रुपन्देही व्यापार संघको १३ औं अधिवेशन, अस्थिर राजनीतिले व्यवसायमा गम्भीर असर परेको ठहर
रुपन्देहीआर्थिक क्षेत्रमा देखिएको असहज अवस्थाको सहि पहिचान गरि त्यसको समाधानका लागि बृह्त दिगो कार्ययोजना बनाउन आग्रह गरिएको छ । राजनीतिक रुपमा आएको नया परिवेशले सबैलाई समिक्षाको लागि दवाव दिएको बताउदै नया ढंगले अगाडी बढ्न नसकेमा धाराशाही बन्ने स्थिती उत्पन्न भएको भन्दै चेतावनी दिइएको छ ।बुटवलमा शुक्रवार आयोजित रुपन्देही व्यापार संघको २४ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशनको उद्दघाटन सत्रमा बोल्ने बक्ताहरुले उद्योग वाणिज्य क्षेत्रमा जेनजी आन्दोलनपछि नया अवस्था र समस्या सिर्जना भएको उल्लेख गर्दै त्यसमा आत्मसमिक्षा गर्दै सामुहिक रुपमा सामना गर्नुको विकल्प नभएको बताएका छन् । जनताको चाहाना र सरकारको कामको काममा तारतम्य मिल्न नसक्दा समाजमा वितृष्णाको वातावरण सिर्जना भएको उनीहरुको भनाई थियो ।उनीहरुले गत भदौ २३ र २४ गतेको आन्दोलनपछि कायम राजनीतिक अस्थिरताको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्...








