बुटवलमा यामाहा मेगा एक्सचेन्ज मेला


बुटवल

दुईपाङ्ग्रे सवारी साधनमा राम्रो गुणस्तरको मानिने यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटर विक्रेता बाइकर्स बुटवल प्राइभेट लिमिटेडले यही माघ २३ गतेदेखि २९ गतेसम्म बुटवल कालिकानगर होराइजनचोकमा मेगा एक्सचेन्ज मेला सञ्चालन गरिरहेको छ।

उक्त एक्सचेन्ज मेलामा पुराना सवारी साधन दिएर नयाँ मोटरसाइकल तथा स्कुटर लिँदा पुराना सवारी साधनको बजारको मूल्यभन्दा १० हजार बढी मूल्याङ्कन गरेर सेवाग्राहीहरूले प्राप्त गर्न सक्नेछन्। यसैगरी मेला अवधिभर नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद भुक्तानी गर्नेलाई ६ हजार सम्म छुटको व्यवस्था गरेको छ ।

नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा चारवटा एसेस्सरी सुविधा दिईएकाे छ। जसमा हेल्मेट ,बाइक कभर ,ब्याग, लेक गार्ड निःशुल्क उपलब्ध गराइएको छ।

मेला अवधिभर ३० वटा मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने लक्ष्य रहेकोमा शुक्रबारसम्म १५ वटा बिक्री गर्न सफल भएको बाइकर्स बुटवल प्रालिका सञ्चालक पूर्णप्रसाद अधिकारीले जानकारी दिए।

उक्त मेगा एक्सचेन्ज मेला माघ २९ गतेसम्म चल्नेछ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...