निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा मरासिनी


रुपन्देही १० । नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको ११ औं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिबेशन ले केशौराज मरासिनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

कमिटीको उपाध्यक्ष खुल्लामा जनकराज जोशी, महिला उपाध्यक्षमा अन्जनी पन्थी, सचिवमा दिपक पाण्डे, सहसचिवमा नारायण फुल्लेल कोषाध्यक्षमा विजय पौडेल र सदस्यहरुमा मायाकुमारी नेपाली, सन्जुदेवी आचार्य, कमला काफ्ले, किरण गुरुङ, त्रिपुरारी चाई, अमृत आचार्य, श्यामसुन्दर केवट निर्वाचित भएका छन् ।

कार्यक्रममा संघीय सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले राष्ट्रसेवक कर्मचारीले आफ्ना अधिकारसँगै जनताका सेवालाई समयमै उपलब्ध गराउने विषयमा सचेत हुनुपर्ने बताए । उनले जिल्लाका सबै क्षेत्रमा रहेका निजामती कर्मचारीहरु संगठित रुपमा अघि बढ्नुपर्ने र सेवालाई पनि चुस्त पार्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, महासचिव रामचन्द्र अधिकारी, एमाले कपिलवस्तु अध्यक्ष बाबुराम खनाल, पेशागत महासंघ कपिलवस्तुका अध्यक्ष बाबुराम पोखरेल, संगठनका कपिलवस्तु इन्चार्ज दिपक शर्मा पौडेललगायतले संगठनलाई बलियो बनाउनुपर्ने बताएका थिए । नव निर्वाचित अध्यक्ष मरासिनीले रास्ट्रसेवक कर्मचारीलाई परेका विभिन्न समस्यालाई सगठित रुममा समाधानको लागि प्रयास गर्दै संगठनलाई सुदृढ बनाउने र कर्मचारीहरूको हकहित र व्यावसायिक विकास सुनिश्चित गर्ने महत्वपूर्ण अवसरलाई सफल बनाउन आफू लाग्ने बताएका छन ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...