स्थानीयद्वारा १० लाख संकलन गरि बुटवल बुद्धनगरमा प्रतिक्षालय पुनर्निर्माण




बुटवल
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा स्थानीयद्वारा प्रतिक्षालय पुनर्निर्माण गरी समुद्घाटन सम्पन्न गरिएको छ।
बुटवलका १ सय ५२जना प्रतिष्ठित स्थानीयहरुले करिब १०लाख रकम संकलन गरी उक्त बुद्धनगर प्रतिक्षालय पुनर्निर्माण गरी उद्घाटन गरेका हुन्।
शनिबार उद्घाटन गर्दै व्यवसायी, समाजसेवी तथा स्थानीय देवीराम पाण्डेयले जेष्ठ नागरिक, स्थानीय र यात्रुहरुको लागि भलाकुसारी, आराम लगायतको लागि सहज हुने भएकाले आफुले पनि १ लाख १ हजार १ सय ११ रुपियां सहयोग गरेको वताए।
उक्त प्रतिक्षालयमा वस्ने व्यक्तिहरूका लागि खानेपानीको लागि समेत दुई वटा पानी टंकी सहित २४सै घण्टा पिउने पानीको व्यवस्था गरिएको वताए।
पाण्डेयले स्थानीयहरु सामाजिक काममा समेत अग्रसर भएकोमा खुसी लागेको र वताउदै सहयोग दाताहरु लाई धन्यवाद दिए।


बुटवल उपमहानगर वडा नम्बर ११का वडा सदस्य नकुल शाहीले अत्यन्तै आवस्यक रहेको र महत्वपूर्ण स्थानमा जिर्ण अवस्थामा रहेको प्रतिक्षालय पुनर्निर्माण गरेकोमा सवै सहयोग दाताहरु लाई धन्यवाद दिएका थिए।
उनले उक्त प्रतिक्षालयबाट जेष्ठ नागरिक, स्थानीय देखि यात्रु सवैको लागि अत्यन्त उपयोगी रहेको धारणा राखेका थिए।
उनले उक्त प्रतिक्षालयका लागि शौचालयको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
कार्यक्रममा वोल्दै समितिका अध्यक्ष राम बहादुर खत्री,सल्लाहकार कृष्ण भण्डारी, कोषाध्यक्ष गोमा देवी पराजुली, जेष्ठ नागरिक मञ्चका रामचन्द्र तिवारीलगाएतले वोल्दै उक्त पुनर्निर्माण महत्वपूर्ण सामाजिक काम भएको र धेरै मानिसहरू लाई राहात मिल्ने र अरु व्यक्तिहरू लाई समेत सामाजिक कार्यमा अग्रसर हुन प्रेरणा मिलेको वताएका थिए।
समितिका सचिव सुर्य कुवंरले प्रतिक्षालय पुनर्निर्माणका लागि १ सय ५२ जना स्थानीयहरुको सहयोगबाट ९ लाख ८१ हजार रुपैयाँ रकम संकलन भएको र ८ लाख ९० हजार ७३५ पुनर्निर्माणमा लागेको संगै ९० हजार २६५ रुपैयाँ समितिको खातामा रहेको जानकारी गराएका थिए।

छुटाउनुभयो कि ?

माग सम्बोधन हुने प्रतिबद्धतापछि सुस्तावासीले स्थगित गरे आन्दोलन

माग सम्बोधन हुने प्रतिबद्धतापछि सुस्तावासीले स्थगित गरे आन्दोलन

बुटवलसीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहित काठमाडौँमा आन्दोलन गरिरहेका नवलपरासीको सुस्ता क्षेत...
स्थानीयद्वारा १० लाख संकलन गरि बुटवल बुद्धनगरमा प्रतिक्षालय पुनर्निर्माण

स्थानीयद्वारा १० लाख संकलन गरि बुटवल बुद्धनगरमा प्रतिक्षालय पुनर्निर्माण

बुटवलरुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा स्थानीयद्वारा प्रतिक्षालय पुनर्निर्माण गरी समुद्घाटन सम्पन्न गरिएक...
३ सय ४० पालिकाले मात्रै गरे जग्गा वर्गीकरण, फेरि रोकिँदै कित्ताकाट

३ सय ४० पालिकाले मात्रै गरे जग्गा वर्गीकरण, फेरि रोकिँदै कित्ताकाट

काठमाडौँसरकारले भू-उपयोग नियमावली २०७९ तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा कित्ताकाटको बाटो ...
विश्वकप फुटबल: पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबल: पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

काठमाडौंपाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको फिलाडेल्...