक्ष प्रेम खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश अध्यक्ष खगराज उपाध्याय ,लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासिनी ,केन्द्रीय लेखा आयोग संयोजक मेघदेव पन्त ,स्वास्थ्यकर्मी महासंघ केन्द्रीय सचिव खगराज पोखरेल, बुटवल उपमहानगर उपप्रमुख सावित्रा अर्याल ,पेशागत महासंघ रूपन्देही अध्यक्ष नरेन्द्र कुमार शर्मा, नेपाल निजामती कर्मचारी संगठन रूपन्देही इन्चार्ज नारायणप्रसाद भण्डारी ,आधिकारिक ट्रेड युनियन रूपन्देही अध्यक्ष रमेश पाण्डे लगायतले बोल्दै कर्मचारी वर्गले अधिकार र कर्तव्यमा केन्द्रित रहेको धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीका सचिव जीवन पौडेलले गरेका थिए।

छुटाउनुभयो कि ?

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

रसुवा बाढी : ४७७ जनाको शव फेला, ९७७ सम्पर्कविहीन विभिन्न स्थानमा फसेकामध्ये ३ हजार २५३ जनाको उद्धार

काठमाडौंभोटेकोशी बाढीमा ४७७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान...
भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

भोटेकोशी विपत्तिकाे तेस्रो दिन : ३ सय ८९ जनाको शव फेला, खोजी, उद्धार र राहतमा के-के हुँदैछ ?

काठमाडौँनेपालका बाढी प्रभावितका लागि अस्ट्रेलियाले ५० लाख डलर दिने रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका ला...
आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै

काठमाडौँप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्...
बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बाढीपीडितका लागि बुटवलले ५१ लाख दिने, १३ दिन मनोरञ्जनका कार्यक्रम रोक्न आग्रह

बुटवलबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार को...