Breaking news 3

विद्युतिय व्यवसायी संघका उपाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान कार्यक्रम

विद्युतिय व्यवसायी संघका उपाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीरुपन्देही विद्युतिय व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल नियमित रक्तदाता संघका सहकोषाध्यक्ष विष्णु भण्डारीले आफ्नो जन्मदिनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।रक्तदान जीवनदान रहेको र कोही पनि रगतको अभावले समस्यामा पर्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भण्डारीले बताए।व्यवसायी संघले विगतमा पनी केही पदाधिकारीहरुको जन्मदिनमा रक्तदान कार्यक्रम गर्ने गरेको र उपाध्यक्षको जागरुकता अत्यन्त महत्त्वपूर्ण रहेको संघका अध्यक्ष केशव कुमार सिंह 'सुजित' ले जानकारी दिए।उनले रुपन्देही विद्युतिय व्यवसायी संघले रक्तदान मात्र नभएर रुपन्देहीको तिलोत्तमा भलवारी स्थित संघको सचिवालयमा क्रियापुत्री भवन निर्माण गरि सेवा दिंदै आएको जानकारी दिए।उनले व्यवसाय संगै सामाजिक काममा अग्रसर रहको संघले लक्षित वर्गमा जाडोमा न्यानो कपडा वितरण र गर्मी याममा झुल लगाएतका सामाग्री वितरण, ...
गुल्मीको इस्मामा आगलागी

गुल्मीको इस्मामा आगलागी

Breaking news 3, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मीगुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोटमा लेखबहादुरको घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । आज बिहान ३:४५ बजे बोहराको जस्ता पाताले छाएको दुईतले कच्ची खाली घरमा एक्कासी आगो लागेको भएको हो ।बोहरा हाल रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा ४ जना प्रहरी टोली र सशस्त्र प्रहरी बल गुल्म गुल्मीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कुशल कक्षपतिको कमाण्डमा ९ जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए ।स्थानीयवासी र रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा बिहान ५:१० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति भने नभएको छ । तर, घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको...
एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

एमाले रुपन्देही-२ को प्रतिबद्धतापत्र सार्वजनिक

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
बुटवलप्रतिनिधिसभा निर्वाचन-२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार, उद्योग-व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएका छन् । पार्टीले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। घोषणापत्रमा भौतिक तथा मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाइने उल्लेख छ ।शिक्षा क्षेत्र सुधारका लागि व्यापक योजनाएमालेले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । यसअन्तर्गत विद्यालय तथा कलेजको भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति...
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट फागुन २२ मा साधरण तारेख दिएको छ । रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी दिए ।संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।त्यसपछि नेकपा एमालेका सांसद र नेपाली काँग्रेसले फरक फरक रिट दायर गरेका थिए । उनीहरुले दायर गरेको रिटमा लिखित जवाफ मागेको थियो । सबै रिटमा विपक्षी बनाइएकाहरुबा६ लिखित जवाफ पेस भएपनि सर्वोच्च अदालतले साधरण तारेख मात्रै दिएको छ । योबीचको अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ । थप सुनुवाइ कहिले हुन्छ अझै टुंगो लागेको छैन ।प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री ...
नेपाल–चीनबीचको सम्बन्ध ऐतिहासिक: मैत्री समाज

नेपाल–चीनबीचको सम्बन्ध ऐतिहासिक: मैत्री समाज

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
रुपन्देहीनेपाल–चीन मैत्री समाज, लुम्बिनीले चिनियाँ नयाँ वर्ष २०२६ (घोडा वर्ष) को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विहीबार समाजको कार्यालय पुगताभूमि जेतवन विहार भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि चुङ हुवा बौद्ध विहार लुम्बिनीका टप म्यानेजमेन्ट मोङ्क पेनले नेपाल र चीनको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै यो सम्बन्ध कहिल्यै नमेटिने बताउनुभयो । उहाँले नेपालमा सबै मानिसहरूलाई भेट्दा आफ्नै दाजुभाइलाई भेटेको जस्तो लाग्ने बताउनुभयो । लुम्बिनीमा रहेको चुङ हुवा बौद्ध विहारबारे जानकारी दिँदै यसले पनि सामीप्यता बढाएको उहाँले बताउनुभयो ।त्यस्तै नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष मनिष कुमार जोशीले चिनियाँ नयाँ वर्षको अवसरमा चीन सरकार र जनताको प्रगतिको कामना गर्नुभयो । समाज अहिले जनस्तरमा नेपाल र चीनबीचको सम्बन्धलाई फैलाउने उद्देश्यका साथ अघि बढेको ...
मतदाताको समस्या सुन्दै घरदैलोमै केन्द्रित छन् चुन्नप्रसाद पौडेल

मतदाताको समस्या सुन्दै घरदैलोमै केन्द्रित छन् चुन्नप्रसाद पौडेल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवलआसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलोमा पुगेका उम्मेदवारलाई जनताले आफ्ना साना–साना समस्याहरु सुनाएका छन् । उनीहरुले आफ्नो टोलको बाटोघाटो,टोलमा बत्ति, सरसफाइ, रोजगारी सिर्जना, सुकुम्बासी समस्या समाधान लगायतका समस्याहरु समाधानको प्रतिबद्धता खोजेका छन् ।नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओली यतिबेला टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । अभियानको चौथो दिन बिहिबार सैनामैना नगरपालिका वडा नम्बर ४ र २ का विभिन्न टोलमा घरदैलो कार्यक्रमका क्रममा जनताले गुनासो सुनाउदै समस्याहरुको समाधान गर्न आग्रह गरेका हुन् । घरदैलो अभियान पहिलो चरणमा मुर्गिया बजारबाट सुरु भएको थियो ।त्यहाँबाट पुकारबाल्टी हुँदै अस्नैयाडाँडा, राधाकृष्ण टोल, प्रगति टोल, शान्तिटोल, सिसौडाँडा, रन्यौरा, झारबैरा हुँदै...
रुपन्देही २मा विश्वदीपको घरदैलो, बदलिदै प्रचारशैली

रुपन्देही २मा विश्वदीपको घरदैलो, बदलिदै प्रचारशैली

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवलरुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग भेटघाट एवं घरदैलो गरेका छन ।नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन । त्यस क्रममा मतदाताले उनलाई उत्साहित भएर निर्वाचनमा लाग्न आग्रह गरेका छन । उम्मेदवारसहित नेता कार्यकर्ताहरु झण्डा व्यानर बोकेर गीत संगीत गुञ्ज्याउँदै टोल टोलमा पुग्दा मतदाताले चासोपूर्वक विश्वदीपको उम्मेदवारीबारे जिज्ञासा राखेका थिए ।मतदातासंगको भेटमा उम्मेदवार पाण्डेले कुनै शंशय र धक नमानी आफूलाई मतदान गर्न आग्रह गर्दै जेनजीको भावना र पाको पुस्ताको अनुभव र सुझावलाई ग्रहण गरेर रुपन्देहीको विकासको खाका कोर्न आफू तयार रहेको बताएका थिए। चुनावी घरदैलो अभियानलाई निरन्तरता दिँदै आएका उनले आम मतदाताको भरोसा र विश्वास ट...
प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासंगै सुशासन र विधिको शासनबाट मात्र सम्भवः मुख्यमन्त्री आचार्य

प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासंगै सुशासन र विधिको शासनबाट मात्र सम्भवः मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचना संगै पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतन्त्रलाई जनजीवनसँग जोड्दै सामाजिक न्याय, समान अवसर र आर्थिक रूपान्तरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको हो ।उहाँले वि।सं। २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको उल्लेख गर्नुभयो । उक्त ऐतिहासिक उपलब्धिले नेपाली समाजलाई अधिकारप्रति सचेत, राजनीतिक रूपमा जागरूक र परिवर्तनप्रति प्रतिबद्ध बनाएको उहाँको भनाइ छ ।मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथ...
बरिष्ठ न्युरो डाक्टर बसन्त पन्तले क्रिमसनमा बिरामी जाँच्ने

बरिष्ठ न्युरो डाक्टर बसन्त पन्तले क्रिमसनमा बिरामी जाँच्ने

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीअन्नपूर्ण न्युरो अस्पतालका संस्थापक तथा बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तले क्रिमसन अस्पतालमा बिरामीहरुको चेक जाँच गर्ने हुनुभएको छ ।नशा तथा मष्तिष्क सम्बन्धी जटिल समस्याका बिरामीको उपचार तथा शल्यक्रियाको लागि नेपालका प्रख्यात न्युरो बिशेषज्ञ डा.पन्तसमेतको टीमले यहि फागुन ७ देखि बिहिवारदेखि ९ गते शनिवारसम्म क्रिमसन अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।क्रिमसन अस्पतालले न्युरो सेवाको लागि अन्नपूर्ण अस्पतालसँग सम्झौता गरेपछि न्युरो बिशेषज्ञ डा.समृद्ध मल्लले मणिग्रामस्थित अस्पतालबाट नियमित चेकजाँच गरिरहनु भएको छ ।यस क्षेत्रका बिरामीको उपचारका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता हटाउन अन्नपूर्ण न्युरो अस्पताल काठमाण्डौंमा उपलब्ध गराउने सेवा स्थानीय स्तरमै उपलब्ध हुन सकोस् भनेर सम्झौता गरिएको क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।दुर्घटना वा...
काँग्रेसले जनकपुरधाममा आज ‘प्रतिज्ञा सभा’ गर्दै

काँग्रेसले जनकपुरधाममा आज ‘प्रतिज्ञा सभा’ गर्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसले आज मधेश प्रदेशको जनकपुरधाममा 'प्रतिज्ञा सभा' गर्ने भएको छ । कांग्रेसले आज मधेश सभा जनकपुरधाममा प्रतिज्ञा सभा आयोजना गर्न लागेको हो ।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार काँग्रेसले यसै सभाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलो घोषणा पत्रको रुपमा 'प्रतिज्ञापत्र' सार्वजनिक गर्ने समेत कार्यक्रम रहेको छ ।यस सभाका लागि मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू हुने काँग्रेसका नेता कार्यकर्ता सहभागी हुने बताइएको छ । उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने उपसभापति विश्वप्रकाश शर्मासहितका केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने छन् । कांग्रेसले सातै प्रदेशका मुख्य सहरहरूमा सभा गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्ने बताएको छ । ...