काठमाडौ जाँदै गरेको बस पुलबाट खस्यो, २३ जना घाइते


चितवन

नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान चितवनमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा आज बिहान ४ः३० बजे बस पुलबाट खसेर दुर्घटना भएको  हो।

इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले  जानकारी दिइन्।  बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका हुन्। ‘घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएको छ,’ भन्डारीले भनिन्। 

बसमा सवार अन्य यात्रु भने सकुशल छन्। ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले बताइन्। 

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...