जापान भ्रमण प्रकरणः तिलोत्तमाले बर्खास्त ग-यो कर्मचारी


रूपन्देही
तिलोत्तमा नगरपालिकाले जापान भ्रमणसम्बन्धी समाचार सार्वजनिक भएपछि कम्प्युटर अपरेटर पदमा नियुक्त सन्जु पौडेललाई बर्खास्त गरेको छ ।

नगर प्रमुख रामकृष्ण खाणद्वारा जारी विज्ञप्तीमा कात्तिक २६ गतेदेखि लागु हुने गरी पौडेललाई पदमुक्त गरिएको उल्लेख छ । जापानमा आयोजित सम्मेलनमा सहभागी हुन जाने भनिएका तीनजना कर्मचारीहरुलाई स्पष्टीकरण सोधिएको र आन्तरिक छानविन समेत गरिएकोमा तीमध्ये करार सेवामा कार्यरत कम्प्युटर अपरेटर सञ्जु पौडेलले कार्यालयको स्वीकृति र समन्वयबिना अनधिकृतरुपमा कार्यालयको कागजात प्रयोग गरेको भन्दै बर्खास्त नगरपालिकाले बर्खास्त गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तिअनुसार, जापानको योकोहामा सहरमा हुने भनिएको एशिया स्मार्ट सिटी कन्फ्रेन्स २०२५ मा सहभागिता सम्बन्धी कुनै निर्णय नगरपालिकाले गरेको थिएन । आयोजक संस्थाबाट सम्भावित सहभागिताको जानकारी मात्र आएको र सो कार्यक्रमका लागि जाने भनिएका तिलोत्तमा कर्मचारीको भ्रमण रद्द गर्न नगरपालिकाले कात्तिक २३ गते नै पत्राचार गरेकोमा आयोजकबाट कात्तिक २४ गते भ्रमण रद्द भएको जानकारी नगरपालिकालाई इमेलमार्फत प्राप्त भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा तिलोत्तमा नगरपालिका सधै विधि र पद्धतिको पक्षमा उभिने पनि स्पष्ट पारिएको छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...