पामिर इन्टरनेशनल एकेडेमीमा हस्तलेखन कार्यशाला सुरु


तिलोत्तमा

तिलोत्तमा–२, रुपन्देहीस्थित पामिर इन्टरनेशनल एकेडेमीमा चारदिने हस्तलेखन कार्यशाला सुरु भएको छ । मंसिर १ गतेसम्म सञ्चालन हुने यस कार्यशालामा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

कार्यशालामा प्रशिक्षक ओमप्रकाश बस्यालले विद्यार्थीहरूलाई सुन्दर र स्पष्ट लेखाइका लागि आवश्यक अभ्यास, अक्षर बनावट सुधार्ने तरिका, र लेखनशैलीमा ध्यान दिनुपर्ने पक्षबारे प्रशिक्षण दिइरहेका छन् । उनले हस्तलेखन सुधारले विद्यार्थीको ध्यान केन्द्रित गर्न, स्मरणशक्ति वृद्धि गर्न र शैक्षिक उपलब्धिमा सुधार ल्याउन सहयोग पु¥याउने बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य गोपाल गौतमले हस्तलेखन केवल लेखाइको सौन्दर्य मात्र नभई विद्यार्थीको अनुशासन, ध्यान र व्यक्तित्व विकाससँग पनि सम्बन्धित रहेको उल्लेख गरे । उनले भने, “राम्रो हस्तलेखनले विद्यार्थीमा आत्मविश्वास र सकारात्मक सोच विकास गराउँछ, जुन शैक्षिक सफलता प्राप्त गर्नका लागि अत्यन्त जरुरी छ ।”

विद्यालयले हस्तलेखन कार्यशालाबाट विद्यार्थीको लेखन सीपमा उल्लेखनीय सुधार आउने र शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...