बुटवल बसपार्क व्यवस्थापन संझौता अनुसार भएन, अफवाह फैलाईयो: टेण्डर कर्ता क्षेत्री


बुटवल
बुटवलको बसपार्क व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले हरेक बर्ष टेण्डर आह्वान मार्फत जिम्मा दिदै आएको छ। गएको बर्ष ०८२/८३का लागि ३ करोड ६० लाखमा ठेक्का सम्झौता भुपेन ट्रेड एण्ड सप्लायर्स प्रालिसंग भएको थियो।


टेण्डर कर्ताको संझौता अनुसार आफुले सञ्चालन गर्न नपाएको गुनासो छ भने अर्को तर्फ टेण्डर कर्ताले मनोमानी गरेको उपभोक्ता र यातायात सञ्चालक हरुको भनिई रहेको छ।
सञ्चालनको ठेक्का पाएका भुपेन ट्रेड एण्ड सप्लायर्स प्रालिका सञ्चालक हरि थापा क्षेत्री “भुपेन्द्र”ले सोमबार पत्रकार सम्मेलन मार्फत आफुले संझौता अनुसार काम गर्न नपाएको र उल्टै अनायासै शुल्क उठाएको भन्ने अफवाह फैलाईएको विवरण सार्वजनिक गरेका छन्।


सञ्चालक क्षेत्रीले बसपार्कमा आवतजावत गर्ने छोटो तथा लामो दूरीका सवारीसाधनबाट शुल्क लिने र बसपार्क प्रवेश नगरी बुटवल उपमहानगरपालिका हुंदै वाहिर जाने सवारी साधनलाई समेत राखिएका पोस्टबाट शुल्क लिन सक्ने गरी संझौता भएको र सोही अनुसार गर्न खोज्दा अनावश्यक शुल्क उठाएको भन्ने कुरा बाहिर आएकोमा आफुलाई पिडावोध भएको वताएका छन्।


उनले संझौता अनुसार काम गर्दा पनि बुटवल उपमहानगरपालिका, प्रहरी,प्रशासन, यातायात व्यवसायीहरुले समेत साथ नदिएको, उल्टै फिल्डमा खट्ने कर्मचारीलाई धरपकड गर्नु, अफवाह फैलाउनुले चोट पुगेको गुनासो समेत सार्वजनिक गरे।


आउंदो आर्थिक बर्ष ०८३/८४को लागि समेत ४ करोड १० लाखमा टेण्डर मार्फत सञ्चालनको जिम्मेवारी पाएका प्रालिका सञ्चालक क्षेत्रीले संझौता अनुसार काम गर्न नपाएको,मुनाफा नभएको र उल्टै बदनाम गर्ने प्रवृत्तिले काममा हात हाल्ने वा नहाल्ने गम्भीर मोडमा रहेको भनाई सार्वजनिक गरेका छन्।
“व्यवसायीले व्यवसाय गर्न पाउंदा गर्ने चाहना राख्नु स्वभाविक हो तथापि यसमा सरोकारवाला सवैको साथ र सहयोग आवस्यक रहन्छ” उनले भने।

छुटाउनुभयो कि ?

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँ...
विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

विद्युत् निर्यातबाट एक वर्षमै २९ अर्ब ३२ करोड ४७ लाख आम्दानी

काठमाडौँ२०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले...
दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गरिने

बुटवलसरकारले दुई महिनाभित्र विद्यार्थी संगठन खारेज गर्ने भएको छ। शुक्रबार पहिलो मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधा...
‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

‘३५ वर्षको हिसाब संयन्त्र खोज्दै गर्छन् , हामी आगामी ३५ वर्षको योजना बनाऔँ’ : रवि लामिछाने

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको अबको प्राथमिकता विगतका राजनीतिक दलको आलोचना होइ...