नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशको तेस्रो बैठक सम्पन्न, ऐन संशोधनका लागि सुझाव कार्यदल गठन
नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठक कपिलवस्तुको बाणगंगामा सम्पन्न भएको छ। संगठनका अध्यक्ष नेत्र आचार्यको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष भवानी न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा वोल्ने वक्ताहरूले लुम्बिनी प्रदेशको निजामती सेवा ऐन, नियमावली र स्थानीय सेवा ऐन, नियमावलीमा देखिएका समस्या समाधान गर्नकालागि प्रदेश सरकारसँग आग्रह गर्नुपर्ने, संघीय निजामती सेवा ऐन सेवाग्राहीमैत्री र कर्मचारीमैत्री हुनेगरी जारी गर्न पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए।
हालसम्म ऐन, नियमावली निर्माण र त्यसको कार्यान्वयनमा देखाएको भूमिकाप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ । बैठकलाई संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतम, कृष्णबहादुर केसी, लुम्बिनी प्रदेश ईञ्चार्ज कवि सिंह कठायत, उपमहासचिव बामदेव ओली, पेशागत ईञ्चार्ज कल्पना ...








