निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा मरासिनी


रुपन्देही १० । नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको ११ औं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिबेशन ले केशौराज मरासिनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

कमिटीको उपाध्यक्ष खुल्लामा जनकराज जोशी, महिला उपाध्यक्षमा अन्जनी पन्थी, सचिवमा दिपक पाण्डे, सहसचिवमा नारायण फुल्लेल कोषाध्यक्षमा विजय पौडेल र सदस्यहरुमा मायाकुमारी नेपाली, सन्जुदेवी आचार्य, कमला काफ्ले, किरण गुरुङ, त्रिपुरारी चाई, अमृत आचार्य, श्यामसुन्दर केवट निर्वाचित भएका छन् ।

कार्यक्रममा संघीय सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले राष्ट्रसेवक कर्मचारीले आफ्ना अधिकारसँगै जनताका सेवालाई समयमै उपलब्ध गराउने विषयमा सचेत हुनुपर्ने बताए । उनले जिल्लाका सबै क्षेत्रमा रहेका निजामती कर्मचारीहरु संगठित रुपमा अघि बढ्नुपर्ने र सेवालाई पनि चुस्त पार्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, महासचिव रामचन्द्र अधिकारी, एमाले कपिलवस्तु अध्यक्ष बाबुराम खनाल, पेशागत महासंघ कपिलवस्तुका अध्यक्ष बाबुराम पोखरेल, संगठनका कपिलवस्तु इन्चार्ज दिपक शर्मा पौडेललगायतले संगठनलाई बलियो बनाउनुपर्ने बताएका थिए । नव निर्वाचित अध्यक्ष मरासिनीले रास्ट्रसेवक कर्मचारीलाई परेका विभिन्न समस्यालाई सगठित रुममा समाधानको लागि प्रयास गर्दै संगठनलाई सुदृढ बनाउने र कर्मचारीहरूको हकहित र व्यावसायिक विकास सुनिश्चित गर्ने महत्वपूर्ण अवसरलाई सफल बनाउन आफू लाग्ने बताएका छन ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...