दम्पत्तिद्वारा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको एक्ट्राटेक क्रिकेट मैदान निर्माण


बुटवल

अष्ट्रेलियामा आईटी व्यवसाय संचालन गर्दै आएका उर्जावान नेपाली युवा विनोद कुवँर उनकी पत्नी सुदिक्षाले रुपन्देहीमा पाँच विगाह क्षेत्रफलमा ४५ करोड बढि खर्चिएर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिरहेका छन्।

कुवँर दम्पत्तिले जग्गा बाहेक रंगशालाको पुर्वाधार निर्माणमा मात्र ४५ करोड बढि लगानी गर्दै छन्। ०८० साल जेठ २९ गते शिलान्यास गरि निर्माण सुरु गरिएको रंगशालामा २०८० फागुनमै क्रिकेट खेल्न मिल्ने गरि मैदान निर्माण गरिएको थियो। सोहि अनुसार गत फागुन २८ गते मैदानको उद्घाटन सहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी सम्पन्न भएको थियो। सोहि रंगशालामा अहिले अन्य भौतिक संरचना निर्माणका काम भईरहेका छन् भने रातीको समयमा खेल खेल्न मिल्ने गरि फ्लड लाईट जडानको काम पनि सुरु भएको छ।

एक्ट्राटेक ओभलका प्रबन्ध निर्देशक विनोद कुवँरले शुक्रबार बुटवलमा भएको पत्रकार भेटघाट कार्यक्रममा रंगशालामा फ्लडलाइटको पोल झारिएको र सुक्रवारदेखि जडानको काम सुरु गरिएको जानकारी दिए। रंगशालामा पोलहरु आइपुगे पनि एलइडी र जेनेरेटर भने पोल जडानपछि ल्याईने छ। फ्लडलाईटको लागि पोल, एलईडी, जेनेरेटर लगायतका सबै उपकरण एकमहिना भित्र जडान गरिसक्ने कुवँरले बताए। ‘एकमहिना भित्र लाइट जडान र परिक्षण गरिसक्ने कम्पनीको तयारी छ, उनले भने। ‘त्यसपछि फ्लड लाईट जडान भएको एक्ट्राटेक ओभल पहिलो क्रिकेट मैदान हुने छ,’।

यसअघि सरकारले त्रिवि क्रिकेट मैदानको स्तरउन्नतीको लागि ठेक्का प्रक्रिया अगाडी बढाएको भएपनि फ्लडलाइट जडान हुन सकेको छैन। फ्लडलाइट जडान गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यासका लागि पनि सहज हुने उनले बताए। फ्लडलाईट नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण हुने र लाईट पूर्णरुपमा जडान भएपछि डे नाईट म्याच खेलाउन सकिने उनले बताए। कुवँरका अनुसार निर्माणाधिन यो मैदानमा पछिल्लो ११ महिनाको अवधीमा एक सय भन्दा बढी खेल भईसकेका छन्।

नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले पनि यहि मैदानमा अभ्यास गरेको कुवँरले जानकारी दिए। त्यस्तै भारतबाट पनि केही क्लब स्तरीय टिमले यहि रंगशालामा खेल्दै आएका छन्। कुवँरका अनुसार रंगशालामा नेट प्राक्टिसका लागि समेत छुट्टै पिच तयार भईरहेको छ। जुन अन्तिम चरणमा पुगेको छ। यस्तै रंगशाला र क्रिकेट एकेडेमीका लागि आवश्यक भौतिक संरचना निर्माणको काम पनि तिव्र रुपमा भईरहेको उनले बताए।

‘अहिले भीआईपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्ससहितका चार÷चार तलाका २ वटा भवन बनिरहेका छन्। ति भवनको तेस्रो तलाको काम भैरहेको छ, तत्काल कुनै प्रतियोगिता आयोजना भएको खण्डमा भीआईपी बक्सबाट बसेरै खेल हेर्न सकिने अवस्थामा संरचना निर्माण भईसकेको छ,’ कुवँरले भने। रंगशाला निर्माण सुरु गर्दा भौतिक संरचनामा मात्र ४५ करोड बढि लगानी हुने अनुमान गरिएकोमा हालसम्म आधा बढि रकम खर्च भईसकेको र बाँकि रहेको रकम केहि अपुग हुने देखिएको उनले बताए।

‘रंगशाला सुरु गर्दा जति लागत अनुमान गरेका थियौं काम गर्दै जाँदा त्यो रकम अपुग हुने देखिएको छ। अपुग भएको रकम पनि थप गरेर सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुने छ,’ उनले भने। कुवँरका अनुसार यसैवर्ष ५ हजार क्षमताको प्यारापिट निर्माणको कामपनि अगाडी बढाउने तयारी गरिएको छ। कुल २५ हजार क्षमताको प्यारापिट बन्ने रंगशालामा अर्को वर्षसम्म १० हजार क्षमताको बन्ने छ। हरेक वर्ष ५ हजार क्षमताको प्यारापिट थप गर्दै ५ वर्षमा २५ हजार दर्शक अटाउने प्यारापिट निर्माण गरिने छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...