युनिगाइड कन्सल्टेन्सीकोे ब्राण्डएम्बेष्डरसँग सम्झौतासंगै बुटवलमा शाखा विस्तार



बुटवल
युनिगाइड कन्सल्टेन्सीले बुटवलमा आफ्नो शाखा विस्तारसँगै ब्राण्ड ब्राण्डएम्बेष्डरसँग सम्झौता कार्यक्रम गरेको छ । अष्ट्रेलिया, न्युजिल्याण्ड, वेलायतलगायतका देशमा उच्च शिक्षाकालागि विद्यार्थी पठाँउदै आएको युनिगाइडले शनिबार बुटवलमा शाखा शुभारम्भसँगै ब्राण्ड ब्राण्डएम्बेष्डरसँगको सम्झौता कार्यक्रम गरेको हो । कार्यक्रममा युनिगाइड कन्सल्टेन्सीका कार्यकारी प्रमुख गणेश दहालले नेपाली राष्ट्रिय क्रिकेटर तिलकराज भण्डारी र आदील खाँनसँग एक वर्षकालागि ब्राण्ड एम्वेस्टरमा अनुवन्दन सम्झौता गर्नु भएको हो ।
सम्झौता एक वर्षकालागि गरिएको छ । कार्यकारी प्रमुख दहालले बैदेशिक अध्ययनकालागि बाहिर जाने विद्यार्थीकालागि सहज, सजिलो र आवश्यक जानकारी र सहजिकरण गर्दै आएको बताउनुभयो । युनिगाइडले बैदेशिक रोजगारीका लागि विद्यार्थीलाई लक्ष्यीत गरेर पञ्च बर्षे रणनीतिक योजना बनाएको उल्लेख गर्दै दहालले बिदेशमा पढेर, उत्पादन भएको जनशक्तिलाई नेपालमै फर्काएर केही गर्न सक्ने बनाउने गरि योजनाहरु बनाएको जानकारी दिनुभयो । कार्यक्रममा युनिगाइडका एमडी ऋषी खनाल, ब्राण्डएम्बेष्डर तिलकराज भण्डारी, आदील खाँनलगायतले युनिगाइड उच्च शिक्षाकालागि बैदेशिक यात्रातफ गर्नेकालागि उपयुक्त गन्तब्य भएको बताउनुभयो । बेलायतका हेड अफिस र दुई वर्ष पहिले काठमाण्डौमा शाखा कार्यालय स्थापना गरेको युनिगाइडले अहिलेसम्म एक सय जनालाई उच्च शिक्षाकालागि बाहिर पठाएको बताएको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...