
रुपन्देही
आर्थिक क्षेत्रमा देखिएको असहज अवस्थाको सहि पहिचान गरि त्यसको समाधानका लागि बृह्त दिगो कार्ययोजना बनाउन आग्रह गरिएको छ । राजनीतिक रुपमा आएको नया परिवेशले सबैलाई समिक्षाको लागि दवाव दिएको बताउदै नया ढंगले अगाडी बढ्न नसकेमा धाराशाही बन्ने स्थिती उत्पन्न भएको भन्दै चेतावनी दिइएको छ ।
बुटवलमा शुक्रवार आयोजित रुपन्देही व्यापार संघको २४ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशनको उद्दघाटन सत्रमा बोल्ने बक्ताहरुले उद्योग वाणिज्य क्षेत्रमा जेनजी आन्दोलनपछि नया अवस्था र समस्या सिर्जना भएको उल्लेख गर्दै त्यसमा आत्मसमिक्षा गर्दै सामुहिक रुपमा सामना गर्नुको विकल्प नभएको बताएका छन् । जनताको चाहाना र सरकारको कामको काममा तारतम्य मिल्न नसक्दा समाजमा वितृष्णाको वातावरण सिर्जना भएको उनीहरुको भनाई थियो ।
उनीहरुले गत भदौ २३ र २४ गतेको आन्दोलनपछि कायम राजनीतिक अस्थिरताको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रले भोग्नुपरेको हुदा त्यसलाई सहि दिशामा ल्याउनका लागि राजनितिक रुपमा पहल गर्न आग्रह समेत गरेका छन् ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेश सदस्य लिला गिरीले आर्थिक क्षेत्रको विकासको लागि राजनीतिक स्थायीत्व प्रमुख भएको उल्लेख गर्दै त्यसमा सबैको ध्यान जानु जरुरी भएको कुरामा जोड दिनु भयो ।
गिरीले मुलुकमा राजनीतिक दल र तिनको नेतृत्वमा बनेका सरकारले केहि पनि गरेनन भन्ने भाश्य गलत भएको दावी गर्दै जनताको चाहाना अनुसार काम भएको कुरालाई केहि भएन भन्नु वेइमानी हो भन्नु भयो । उहाले अस्थिर राजनीतिका कारण उत्पन्न परिश्थितीलाई कुनै अमुक पार्टी र नेतालाई मात्र दोष देखाउने जुन काम भैरहेको छ त्यसलाई चिरेर जानुको विकल्प नभएको धारणा राख्नु भयो ।
गिरीले मुलुकमा दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने धारणा राख्नु भयो । ‘राजनीतिक अस्थिरताका कारण मुलुककमा जति हुनुपर्ने हो त्यति विकास निर्माण हुन सकेको छैन् ।,’ उहाले भन्नु भयो, ‘राजनीतिक अस्थिरताले देशलाई झन् समस्यामा पार्ने खतरा बढेको छ ।’
प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले राजनीतिक दलहरुमा रहेको पुरानो संस्कार र नेतृत्वले समाजको विकास नया ढंगले अगाडी बढ्न नसकेको आरोप लगाउनु भयो । उहाले व्यवसायीक मर्यादा र परिवर्तित अवस्थामा सोंचमा पनि परिर्वतन हुनु जरुरी रहेको धारणा राख्नु भयो । श्रेष्ठले पछिल्ला घटनाक्रमले उद्योगी व्यवसायीमा छाएको निराशालाई चिरेर अघि बढ्नुको विकल्प नभएको बताउदै पुराना राजनीतिक दल र नेताहरुले समय अनुसार आफुलाई परिवर्तन गर्न जरुरी रहेको भनाई राखनु भयो ।
उहाले खुला सिमानाका कारण हुने अबैध चोरी पैठारीलाई पूर्ण रुपमा बन्देज गर्न सकेमात्र यहाँका उद्योगी व्यवसायीहरुलाई राहत मिल्ने बताउनु भयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल नगरलाई समुन्त बनाउन तथा व्यवसाय मैत्री बनाउनका लागि नगरपालिका सधै प्रतिवद्ध भएको बताउदै व्यवसाय प्रवद्र्धनका लागि कसरी भरोसा योग्य बनाउन सकिन्छ सबैले चिन्तन गर्नु पर्ने धारणा राख्नु भयो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले खुला सिमाबाट हुने तस्करी रोक्न शसस्त्र प्रहरीसँगको सहकार्यमा संयुक्त गस्ती भइरहेको, सिमा क्षेत्रमा नयाँ गोदाम दर्ता रोकीएको लगायतका काम भैरहेको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघ स्थापनाकालको समयको स्मरण गर्दै संघर्षले जन्मेको संघका हित विपरित कुनै गतिविधि हुन नदिन सबै लाग्नु पर्ने धारणा राख्नु भयो । उहाले संघलाई यहाँसम्म ल्याइपुर्याउन सबैको भूमिका रहेको र संस्थापक अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफू प्रतिवद्ध रहने पनि बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख सावित्रदेवि अर्याल,संघसंस्थाहरुको तर्फबाट रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली लगायत बोल्नु भएको थियो । सो अवसरमा संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले संस्थागत धारणा राख्दै अस्थिर राजनीतिका कारण व्यावसायीहरुमा थप निरासा पलाउँदै गएको र स्वदेशी लगानी वाहिरिने तथा विदेशि लगानी नआउने विषयले देशको अर्थतन्त्र झन् जटिल बन्ने सम्भावना देखिएको बताउनु भयो ।
अध्यक्ष अधिकारीले संक्रमणको अहिलेको अवस्थामा दलहरुको सक्रिय भूमिकाले मात्र अर्थतन्त्र सही लयमा जाने विशवास व्यक्त गर्दै निजी क्षेत्रको मनोबल उच्च हुँदा मात्र रोजगार, राजस्व तथा देशको दिगो विकासमा टेवा पुग्ने दावी गर्नु भयो । उहाले मुलुकको आर्थिक विकासका लागि राजनीतिक दल, राज्यका अंगहरु, निजी क्षेत्र र व्यवसायी तथा सामाजिक संघ–संगठनको भूमिका जरुरी रहेको धारणा राख्नु भयो । खुला सीमा क्षेत्रबाट हुने अवैध कारोबारले व्यवसायी पिडित भएको बताउदै उद्योगी व्यवसायि मैत्री निति लागु गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघले प्रदान गर्दै आएको वर्ष कर्मचारी सम्मान पुरस्कारबाट किरण गोराथोकि तथा वस्तुगत उपसमितिहरुबाट कार्य सम्पादन मूल्यांकनमा औषधि व्यवसायी उपसमितिलाई उत्कृष्ठ उपसमितिका रुपमा सम्मान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्षता, महासचिव फर्सुराम पन्तको सञ्चालन तथ वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागतमा भएको थियो ।
संघको १३ औं अधिवेशनले संघको नयाँ नेतृतव पनि चयन गर्ने छ । नयाँ नेतृत्व चयनका लागि मंसिर ५ गते मतदान हुने निर्वाचन समितिले कार्य तालिका बनाएको छ । कार्य तालिका अनुसार शुक्रवार मतदाता नामावली प्रकाशन गरिएको छ भने मंसिर १ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।